रुखहरू धर्तीका एक अनमोल सुन्दर र अलौकिक उपहार हुन् जसले पृथ्वीको सौन्दर्य र वातावरणीय सन्तुलनलाई प्रत्येक्ष प्रभावित पार्छन् । रुखहरूले समग्र जीवन जगतको अस्तित्व र भविष्यलाई पनि बचाई राखेका छन् । पृथ्वीमा जीवनका लागि आवश्यक अक्सिजन र वातावरणीय शुद्धताका पहिलो स्रोतका रूपमा रुखहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । यदि रुखहरू नहुने हो भने हाम्रो अस्तित्वनै गुम्न सक्छ र संकटमा पर्ने सक्छ । रुखहरूको उपस्थितिले पृथ्वीमा जीवनलाई निरन्तरता दिन्छ र प्राकृतिक चक्रलाई सन्तुलित राख्छ । रुखहरू केवल शारीरिक रूपमा जीवित नभएर तिनीहरूको ऊर्जा र शान्ति पनि जीवनका लागि अति महत्त्वपूर्ण मानिन्छ । यी रुख हरूनै धर्ती बचाउने एक आधार हुन र धर्तीले जीवनलाई न्यानो र सुरक्षित बनाएको छ। रुखहरूको संरक्षणको बारेमा बुझ्न र यसका महत्त्वलाई स्वीकार गर्न हामी सबैको जिम्मेवारी हो । एउटा मानिसलाई जीवनभरि अक्सिजन प्राप्त गर्न र वातावरणीय सन्तुलन कायम गर्न करिब ७–८ परिपक्व रुखहरू आवश्यक पर्छन् । एउटा परिपक्व रुखले वार्षिक रूपमा करिब ११८ केजी अक्सिजन उत्पादन गर्छ ।
एकजना मानिसले वार्षिक रूपमा करिब लगभग ७०० केजी अक्सिजन प्रयोग गर्छ । यस आधारमा, जीवनभरि ७०–८० वर्षको औसत आयु एउटा व्यक्तिको लागि करिब ७–८ बैस्क रुख आवश्यक पर्दो रहेछ तर मानिसले आफ्नो प्राण वायु बचाउने लाई पनि दिन प्रतिदिन काट्दै गएको छ लगाउने कुरा निकै नै कम लगाउने गरेको छ । मानिस चेतनसिल प्राणी भए पनि बिकासको नाममा होस या अबैध आम्दानिको श्रोतको रूपमा आज सबै भन्दा बढी दुख पाएका रुखहरूले नै हुन । आज भोलि गाउँ घरमा घना जङ्गल हराउदै गएको छ र बिकासको बहानामा बन फडानी भएका छ्न । रुखहरूले हाम्रो जीवनका गहिरा पाठहरू सिकाउँछ । एउटा बिरुवा जति ठूलो र बलियो बैस्क रुख बन्ने चक्रमा समय र प्रक्रियाको महत्वलाई देखाउँछ । जसरी एक बिरुवा आफ्नो जीवनमा धेरै उतारचढाव र चुनौतीहरूको सामना गर्दै ठूलो र बलियो रुखमा रूपान्तरण हुन्छ त्यसैगरी हाम्रो जीवनमा पनि कठिनाइहरू र संघर्षहरू अनिवार्य देखा परछन् र जिबन चल्ने एकआधार बनेका छन् । रुखहरूको जरा पृथ्वीको गहिराइमा फैलिएको हुन्छ र यसरी उनीहरूले जमिनलाई बलियो बनाइराखेका हुन्छन् । रुखहरूको जरा माटोको संरचनालाई बचाई राख्छ जसले माटोको कटान रोक्न मद्दत गर्दछ र जल प्रवाहलाई नियन्त्रण गर्छ । यसैले रुखहरूले हाम्रो जीवनलाई सुरक्षा र जीवन बचाउने आधार बनेका छन् ।
रुखहरूको मौन उपस्थितिले हामीलाई जीवनका वास्तविक मूल्य र सिद्धान्तहरू सिकाउँछ । यसैले रुखहरूको उपस्थिति केवल भौतिक मात्र होइन भावनात्मक र आध्यात्मिक रूपमा पनि महत्त्वपूर्ण छ। रुखहरूको योगदान केवल अक्सिजन र शीतलता मात्र नभएर तिनीहरूको आन्तरिक धैर्यता र शान्तिले जीवनको महत्वलाई देखाउछ । जब हामी रुखहरूको छायाँमा विश्राम गर्छौं हामी शान्ति र आनन्दको अनुभूति
