राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

बाँकेका यातायात व्यवसायी ‘राइड शेयरिङ’ विरुद्ध आन्दोलित हुने भएका छन् ।

‘राइड शेयरिङ’ कम्पनीले विभिन्न प्रदेशमा वैधता पाउन थालेपछि त्यसले यातायात व्यवसायी मर्कामा पर्ने भन्दै त्यस विरुद्ध यातायात व्यवसायीले आन्दोलन गरिरहेका छन् । बाँकेमा पनि आन्दोलनको घोषणाका लागि आज साँझ पत्रकार सम्मेलन यातायात व्यवसायीले गर्दैछन् ।

सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारी जस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था गर्न आदेश दिएको थियो । यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै राइड शेयरिङको विरोध गर्दै आएका छन् ।

Exit mobile version