रोजगारदाताको सहभागिता पहल

नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका स्थानीय तहको साझेदारीमा आयोजना गर्न लागेको रोजगार मेलामा रोजगारदाताको उत्साहजनक सहभागिता पहल थालिएको छ ।

‘उद्योगमा दक्ष÷अदक्ष जनशक्तिको आवश्यकता छ’, संघका सदस्य समेत रहेका उद्योगपति राजिव तलंगाले रोजगार दाताहरूको प्रत्यक्ष सहभागितामा रोजगारी खोजिरहेकाहरूसँग मेलाले मञ्च उपलब्ध गराउने आशा व्यक्त गर्दै भने, ‘यो सकारात्मक सुरुवात हुनसक्छ ।’संघले स्थानीय सरकारसँग हातेमालो गरेर बेरोजगारलाई रोजगारीसँग जोड्ने र स्वरोजगार समेतको पहल लिइरहेको मेला संयोजक समेत रहेका संघका महासचिव भीम रानाभाटले जानकारी दिए । ‘त्यसका लागि हामी बाँकेका साना, ठूला रोजगार प्रदायक कम्पनीहरूसँग भेटघाटलाई तिव्रता दिएका छौं’, संघका एशोसिएसट सदस्य कमल कार्कीले भने ।

चैत्र १५–१६ गते आयोजना हुने रोजगार मेलामा श्रम क्षेत्रका बिस्तृत समस्या र सम्भावनामा बहस गरिंदैछ । ‘सरकारले रोजगारीको सुनिश्चितताका लागि हरेक पालिकामा रोजगार शाखाकै व्यवस्था गरेर अग्रसरता लिएको छ’, नरैनापुर गाउँपालिकाका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई व्यापकता दिएर स्वरोजगार तथा रोजगार आफ्नै देशमा गर्न सक्ने अवस्थाको सिर्जना गर्नु हामी सबैको दायित्व हो ।’

Exit mobile version