गर्छौं । हामीलाई पनि रुखले गज्जबको सन्देश दिन्छन् जीवनमा आइपर्ने चुनौतीहरूलाई धैर्यपूर्वक सहन गर्नु पर्छ र हामीले गरेका कार्यहरू संसारको भलाईको लागि हुनुपर्छ भन्ने संदेश र आफू बाचेको छ अर्काको लागि भन्ने जनाउछ । रुखहरूले आफ्नो जीवनबाट हरेक जीवलाई कुनै स्वार्थ बिना योगदान पु¥याउँछन् र यसरी हामीलाई निःस्वार्थ एकै नासको व्यवहारको महत्त्व बुझाउँछन्। तिनीहरूको उपस्थितिले जीवनका अनमोल पाठहरू प्रदान गर्दछ र हाम्रा सोचलाई फराकिलो बनाउँछ ।
आजको समयमा रुखहरूको विनाश तीव्र गतिमा भइरहेको छ विभिन्न बहानामा मानवले रुखहरूको कटान शहरीकरण र औद्योगिकीकरणको निर्माणले पृथ्वीको पारिस्थितिकीमा गम्भीर असर पारिरहेको छ। रुखहरूको अभावले जलवायु परिवर्तनको गति तीव्र बनाइरहेको छ सेताम्मे हउँ शृंखलाहरू दिन प्रतिदिन पग्लनु पनि रुखहरूको कटान पनि एक हो । रुखहरूको कटानले परिणामस्वरूप प्रकोपहरूको संख्या बढ्दै गएको
छ । जलवायु परिवर्तनले तापक्रम वृद्धि अत्यधिक वर्षा हिमालको हिउँ पग्लिनु र सूखा जस्ता समस्याहरू उत्पन्न गरेको छ। यसले मानव र अन्य प्राणीहरूको जीवनलाई प्रत्येक्ष प्रभावित पारी रहेको छ । रुखहरू बिना पृथ्वीको जीवन कस्तो होला एक पटक सोचौ त त्यो कल्पना गर्न पनि गाह्रो छ । शहरीकरणको कारण जंगलको क्षेत्र घट्दै गएको छ जसले वन्यजन्तुहरूको आवासलाई नष्ट गरेको
छ । यसका परिणामस्वरूप जैविक विविधता घट्दै गएको छ र पारिस्थितिकी प्रणालीको सन्तुलनमा गम्भीर खलल परेको छ । यसरी रुखहरूको संरक्षण हाम्रो भविष्यका लागि मात्र होइन, सम्पूर्ण पृथ्वीको पारिस्थिति प्रणाली बचाउनका लागि अत्यन्त महत्त्वपूर्ण छ ।
रुखहरूको संरक्षणलाई प्रोत्साहित गर्न हामी सबैले सक्रिय भूमिका खेल्न आवश्यक छ । यसका लागि सबैभन्दा पहिले हामीले रुखहरूको महत्वलाई बुझ्नुपर्छ र तिनको उच्च मूल्यांकन गर्नु पर्छ। रुखहरूको संरक्षणको लागि सरकारी र निजी क्षेत्रको सहयोग अत्यन्त आवश्यक छ । हामीले सक्दो धेरै रुखहरू रोप्नु
पर्छ । रुखलाई संरक्षण गर्नका लागि विविध कार्यक्रमहरूको आयोजना गर्नुपर्छ। रुखहरूको संरक्षणको साथसाथै हामीले वन्यजन्तु, कीट फटिङ्ग्रा र चराहरूको संरक्षण र जैविक विविधताको रक्षा गर्ने पहलहरूमा पनि ध्यान दिनु पर्छ । रुखहरू केवल प्राकृतिक संसाधनको एक हिस्सा मात्र होइन, तिनीहरूले हामीलाई शान्ति, स्थिरता, र जीवनको सही दिशा प्रदान गर्ने कार्य गर्छन् । जब हामी रुखहरूको संरक्षण गर्छौं हामी भविष्यका पुस्तालाई हरित पृथ्वी छोडेर जान्छौं र आफ्नो वातावरणलाई सुरक्षित राख्ने कार्य
गर्दैछौं । रुखहरूको संरक्षणको महत्त्व बुझेर तिनका संरक्षणका लागि सक्रिय कदम चाले, भने हामी पृथ्वीमा जीवनका लागि सम्भावना सृजना गर्न सक्छौं ।
रुखहरू जीवनका निकै महत्वपूर्ण र अपरिहार्य छ्न। तिनीहरूको संरक्षण र संवर्धन हाम्रो दायित्व हो। रुखबाट सिक्न हामिलाई धेरै छ धैर्य बन्न सिकाएको छ रुखले साहासी बन्न सिकाउछ र निस्वार्थ प्रेम आमा बुवा र गुरु पछि सित्तैमा प्रेम दिने भनेको नै रुख हो रुखले फल, फुल, पात, काठ अक्सिजन निशुल्क निस्वार्थ दिन्छ । विभिन्न रुखहरूको आयुर्वेदमा निकै ठूलो महत्त्व छ जस्तै निम, हररो, बररो अमला, जामुन, अम्बा, सितलचिनी, बेल र पिपल । पीपलको रुखलाई औषधिय महत्वको भनी उच्च श्रेणीको