वर्तमानमा औचित्य सावित गर्न वा गौरवशाली विगतबाट अहिले फेरि उर्जा पाउन हरेकले इतिहास स्मरण गर्ने गर्छन् । अझ मिथकलाई इतिहास र इतिहासलाई मिथक बनाउने प्रयास इतिहास व्यवस्थापकद्वारा गरिन्छन् । इतिहास बुझ्न इतिहासबोध आवश्यक हुन्छ, आजका आग्रह र विश्वासले मात्र हुँदैन । सभ्यताका विकास इतिहास मार्ग हुँदै बढ्छ । देश, समाज, राजनीतिक पार्टी वा व्यक्तिका आ–आफ्नै विगत हुन्छन् । विगत बन्नका आधार हुन्छन् । त्यही आधारमा वर्तमान बन्छ । विगतका गौरवता वर्तमानमा सार्थक बनाउँदै भविष्यको मार्गप्रशस्त गर्ने नै सफल हुन्छन् । त्यही विगतका शिक्षा, उर्जा, अभ्यास र गरिमा वर्तमानको आशा र सपना जगाउने आधार बन्ने गर्छन् । इतिहास एकैदिन तयार हुँदैन इतिहासका पृष्ठभूमिले नयाँ इतिहास खडा हुन्छ ।
यो बाँकेको कम्युनिष्ट आन्दोलनको संक्षिप्त नोट भएपनि वृहत अध्ययनको ढोका खोल्ने आधार भने हो ।
१) नयाँ मुलुक राणाहरूको विर्ता भएकाले बिर्तावाल, जमिन्दार, किसान, मोही किसान, कृषि मजदुर, पटवारी, तौला, कमैया विभिन्न श्रेणी हुने गथ्र्यो । बनको ठेक्का, भन्सारको ठेक्का, चरणबिर्ता, बिर्तावालले मालपोत तिर्न नसके बिर्ता जफत भएर लिलामी हुन्थ्यो । जहिले पनि जमिन्दार र किसानबीच टसल भैरहन्थ्यो । त्यसलाई लोकाभार किसान आन्दोलन पैदा भयो । किसानलाई विद्रोहमा उता¥यो । बढ्दो जिम्दार र किसानबीचको तनाव रोक्ने र समस्या हल गर्न ब्रम्ह शमशेर आयोगले २००३ सालमा नयाँ मूलक भ्रमण पनि ग¥यो ।
२) राणा विरोधी संघर्ष र दशरथचन्द चन्द आश्रमको रुपैडिया केन्द्रिय कार्यालयका सलामी परेड,अध्ययन सामाग्री र भूमिका अध्ययन आवस्यक हुन्छ । दशरथचन्द आश्रमका दुधुवा, जरुवा, मझगवा, कतरनियाका सीमा क्षेत्रमा थिए । कांग्रेस भित्रको नरम दल र गरम दल । २००७ साल माघ १६ गते बुधवार राणाशासनको नेपालगन्ज किल्ला ढल्यो ।
३) किसान आन्दोलन चर्कँदा पूर्वमा खडैचा, सन्तलियाका मुलायम बेहना र पश्चिममा पेडारीका बैजनाथ थारुको नेतृत्वमा किसान र जमिनदारबीच संघर्ष चल्दै गए । जमिन्दारहरू संगठित भए । जिम्दार संगठनमा खडगबहादुर मल्ल, हरिवंश शर्मा, फत्तेजंग शाह, लखनउका वकिल गोविन्दमोहन श्रीवास्तव – (बन्जोड गाँउ, इन्द्रपुरका जिम्दार ), नन्दकिशोर ‘महाराज’, हरिहर शर्मा उपाध्याय गौतम ( बाँके बर्दिया, कपिलवस्तु , गुल्मी, अर्घाखाँची र नुवाकोट गरेर १६ हजार बिघाभन्दा धेरै जमिनका जमिनदार)
४) भारतीय सेना र बैजनाथ थारू
