नेपाल हयाण्डबल संघका केन्द्रिय सदस्य उमेश शर्मा बजगाईको अध्यक्षतामा शुक्रबार भएको भेलाले जयन्त कुमार शर्माको अध्यक्षतामा लुम्बिनी प्रदेश हयाण्डबल संघ गठन गरेको छ ।
संघको उपाध्यक्षमा खगेन्द्र बहादुर चन्द, नोखी रावत, सचिवमा सन्तोष लामिछाने र कोषाध्यक्षमा अजय कुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा सागर गुरुङ, पार्वती गुरुङ, भगवती शर्मा, शंकर सापकोटा रहेका छन् ।
भेलाले केन्द्रिय प्रतिनिधिमा जयन्त कुमार शर्मा, खगेन्द्र बहादुर चन्द र नोखी रावतलाई छनोट गरेको छ ।