लागू औषध दुव्र्यसन आजको समयमा नेपाल मात्र नभई विश्वभर गम्भीर समस्या बनिरहेको छ । यसको असर व्यक्तिगत पारिवारिक सामाजिक तथा आर्थिक जीवनमा नकारात्मक असर परेको छ । विशेष गरी युवा पुस्ता यस लतमा फस्दै गएकाले देशकै भविष्य अन्योलमा पर्ने खतरा बढेको छ । नेपालमा पछिल्लो समय लागू औषधको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ जसले समाजमा अपराध दर बढाउनुका साथै शिक्षामा गिरावट बेरोजगारी र स्वास्थ्य समस्या निम्त्याएको छ । यदि यस समस्यालाई समयमा नियन्त्रण गर्न सकिएन भने हाम्रो सामाजिक संरचनामा गम्भीर संकट आउन सक्छ । लागू औषध दुव्र्यसनका विभिन्न कारणहरू छन् । धेरैजसो युवा साथीभाइको दबाब उत्सुकता तनाव तथा पारिवारिक अस्थिरताको कारण यो लतमा फस्ने गरेकाछ्न । किशोरावस्थाका युवाहरू नयाँ कुरा सिक्न इच्छुक हुने भएकाले लागू औषधप्रति आकर्षित हुने सम्भावना बढी हुन्छ । साथै बेरोजगारी पारिवारिक कलह र समाजबाट उपेक्षित महसुस गर्नेहरू लागू औषधको दुव्र्यसनमा फस्ने गरेका छ्न ।
नेपालमा खुला सिमाना तथा अवैध ओसारपसारका कारण लागू औषधको सहज उपलब्धता पनि यसको मुख्य कारणमध्ये एक हो । दिन प्रतिदिन भन्सार नाकाहरूमा लागू औसधि सहित समातिएका घटनाहरू बढ्दै गएका छ्न । सबै भन्दा जोखिम नेपालगन्ज , धनगढी , बिरगंज , भैरहवा र महेन्द्रनगरका नाका बन्दै गएका छ्न । नेपाल आफैमा लागू औसधको ट्रान्जिट पोईन्ट बन्दै गएका उदाहरणहरू त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा लागू औसधका तस्करहरू समातिएका घटनाहरू बढ्दै गएका छ्न ।
हाम्रो देशमा लागू औसध दुर्बेसनी दिन प्रतिदिन बढ्दै गएको छ । जसले गर्दा विद्यालय तथा कलेजका विद्यार्थीहरू समेत यसको चपेटामा पर्न थालेका छन् । लागुऔषधको प्रयोग विद्यार्थीको शारीरिक स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउँछ । लागुऔसधले मानसिक स्वास्थ्य समस्याहरू, जस्तै डिप्रेशन चिन्ता र मानसिक अशान्तिको कारण बन्न सक्छ । यो अझै गम्भीर अवस्था तब बनिन्छ जब विद्यार्थीहरू लागुऔषधको अत्यधिक प्रयोग गर्न थाल्छन् जसले शारीरिक स्वास्थ्यलाई बिगार्न सक्छ र भविष्यमा पुरानो रोगहरूको कारण बन्न सक्छ । विद्यार्थीहरूको लागुऔषधको प्रयोग रोक्नका लागि विद्यालय र समुदायले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विद्यालयहरूले विद्यार्थीलाइ मानसिक स्वास्थ्य र लागुऔषधको हानिकारक असरका बारेमा सचेत बनाउनुपर्ने हुन्छ । यसका साथै शिक्षकहरूले विद्यार्थीहरूको भावना र व्यवहारलाई ध्यानपूर्वक बुझेर तिनीहरूलाई मनोवैज्ञानिक तरिकाले बुझ्नु पर्छ । अभिभावकहरूले पनि आफ्ना सन्तानहरूसँग समय विताएर उनीहरूको मनोबललाई प्रोत्साहित गर्नु जरुरी छ । विद्यार्थीहरूले सामाजिक समृद्धिमा योगदान पुर्याउन र स्वास्थ्यप्रद जीवनशैली अपनाउन शिक्षा र चेतनाका विभिन्न कार्यक्रमहरूमा सहभागी गराउनु पर्छ । जति सकिन्छ विभिन्न खेलकुदमा सहभागी गराउनु पर्छ । लागुऔषधको दुष्परिणामबाट बच्न र एक स्वस्थ र उज्जवल भविष्य निर्माण गर्न सकिन्छ । भोलिको दिनमा यो यो समस्या बिकराल रूपमा जान सक्छ । सरकारले समयमा रोकथामकालागि दीर्घकालीन योजना बनाउन निकै जरुरी छ ।
