पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसीले नेपाली विद्यार्थीलाई स्वदेशमै टिकाउन आवश्यक पहल भैरहेको बताएका छन् ।
गत पुस १४ गते पोखरा विश्वविद्यालयको उपकुलपति पदभार सम्हालेका प्रा.डा. केसीले नेपालगन्जमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा आफुले गरेका पहलहरू जानकारी दिंदै भने, ‘विद्यार्थी किन विदेश पढ्न जान खोजिरहेका छन् भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर सोही अनुसारको शिक्षा प्रणाली विकास गर्न लागेका छौं ।’
प्रा.डा. केसीले पोखरा विश्वविद्यालयले १ सय शैय्याको अस्पताल समेत सञ्चालन गरिरहेको जानकारी दिंदै छिट्टै एमबीबीएस, एमडी र बिडिएस जस्ता मेडिकल शिक्षा सञ्चालन गर्न लागिएको बताए । एम नर्सिङ्ग सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको प्रा.डा. केसीको भनाइ थियो । ‘किताबी ज्ञान भएपनि नैतिक शिक्षाको कमीले हाम्रा युवाहरु विदेशमा गर्न सक्ने काम आफ्नो देशमा गरिरहेका छैनन्’, उपकुलपति प्रा.डा. केसीले त्यसका लागि काउन्सिलिङ्ग आवश्यक परेको तर्क गर्दै भने, ‘नैतिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने गरी पनि हामी पाठ्यक्रम विकास गर्दैछौं ।’
गरिरहेको पोखरा विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको प्रा.डा. केसीको भनाइ थियो । ‘किताबी ज्ञान भएपनि नैतिक शिक्षाको कमीले हाम्रा युवाहरु विदेशमा गर्न सक्ने काम आफ्नो देशमा गरिरहेका छैनन्’, उपकुलपति प्रा.डा. केसीले त्यसका लागि काउन्सिलिङ्ग आवश्यक परेको तर्क गर्दै भने, ‘नैतिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने गरी पनि हामी पाठ्यक्रम विकास गर्दैछौं ।’
विद्यावारिधीलाई सम्मान
विश्व नेपाली साहित्य महासंघ लुम्बिनीले विभिन्न विधामा विद्यावारिधी उपाधी प्राप्त व्यक्तित्वहरूलाई नेपालगन्जमा सम्मान गरेको छ । बुधबार औपचारिक कार्यक्रम बीच प्राध्यापक डा. वेदराज केसी, डा. हरिप्रसाद तिमिल्सिना, डा. कविन्द्रराज भट्टराई, डा. जगत तिमिल्सिना र डा. राजकुमार थारुलाई सम्मान गरिएको हो ।
पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन सफल प्रा.डा. केसीलाई बधाई तथा सम्मान गरिएको महासंघले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसीले विद्यावारिधीका लागि आर्जित ज्ञानलाई समाजमा हस्तान्तरण गर्न आग्रह गरे । सम्मान कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल, विश्व विद्यालय सेवा आयोग सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरे, वरिष्ठ पत्रकार पूर्णलाल चुके, महासंघका कल्पना
पौडेल जिज्ञासु लगायतले बोलेका थिए ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान ग्रहणपछि डा. तिमिल्सिना र डा. भट्टराईले आफ्ना अनुभव र समाजलाई दिन सकिने योगदानबारे आफ्ना धारणा राखेका थिए । सोही कार्यक्रममा साश्वत प्रतिष्ठानका तर्फबाट प्रा.डा. जनार्दन आचार्य, किरण ढकाल, प्रलेस लुम्बिनीका तर्फबाट पंकज श्रेष्ठ, अछामी सेवा समाज लगायतले पनि विद्यावारिधी प्राप्त व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीले बौद्धिक व्यक्तित्वले समाजलाई दिनुपर्ने योगदानबारे चर्चा गरेका थिए ।