राजनितिक अस्थिरताकै कारण नेपालको बिकास हुन नसकेको पूर्व मन्त्री, नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज पद्मा अर्यालले बताएकी छन् ।
सोमबार नेकपा एमाले बाँकेको शिक्षा तथा मानव श्रोत बिकास बिभाग द्धारा आयोजित २०४६ अगाडी पार्टी सदस्यता प्राप्त गरि तत्कालिन कमिटीमा आवद्ध भएका बाँकेका अग्रज नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज अर्यालले सामाजिक अराजकता र राजनितिक अस्थिरताकै कारण नेपालको बिकास हुन नसकेको बताएकी हुन् । उनले राजनितिक अस्थिरता सामाजिक अराजकतालाई अन्य गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताईन् ।
नेकपा एमालेले दीर्घकालिन र अल्पकालिन गन्तब्य तय गरेर बलियो राष्ट्रिय शक्ति निर्माण पार्टीले स्पष्ट गन्तब्य तय गेरेको नेता अर्यालले बताईन् । नेकपा एमालेले बाहेक अरु पार्टीले नेपालमा बिकास गर्न नसकेको भन्दै नेता अर्यालले नेपालको बिकास गर्न अझ धेरै बाकी रहेको बताईन् ।
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नेकपा एमालेलाई स्थापित गर्न एमालेमा आवद्ध नेता कार्यकर्ता जुट्नुपर्नेमा जोड दिईन् । २०४६ अगाडी पार्टी सदस्यता प्राप्त गरि तत्कालिन कमिटीमा आवद्ध भएका मरणोपरान्त १७ जना र हाल सम्म बिभिन्न कमिटीमा आवद्ध रहेर योगदान दिदै आएका ४९ गरी ६६ अग्रज नेता तथा कार्यकर्तालाई नेकपा एमाले बाँकेको शिक्षा तथा मानव श्रोत बिकास बिभागले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा अग्रज नेता बाबुराम गौतम, हरी प्रसाद अधिकारी, घनश्याम ठकुरी लगायतका अग्रज नेताहरुले नेकपा एमालेको नीति सिद्धान्त बिर्सन नहुने कुरामा जोड दिएका थिए ।