लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी परा भएको छ । नेपालगन्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भइसकेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिकट बिक्री, पार्किङ ब्यबस्थापन, खेलाडीका लागि आवास ब्यबस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रंगशालासम्म यातायताको ब्यवस्थापन समेत भइसकेको छ ।
प्रतियोगिताका लागि खेलाडीहरुको टिम आउने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताउनुभयो । उहाँका अनुसार, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम नेपालगन्ज आइसकेको छ । नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने प्रतियोगितामा अन्य टिमहरु पनि खेल तालिका अनुसार आउने छन् ।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवनआर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने छन । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुनलागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिता हेर्नको लागिसिजनलफुलप्याकेज १५ सयको टिकट ब्यबस्थागरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनिब्यबस्थागरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागिभिआइपीप्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्थागरिएको छ । लुम्बिनीकपमाघोषणागरिएको पुरस्कार राशीअहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगितालेनयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीलेविश्वास लिएको छन् ।