जिल्ला प्रहरी कार्यालय बाँकले गत पुस महिनाभर प्रहरीले गरेका कारवाही मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।
प्रहरीले गत पुस महिना भर विभिन्न अपराधिक १ सय १७ मुद्दामा १ सय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जानकारी दिए ।
पुराना मुद्दा फस्र्यौंलाई पनि प्रहरीले प्राथमिकता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बाँके प्रहरीका अनुसार, गत पुस महिनामा ५३ वटा पुराना मुद्दा फस्र्यौट गरिएको छ ।
६५ फरार अपराधी समातिए
प्रहरीले मंगलबार प्रगति विवरण सार्वजनिक गर्दै एक महिना भित्र ६५ जना फरार अपराधीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार, १९ बर्ष ४ महिना २७ दिन कैद रु.५१ लाख ५५ हजार १३ जरिवाना असुलीका लागि फरार अपराधी नियन्त्रणमा लिइएको हो ।
गत पुसमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ६ सय ८१ वटा ठाडो उजुरी परेकोमा ६ सय ६८ वटा सोही अवधीमा फस्र्यौट गरेको र बाँकी १३ फस्र्यौट प्रक्रियामा रहेको जानकारी दिएको छ ।