केन्द्रीय पदाधिकारीलाई एलाइन्स बाँके शाखाको सम्मान
बाँके स्थित जयेन्दु बालसुधार गृहमा निरन्तर भइरहेका झडप तोडफोड र आगजनीका घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानव अधिकार एलाइन्सले बालसुधार गृहको समुचित संचालन र बालन्यायको प्रभावकारी कार्यान्वयमा जोड दिएको छ ।
मानव अधिकारका बिभिन्न सवालमा छलफल गर्न बसेको मानव अधिकार एलाइन्स बाँके शाखाको बैठकले बालसुधार गृहको समुचित ब्यवस्थापन, शान्ति सुरक्षा र अबैध क्रियाकलाप रोकथाममा जोड दिएको जनाएको छ ।
बालसुधार गृहको समुचित ब्यवस्थापन हुन नसक्दा जयेन्दु सुधार गृहमा गत २०८१ चैत्र १ र २ गते कुटपिट तोडफोड र आगजनीका घटना भएको थियो । घटनामा ४९ जना कानूनी बिवादमा परेका बालकहरू घाइते भएका थिए । सुधार गृहमा आगजनी र तोडफोड हुँदा बालकहरू बस्ने कोठाको लत्ताकपडा जलेका थिए । घटनामा बालकहरूले प्रयोग गर्ने सानेपानीको टंकी फोडिएको थियो भने विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।
सुधार गृहमा बसेका बालकहरूद्वारा लागु औषध भित्राइने गरेको समाचार प्रति मानव अधिकार एलाइन्सको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुधार गृह भित्र लागु औषधको प्रयोगमा पूर्ण रोकथाम गर्न, अपराधको प्रकृति र उमेर समुह अनुसार बालकहरूलाई राख्ने ब्यवस्था मिलाउन, सुधार गृह भित्र शान्ति सुरक्षा कायम गरि सुरक्षाको प्रत्याभुति दिलाउन, सुधार गृह भित्र बालकहरूको अपराधिक मनोबृत्तिमा सुधार ल्याई समाजमा पुनस्र्थापित हुने बातावरण सृजना गर्न, सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यसैगरी सुधार गृहमा रहेका कानूनी बिवादमा परेका बालकहरूलाई पनि हिंसाजन्य कार्यमा संलग्न नहुन, संयमित हुन, झै झगडा, तोडफोड र आगजनीका घटनामा संलग्न नहुन आफ्ना केही कुरा भए कानूनसम्मत तरिकाले सम्बन्धित निकायसमक्ष राख्न मानव अधिकार एलाइन्सले अनुरोध गरेको छ ।
मानव अधिकार एलाइन्सका बाँके जिल्ला अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा बसेको बैठकमा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्यहरू प्रभात कुमार ठकुरी, शिवलाल पाण्डे, शाहिदा साह, एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गौतम, मानव अधिकार एलाइन्सका इन्चार्ज भिम नेपाली लगायतको सहभागिता रहेको थियो । बैठकले संक्रमणकालिन न्याय प्रक्रिया अवरुद्ध भएको प्रति ध्यानाकर्षण भएको जनाउँदै संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र अगाडी बढाई पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्नेमा जोड दिइएको एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गौतमले जानकारी दिए ।
केन्द्रीय पदाधिकारीलाई एलाइन्स बाँके शाखाको सम्मान
मानव अधिकार एलाइन्सको हालै काठमाण्डौमा सम्पन्न महाधिवेशनमा बाँकेबाट केन्द्रीय सदस्यमा निर्वाचित ३ जना सदस्यहरूलाई एलाइन्सको बाँके शाखाले बधाई तथा सम्मान गरेको छ ।
एलाइन्सको केन्द्रीय सदस्यमा बाँकेबाट निर्वाचित प्रभात कुमार ठकुरी, शिवलाल पाण्डे र शाहिदा साहलाई बधाई तथा सम्मान गरिएको बाँके अध्यक्ष घनश्याम आचार्यले जानकारी दिए । बाँके जिल्लाले मानव अधिकारका क्षेत्रमा गरेको कामको मुल्यांकन गर्दै ३ जना केन्द्रिय सदस्य पाएको, बाँकेकै केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी लुम्बिनी प्रदेश इन्चार्ज तोकिनु भएको एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रिय सदस्यहरूले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा एलाइन्सले खेलेको भूमिकाको चर्चा गर्दै प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्भाह गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा एलाइन्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रभात कुमार ठकुरीले युवा मानव अधिकार रक्षकको उत्पादन गरि मानव अधिकार एलाइन्सको अभियानलाई गाउँसम्म पु¥याई आम नागरिककोे मानव अधिकार संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।