जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अपराधीलाई २० बर्षपछि पक्राउ गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. २ बस्ने सत्यकुमार श्रेष्ठलाई चरेश मुद्दामा बाँके जिल्ला अदालतको मिति २०६२ भदौं २७ गतेको फैसलाले २ वर्ष कैद सजाय तोकिएकोमा उनी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले फरार श्रेष्ठलाई बुधबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको जानकारी दिएका छन् ।