विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरूलाई एकिकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ ।
दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो ।
विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरू एकीकृत रूपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धि ज्ञानको अभाव रहेकोले त्यसको समाधान गर्न र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन यस तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्य बहादुर खत्रीले जानकारी दिए ।
प्रमुख खत्रिले सुचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आबश्यक पर्ने तथा बालबालीकाको सिकाइस्तर बढाउनकालागी जिल्लास्तरमा शिक्षासंग काम गर्ने साझेदार सस्थाहरू संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताए ।
सो तालिमले शैक्षिक सूचना व्यवस्थापनमा थप मद्दत पुग्ने र सम्पूर्ण सूचनाहरू यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुग्ने बढैयाताल गाँउपालिकाको विद्यालयका प्रधानाध्यापक बिमला गुरुङले बताए ।
तालिममा प्रशिक्षकको रूपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन, शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्यांक अधिकृत शुशिल पौडेल रहेको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत वालिका सशक्त परियोजनाका अधिकृत सिमा वलिले जानकारी दिइन् ।
समापन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बि ग्रुपका लक्ष्मी प्रसाद शर्माको उपस्थिति रहेको थियो ।