मारवाडी महिलाको ‘मंसिर मेला’

उद्यम तथा सिर्जनासँग जोडिएका मारवाडी महिलाहरूको सिर्जनशील प्रस्तुति र बजारका लागि शनिबार नेपालगन्जमा मंसिर मेलाको आयोजना गरिएको छ ।

मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्चको आयोजना भएको मेलामा मारवाडी समुदायका महिलाहरूले उत्पादन गरेका घरेलु उत्पादनदेखि उद्यमसम्मको प्रस्तुति र बिक्री वितरण गरिएको हो ।

‘यो उत्प्रेरणा र रमाइलोका लागि गरिएको एउटा नियमित इभेन्ट हो’, मारवाडी महिला मञ्चकी अध्यक्ष कुसुम दुगडले दैनिक नेपालगन्जसँग भनिन्, ‘यहाँ संकलित हुने रकमबाट हामी विभिन्न सामाजिक कार्य सञ्चालन गर्न खर्च गर्छौ ।’ मेलामा फुड स्टलदेखि फन इभेन्टसम्मका आयोजनाहरू गरिएका थिए । जहाँ मारवाडीदेखि गैर मारवाडी महिलाहरू उत्साहजनक रूपमा सहभागी भएका थिए ।

Exit mobile version