बाँकेमा अपराधिक घटना र त्यससम्बन्धी मुद्दा चिन्ताजनक रहेको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चालु आ.व.को नौ महिनामा १ हजार ७९ अपराधिक मुद्दामा १ हजार १ सय ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, साउनमा १ सय ४३ मुद्दाका १ सय ४३ जना, भदौंमा ६३ मुद्दामा ६२ जना, असोजमा १ सय १९ मुद्दामा १ सय ७ जना पक्राउ परेका हुन् ।
त्यस्तै, कार्तिकमा १ सय १८ मुद्दामा २ सय ३ जना, मंसिरमा ८४ मुद्दामा ५२ जना, पुसमा १ सय १७ मुद्दामा १ सय २१ जना, माघ महिनामा १ सय ४६ मुद्दामा १ जना ३५ पक्राउ परेका हुन् ।
गत फागुनमा १ सय ३१ मुद्दामा १ सय २१, चैत्रमा १ सय ५८ मा १ सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ । बाँके प्रहरीका अनुसार, कर्तव्य ज्यान, लागुऔषध, सार्वजनिक
अपराध, हिंसा लगायतका घटनामा उक्त व्यक्तिहरु पक्राउ गरेको हो ।