For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार भए ओली

byDainik Nepalgunj
March 9, 2024
in Politics
0 0
0
माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार भए ओली
Share on FacebookShare on Twitter

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनाउन हालका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । एमाले माओवादीको गठबन्धन नबन्दै भत्किने स्थिति बनेपछि निर्णायक भूमिकामा रहेका नेपाललाई संसदको बाँकी समयमा प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति दाहाल र ओलीले गरेका हुन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता सहकार्य गर्दा ओली र दाहालबीच मात्रै बाँकी समय प्रधानमन्त्री हुने समझदारी भएको थियो । केन्द्रमा मात्रै नभइ केही प्रदेशमा समेत सरकार गठनका लागि समाजवादी निर्णायक भएपछि वैकल्पिक गठबन्धन बन्न नदिन ओली र दाहाल नेपाललाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् । बुधबार मन्त्रीहरुको शपथ ग्रहणअघि तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा नेपाल दाहालपछि प्रधानमन्त्री हुने गरी कार्यकाल बाँडिएको विशेष स्रोतले बतायो । स्रोतले भन्यो, ‘उहाँहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा कुरा मिलेको छ । अबको एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहनुहुन्छ । त्यसपछि नेपालले सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।’

कांग्रेस-माओवादी गठबन्धनमा पनि नेपालले एक वर्ष प्रधानमन्त्री पाउने सहमति भएको थियो । अब एमाले-माओवादी, रास्वपा, समाजवादी र जसपाको गठबन्धनबाट पनि नेपाललाई त्यही समय हाराहारी सरकारको नेतृत्व गर्न दिन ओली-दाहाल तयार भएका हुन् । २०८४ मा हुने तीन तहको चुनावी सरकारको नेतृत्व भने ओलीले गर्ने सहमति भएको छ । तीन नेताबीच तत्काल एउटै गठबन्धनमा रहेर दीर्घकालमा पार्टी एकता गर्नेसमेत सैद्धान्तिक सहमति भएको बालुवाटार स्रोतले बतायो । पार्टी एकताको काम भने विस्तारै अघि बढ्नेछन् ।

बुधबार तीन दलका नेताहरुबीच बालुवाटारमा छलफल लम्बिँदा शितल निवासमा मन्त्रीहरुको शपथ ग्रहण ढिलो हुन पुगेको थियो । सुरुमा ४:३० भनिएको शपथ ग्रहण ६ बजेलाई सारिए पनि बेलुका ७:३० बजेतिर मात्रै मन्त्रीहरुको शपथ ग्रहण भएको भएको थियो । पार्टी कार्यालयमा भएको सचिवालय बैठकबाट सरकारलाई समर्थन गर्ने तर तत्काल मन्त्री नपठाउने निर्णय जानकारी गराउने भन्दै उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल बालुवटार पुगेका थिए । बालुवाटारमा तीन नेताबीच पार्टी एकतासहित सरकारको नेतृत्वमा समझदारी भएपछि दाहाल-ओलीले समाजवादीबाट त्यसै दिन मन्त्री पठाउनुपर्ने दबाब दिए ।

त्यसपछि मात्रै समाजवादीले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई शहरी विकास मन्त्री बनाउन नाम दिएको हो । समाजवादीका एक पदाधिकारीले भने, ‘हामी तत्काल समर्थन मात्रै गर्ने योजनाका साथ बालुवाटार गएका थियौँ । तर त्यहाँ पुगेपछि परिस्थिति बद्लियो ।’ प्रतिनिधिसभामा १० सिट भएको एकीकृत समाजवादीलाई बेवास्ता गर्दै सोमबार माओवादी एमाले, रास्वपा र जसपा चार दलबीच आठ बुँदे लिखित सहमति भएको थियो । सहमतिमा चार दलीय गठबन्धनलाई अघि बढाउने, राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेबाट हुने समझदारी थियो ।

तर जसपाभित्र उत्पन्न खटपट र रास्वपाको दोहोरो बार्गेनिङले एमाले-माओवादी गठबन्धन आकार नलिँदैै धर्मराएपछि समाजवादीलाई प्रधानमन्त्रीको कार्यकाल दिन र अरु शक्ति बाँडफाँटसहित भविष्यमा पार्टीलाई एक बनाउन ओली-दाहाल तयार भएका हुन् । माधव नेपालको नेतृत्वमा वैकल्पिक गठबन्धन बन्ने सम्भावना देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार साँझ नारायणकाजी श्रेष्ठलाई लिएर उनको निवास कोटेश्वर गएका गएका थिए । आफूलाई सामान्य जानकारीसमेत नदिइ गठबन्धन फेरेको र आफ्नो उपस्थितिलाई अवमूल्यन गरेको भन्दै नेपालले आक्रोश पोखेका थिए ।

भोलिपल्ट दाहाल फेरि आफ्ना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलाई लिएर नेपाल निवास गए । त्यस दिन पनि नेपालले आफूलाई बेवास्ता गरेर अघि बढेको भन्दै दुवैसँग आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले बताए । त्यहाँ ओली-दाहाल दुवैले गल्ती भएको स्वीकार गर्दै विगतका कमजोरीलाई सच्याएर सहकार्य गर्न आग्रह गरेपछि नेपाल एमाले-माओवादीको गठबन्धनलाई समर्थन गर्न सकारात्मक बने । बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुुर देउवाले नेपाललाई एमाले माओवादी बाहेकको गठबन्धन बनाएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरे । देउवाले पुरानो गठबन्धनमा पनि आफू नेपाललाई प्रधानमन्त्री बनाउन प्रतिबद्ध रहेको र फेरिएको परिस्थितिमा पनि अघि बढ्न भने पनि नेपालले अस्वीकार गरेको समाजवादीका एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘दाहाल-ओलीले घरमै आएर पुराना कमजोरी सच्याएर वामपन्थी शक्ति एक भएर जाउँ भनेपछि हामीले नकार्न सकेनौँ । यदि हामीले अस्वीकार गरेको भए समाजवादी वाम शक्ति एक हुने कुराको विपक्षमा छ भन्ने सन्देश जान सक्थ्यो ।’ सम्मानित नेता झलनाथ खनालसमेत एमाले माओवादीको वामपन्थी गठबन्धनको पक्षमै पार्टी जानुपर्ने अडान राखेका थिए । प्रतिनिधिसभामा एमालेको ७६, माओवादीको ३२, रास्वपा २१, जसपा १२ र समाजवादीको १० सहित सत्ता गठबन्धनको पक्षमा १५१ देखिएको छ । यसमा स्वतन्त्र सांसदहरुको केही सिट बढ्न सक्छ । अहिलेसम्मको अवस्थामा विपक्षी कित्तामा कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाको ४/४ सहित ११६ छ । कांग्रेसको ८९ सांसद भए पनि टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । संसदमा हाल कामय संख्या २७२ हुँदा बहुमतका लागि १३७ भए पुग्छ ।

यो खबर देशसञ्चारमा प्रकाशित छ ।

Previous Post

आज नेपालगन्जका कुनकुन क्षेत्रमा जाँदै छ विद्युत्

Next Post

विप्लवले जुम्लामा सुरु गरे स्याउ खेतीको थालनी

Next Post
विप्लवले जुम्लामा सुरु गरे स्याउ खेतीको थालनी

विप्लवले जुम्लामा सुरु गरे स्याउ खेतीको थालनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृमृत्युदरमा उल्लेखनीय सुधार

May 28, 2026
बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

May 28, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

May 28, 2026
पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

May 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version