वनस्पतिमा राखेको छ । पिपलको पात, बोक्रा सबैमा औषधिय गुण हुन्छ । पीपलले वायु शुद्धिकरणमा समेत भूमिका खेल्ने बताइन्छ । पीपलको रुखलाई हिन्दुहरूले विभिन्न देवी देवताको प्रतीकको रूपमा मानेका छन्। यो वृक्षलाई समस्त मानव जाति, चराचुरु·ी र पर्यावरण कल्याणदायी पवित्र वनस्पतिको रूपमा आदिकालदेखि मानिदै आएको छ । यसको गुणगान वेदमा पनि व्याख्या गरिएको छ । विभिन्न रुखहरूको आयुर्वेदमा ठूलो महत्व छ जस्तै निमको रुखलाई स्वास्थ्यका लागि निकै नै महत्वपूर्ण वनस्पतिको रूपमा मानिन्छ । यसको पात, बोक्रा, फल, र जरा औषधीय गुणले भरिएको हुन्छ । निमको तेल, दन्तमञ्जन, साबुन, र किटनाशकको रूपमा प्रयोग गरिन्छ । यसले वायु शुद्ध पार्नमा योगदान पु¥याउँछ र वातावरणीय विषाक्तता कम गर्छ । प्राचीनकालदेखि निमको उपयोग आयुर्वेदिक औषधि निर्माणमा हुँदै आएको छ अर्को महत्वपूर्ण रुख जामुनको रुख हो यस्ले स्वादिलो फल दिनुका साथै औषधीय गुण पनि प्रदान गर्दछ। यसको फल, पात, र बोक्रा मधुमेह उपचारमा लाभदायक मानिन्छ। जामुनको फल भिटामिन र खनिजले भरिपुर्ण हुन्छ जसले स्वास्थ्यलाई तन्दुरुस्त बनाउँछ । यसले माटो संरक्षण र वायु शुद्ध गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै अमला प्राकृतिक भिटामिन सीकोलागि निकै महत्त्वपूर्ण स्रोत मानिन्छ । यसको फल, पात, र जरा आयुर्वेदिक औषधिमा अत्यन्त महत्त्वपूर्ण छ । अमलाले रोग प्रतिरोध क्षमता बढाउँछ र छालाको स्वास्थ्यमा सुधार ल्याउँछ। यसको नियमित सेवनले स्वास्थ्य र पोषणमा सुधार ल्याउँछ र अर्को महत्त्व बोकेको रुख अर्जुन हो । यो रुख आयुर्वेदिक चिकित्सा प्रणालीमा अत्यधिक महत्वपूर्ण मानिन्छ । यो रुख नेपालमा सहजै पाइन्छ र यसको छाल, पात, र जराले स्वास्थ्यका लागि विभिन्न फाइदा गर्छ । अर्जुन रुखको छाललाई प्राचीनकालदेखि हृदय रोग, रगतको प्रवाहमा समस्या, र उच्च रक्तचापका उपचारका लागि प्रयोग गरिन्छ। यसका औषधीय गुणहरू शरीरको रक्त संचारलाई सुधार्ने मुटको रोगिहरूको लागि निकै उपयोगी मानिन्छ र शरीरको इम्यून सिस्टमलाई बलियो बनाउने कार्य गर्छ । अर्जुन रुखको पात र जरा पनि पाचन तन्त्रलाई सुदृढ बनाउन र शरीरको विकारहरू हटाउन मद्दत गर्छ। यसको प्रयोगले शारीरिक र मानसिक शान्ति ल्याउँछ र समग्र स्वास्थ्यमा सुधार
गर्दछ ।
योगदानमा पनि छ, जसले माटोको संरक्षण र वायु शुद्ध गर्न मद्दत पुर्याउँछ । सितलचिनीका रुखहरू तथा विभिन्न जातिका फलफुलका रुखहरूको महत्त्व निकै छ । जीवनलाई बचाउन र समृद्ध बनाउनका लागि हामीले रुखहरूको महत्वलाई आत्मसात गर्नुपर्नेछ। रुखहरूको जीवन नै सबै जिबको लागि अनमोल रहस्य हो र तिनीहरूको संरक्षण र
सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो । रुखहरूको उपस्थितिले पृथ्वीलाई हरियाली बनाएको छ र मानव जीवनको एक अनमोल उपहारनै रुखहरू हुन । रुख नै जीवन हो र यो साँचो अर्थमा हामीलाई जीवनका वास्तविक मूल्यको अनुभव गराउँछ । तसर्थ, हामी सबैले रुखहरूको संरक्षणमा भाग लिनुपर्छ र आफ्नो जीवनलाई हराभरा र समृद्ध बनाउनु पर्छ । त्यसैले म भन्छु रुख नै जीवन हो ।