नेपाल खेलकूद माहासंघ बैजनाथ पालिका कमिटीको आयोजनामा प्रथम बैजनाथपालिका स्तरिय पुरुष खुल्ला भलिवल प्रतियोगीता सुरु भएको छ । फागुन २१ गते देखी २३ गते सम्म संचालन हुने प्रतियोगीता नेपाल खेलकूद माहासघ बाँके संगको सहकार्यमा संचालन भएको हो ।
बैजनाथ गाउँपालिका वडा नम्वर ३ स्थित बैरहवा खेलमैदानमा बिहिवार नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकूद माहासंघकी स्थाई कमिटी सदस्य कृष्ण पाठकद्धारा उद्घाटन गरेकी थिईन् । उद्रघाटन सत्रको पहिलो खेलमा युनाईटेड क्लव सुतैया बिजय भएको थियो भने दोस्रो खेलमा च्याम्प क्लव जि गाउँले जित हात पारेको थियो ।
खेलकूद बिकासका लागि स्थानिय तहदेखि केन्द्रसम्म भौतिक पूवाधार ,व्यवसायिक र प्रतिस्पर्धी खेलकूद गतिबिधिमा हाम्रो आधार भन्ने नारालाई युवाहरुका माझ खेलका माध्यामबाट पु¥याउनु पर्ने प्रमुख अथिती पाठकले बताईन् । मिसन ८४ लाई सफल पार्न युवाहरुलाई खेलका माध्यामवाट यसैगरि नै जोडनु पर्ने बिशिष्ठ अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा पूर्ब सिंचाई राज्यमत्री दल बहादुर सुनारले बताए । अहिलेका युवाहरुलाई गलत बाटोमा नलाग्न आग्रह गर्दै राष्ट्रको पहिचान र आफ्नो पहिचानका साथै भबिष्यलाई नै उज्जल बनाउन खेलक्षेत्रमा लाग्न नेकपा एमालेका बाँके जिल्ला कमिटीका सचिव बलराम भट्टराईले आग्रह गरेका थिए ।
नेपाल खेलकूद माहासंघ बैजनाथ पालिका कमिटीका अध्यक्ष सुरेन्द्र बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भिम वली बिशेष अथितिको रुपमा उपस्थित भएका थिए भने एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल,नन्द बिश्वकर्मा,एमाले बाँके जिल्ला कमिटी उप सचिव निर्मला सुनार ,एमाले जिल्ला कमिटी सदस्य यवं नेपाल खेलकूद माहासंघ बाँके जिल्ला ईन्चार्ज यज्ञ पुन ,जिल्ला कमिटी सदस्यहरु राजु रुचाल ,कल्पना थापा,कुश्माखर बस्याल, केशव शाही नेपाल खेलकूद माहासंघ बाँके जिल्ला अक्ष्यक्ष होम सुनार र उपाध्यक्ष शिबेन्द्र भण्डारी लगाएतको उपस्थिती रहेको थियो । प्रथम पुरष्कार १५ हजार र द्धितिय पुरष्कार १२ हजार राशीको प्रतियोगीतामा नौ वटा टिमको सहभागीता रहेको र खेल निकैनै कडा प्रतिस्पर्धा हुने नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकूद माहासंघ बाँकेका ईन्चार्ज यज्ञ पुन बताउछन् ।