केपी ओली कपको प्रचारात्मक कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा संघ बाँकेले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस चौतारी बाँकेलाई हराउदै नेकपा एमाले बाँके विजयी भएको छ ।
काठमाडौंमा हुने केपी ओली कपको तेस्रो संकरणको प्रचारात्मक कार्यक्रम अन्तर्गत भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेकपा एमाले बाँकेले प्रेस चौतारी बाँकेलाई ५–७ गोलले पराजित गरेको हो ।
यही फाल्गुन ११–१९ संचालन हुने तेश्रो संस्करणको केपी ओली कप फूटवल प्रतियोगीताको प्रचार स्वरूप राष्ट्रीय युवा संघ नेपाल बाँकेले विभिन्न कार्यक्रम गर्दै आएको र सोही तालिका अनुसार सनिवार मैत्रीपुर्ण फुटबल खेलकुद प्रतियोगिता आयोजना गरिएको राष्ट्रीय युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइलीले जनाकारी दिएका छन् ।
राष्ट्रीय युवा संघ नेपाल बाँकेले यस अघि काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारप्रसार स्वरूप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिसकेको छ ।