पाठेघरको मुखको क्यान्सर विरुद्ध बाँकेमा सुरु भएको खोप अभियानमा उत्साहजजनक सहभागिता देखिएको
छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सनका अनुसार, अभियान सुरु भएको चार पालिकामा लक्ष्य ७३ प्रतिशत हासिल भैसकेको छ । चार पालिकामा २४ हजार ५ सय ८९ किशोरीलाई खोप लगाउने लक्ष्य भएकोमा ६ दिनमा १७ हजार ९ सय ९१ जनाले खोप लगाइसकेका छन् ।
स्वास्थ्य कार्याजल बाँकेका अनुसार आइतबार कोहलपुरमा ४ सय ८९, खजुरामा ३ सय ४२, जानकीमा ३ सय ५६, नेपालगन्जमा ९ सय २१ जनाले खोप लगाएका हुन् । आइतबार कुल २ हजार १ सय ८ जनाले खोप लगाएका छन् ।
हालसम्म कोहलपुर नगरपालिकामा लक्ष्यको ७५%, खजुरा गाउँपालिकामा ५८%, जानकी गाउँपालिकामा लक्ष्यको १ सय ३%, नेपालगन्ज उपमहागनरपालिकामा लक्ष्यको ७५% ले खोप लगाइसकेका छन् ।