नेपालगन्जका रेडिमेट तथा व्याग व्यवसायीहरूको संगठन, रेडिमेट तथा व्याग व्यसायिक समिति नेपालगन्ज बाँकेको पाँचौ अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिवार नेपालगन्जमा भएको आठौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले पौडेलको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नन्दराम जैसी, उपाध्यक्षमा पदम श्रेष्ठ, सुदन केसी महासचिव, गणेश भण्डारी उप–महासचिव र चाँदबाबु अन्सारी कोषाध्यक्ष चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।
अधिवक्ता आचार्यका अनुसार, सर्वसम्मत कार्यसमितिको प्रवक्ता चक्र बहादुर मल्ल, वरिष्ठ सदस्यमा मछेन्द्र पौडेल, सदस्यहरूमा विज्ञान श्रेष्ठ, ध्रुवराज आचार्य, देवेन्द्र धामी, विनोद थारु, रेशम प्रसाद थारु र गिरी प्रसाद पटना छन् ।
त्यसअघि समितिका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले अधिवेशन उद्घाटन गरेका थिए । वक्ताहरूले व्यवसायिक एकतामा जोड दिइएको कार्यक्रममा संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो व्यवसायिक अवस्थाबारे बोलेका थिए । कार्यक्रममा योग गुरु गिरिराज भट्टराई, हरित अभियन्ता हेमन्तराज काफ्लेलाई विशेष सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार, समितिमा पाँच करोड सम्म लगानीमा रेडिमेट तथा व्यागको व्यापार व्यवसाय गर्ने नेपालगन्जका १ सय १३ सदस्य संगठित छन् ।