लागू औषधले व्यक्तिगत जीवनलाई मात्र होइन पारिवारिक जीवनलाई पनि नकारात्मक रूपमा प्रत्येक्ष असर गरेको छ । लागू औषध दुव्र्यसनमा फसेका मानिसहरू शारीरिक तथा मानसिक रूपमा कमजोर हुन्छन् जसले परिवारमा झैझगडा कलह उत्पन्न गराउँछ ।
लागू औषध प्रयोगकर्ताहरूको व्यवहार परिवर्तन भई उनीहरू आक्रामक होहल्ला गर्ने तथा असामाजिक बन्छन् । फलस्वरूप समाजमा अपराध दर बढ्दै गएको छ । लागू औषधले विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल असर पार्ने भएकाले उनीहरूको भविष्य नै जोखिममा पारेको छ ।नेपाल सरकारले लागू औषध नियन्त्रणका लागि विभिन्न कानुनी तथा सामाजिक पहलहरू ल्याएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अवैध लागू औषध ओसारपसार तथा सेवनमा कडा कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।
सरकार तथा गैरसरकारी संस्थाहरूले पुन स्थापना तथा सुधार गृह सञ्चालन गरी लागू औषध प्रयोगकर्तालाई सामाजिकरण गर्ने प्रयास गरिरहेका छन् । तथापि सीमित स्रोतसाधन खुला सिमाना तथा कमजोर कार्यान्वयन प्रवृत्तिका कारण लागू औषध नियन्त्रण गर्न कठिन भइरहेको छ । पुन स्थापनाका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा प्रयोगकर्ताहरू फेरि पुरानै लतमा फर्कने सम्भावना बढी छ ।
लागू औषध नियन्त्रणका लागि परिवार विद्यालय समाज तथा सरकार सबैको संयुक्त प्रयास आवश्यक छ । बिधालयहरूमा लागू औषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निकै जरुरी छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई प्रेम सद्भाव तथा अनुशासनका साथ मार्गदर्शन गर्नुपर्छ ताकि उनीहरू गलत बाटोमा नलागून् । सरकार तथा गैरसरकारी संस्थाहरूले लागू औषध पुन स्थापना केन्द्रहरूलाई प्रभावकारी बनाउँदै परामर्श सेवाहरू विस्तार गर्नुपर्छ । युवा पुस्तालाई सिर्जनात्मक रोजगार मुलक तथा व्यवसायमुखी क्रियाकलापमा संलग्न गराउन सके लागू औषधको लत कम गर्न सकिन्छ ।
लागू औषध समस्या केवल व्यक्तिगत मात्र नभई राष्ट्रकै विकासमा बाधक तत्व बनेको छ । यो समस्या समाधानका लागि व्यक्तिगत जागरूकता परिवारको भूमिका तथा सरकारी नीतिहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । शिक्षालयहरूमा सचेतनामूलक कार्यक्रम पुन स्थापनाका लागि प्रभावकारी नीति तथा समाजमा नैतिक शिक्षाको प्रवद्र्धनले लागू औषध दुव्र्यसन न्यूनीकरण गर्न सकिन्छ । यदि सरकारले समयमा सचेत कदम चालेन भने भोलिको पुस्ता झनै गम्भीर संकटमा फस्नेछ । त्यसैले समाजका सबै पक्षले यस समस्यालाई गम्भीर रूपमा लिँदै एकजुट भएर समाधानका उपायहरू खोज्नुपर्ने आवश्यकता छ हामिले आफ्नो घरका सन्तानको दैनिकि कसरी बितेको छ सूक्ष्म रूपमा हेर्ने र कस्ताको संगत गर्छ आनि बानी कस्तो छ त्यसलाई बुझ्न र व्यबहार परिवर्तन भएको थाहा पाए कसरी हुन्छ कुलत बाट उम्काउने उपाएहरू अप्नाउनु पर्छ ।
अहिलेको समयको सबै भन्दा बिकराल समस्या भनेकै लागू औसध प्रयोग देखिएको छ सबै अभिभावक यो समस्या बाट बच्न निकै जरुरी छ र सबै समयमै सचेत बनौ ।