नेपाल–भारत सीमाको जमुनाह नाका नजिक दुई जनालाई प्रहरीले भारतीय रुपैया सहित नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले पाँच लाख भारतीय रुपमा सहित दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत बुधबार नेपालगन्ज वडा नं. १६ जयसपुरबाट भारत तर्फ जाँदै गरेको यूपि ३२ एलबी ६३८९ नम्बरको सुजकी कारको चेकिङ्ग गर्दा भारतीय रुपैया ५००।– दरको नोट ६०० थान र भारतीय रुपैया २०० दरको नोट १,००० थान नोट फेला परेको हो बताएको छ ।
प्रहरीले सुजुकी चालक निरज चौरासिया र गाडीमा सवार दाङ पुरन्धाराकी साइना नेपालीलाई नियन्त्रणमा लिएको छ । ‘दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको’, बाँके प्रहरी प्रवक्ता पातलीले भने ।