बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरू शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनि १६ वर्ष भित्रका विद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन सुरु गर्न थालेको छ ।
मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपांगता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरूको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरूका लागि अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
अभिमूखिकरण कार्यक्रममा सहभागी भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरूले तथ्यांक संकलन कार्य सुरु गर्ने जनाइएको छ ।
बिद्यालय बाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभिमूखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरीले बिद्यालय बाहिर रहेका बालवालिकाको सहि तथ्यांक भएमा बिद्यालयमा ल्याउनका लागि सहज हुने बताइन् । उनले तथ्यांककै आधारमा उनीहरूको सहयोगको लागि आगामी आ.व.०८२।०८३ को नीति तथा योजनामा समेटेर बालवालिकालाई शिक्षाबाट वन्चित हुन नदिने र उनीहरूलाई केन्द्रित गरी योजना बनाउने र विभिन्न साझेदार संस्थासगं आग्रह गर्ने जानकारी गराए ।
बिद्यालय बाहिर रहेका बालवालिकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई बिद्यालयमा भर्ना गरी शिक्षामा पहुँच पु¥याउन र कोही पनि बिद्यालयमा पुग्नबाट वन्चित नरहुन भन्ने उद्देश्यका साथ मधुवन नगरपालिकालाई बिद्यालय वाहिर रहेका बालवालिकाका संरक्षण, संवद्र्धनकालागि निर्देशिका तयार पार्न परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको शसक्त बालिका परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिएका छन् ।
तथ्याङ्क संकंलनका लागि शिक्षकहरूलाई गणकहरूको रूपमा छनौट गरी तथ्याङ्क संकलन कार्यको शुरुवात गराउने उद्देश्यले सञ्चालन गरिएको अभिमूखिकरण कार्यक्रमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नाराण प्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लव सशक्त बालिका परियोजनाको सयुक्त साझेदारीमा सन्चालन गरिएको सामाजिक परिचालक मीनु थारुले जानकारी गराएका थिए ।