जमिन्दारहरूको संगठन नानपारामा बसेर ‘नेपालमा कम्युनिस्टहरूले कब्जा गर्न थाले’ भनेर भारतीय सत्ता उचाल्न थाले । भारतीय सेनाको मद्रासी रेजिमेन्ट २००७ साल चैत्र २९ गते राजापुरदेखि कटकुइयासम्म एकैपटक आक्रमण ५४ घण्टा रह्यो । सयौँ किसान र नेता गिरफ्तार भए । गिरफ्तारमा बाबुकृष्ण शर्मा, ललितचन्द, गोपालबहादुर श्रेष्ठ, बदलुराम नेपाली, प्रेमलाललाई २००८ साल वैशाख ४ गते बहराइच (भारत) चलान ग¥यो । यातनाबाट वैशाख ४ मा पेडारीका बैजनाथ थारुको मृत्यु भयो । थप मृत्यु हुँनेमा उचुवाका दुलारे पण्डित र धम्बोझीकी राजाराम कुर्मी पनि रहे ।
५) कम्युनिष्ट पार्टीको गठनः नेपालगन्जमा कम्युनिष्ट – कम्युनिष्ट पार्टीको पहिलो सचिव रूप सिंह सिजापति हुन । सिजापति सुदूरपश्चिमाञ्चल राणा विरोधी सशस्त्र संघर्षका मुख्य कमान्डर र सहिद भीमदत्तका पनि नेता हुँन । पश्चिम नेपालमा २००८ मा गठन भएको कम्युनिष्ट पार्टीको नेपालगन्ज पहिलो शाखा हो । पहिलो कमिटी सदस्यमा पूर्णमान आजाद, वी. विकास, मोहनबहादुर पछाई, रामकृष्ण मानन्धरहरु रहे ।
६) डा.के.आइसिंहको सिंहदरवार विद्रोह पछि नेकपा माथि प्रतिबन्ध लाग्यो । पार्टी किसान संघर्ष मार्फत सक्रिय बन्यो । त्यसका असर बाँकेमा पनि देखिए ।
७) नेपाली कंग्रेसका मधेस तराईबाट पहिलो केन्द्रिय सदस्य कुवर कल्लु सिह नेपालगन्जका थिए । उनलाई किसान आन्दोलनको पक्षमा रहेको कारण जेठ १०–१३, २००९ नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशनमा उनलाई कम्युनिष्ट भएकोमा निस्कासन मात्रै गरिएन, गिरफतार पनि गरियो । त्यपछि नेपालगन्जमा राणा विरोधी बिद्रोहको नेतृत्वगर्ने बाबुकृष्ण शर्मा, कुवर कल्लु सिह, मुलायम बेहनाहरु नेपाली कंग्रेसबाट अलग्गिए ।
८) भीमदत्त पन्तको हत्या र किसान आन्दोलन मत्थर हुन थालेपछि कृष्णशंकर अयंगरको (तेलंगना किसान विद्रोह दवाइएपछि अयंगर ब्रम्हदेव मण्डी साधुको भेषमा सक्रिय थिए, भीमदत्तको किसान आन्दोलनका प्रणेता पनि ) पार्टी सचिव सिजापतिलाई भेटेर आन्दोलन चर्काउने प्रयास गरे ।
९) १५ सालको संसदीय चुनावः पार्टी सचिव रुपसिह सिजापति संसदीय क्षेत्र न ६३ वाट उम्मेदवार बनेर ७ सय ६ मत प्राप्त गरे । विजेता नेपाली कंग्रेसका ललितचन्द ७ हजार २ सय २३ मत प्राप्त गरेका थिए । १०) संसदीय व्यवस्थालाई राजा महेन्द्रले अपदस्थ गरेपछि रुपसिह सिजापतिको पनि गिरफ्तारी भयो । उनी २ वर्ष २५ दिन नेपालगञ्ज जेलमा रहे । नेपालगञ्जका सबभन्दा धेरै समय जेल रहने र कागज नगरी छुट्नेमा सिजापति मात्रै हुँन । रिहापछि उनी राजनीतिमा सक्रिय भएनन् । लेखापढी गरेर जीवन निर्वाह गरे । पञ्चायत वा गाउँफर्कको शरणमा भने गएनन् ।
११) सिजापतिको गिरफ्तारीसंगै पार्टी गतिविधि शिथिल भयो । कतिपय नेताहरू पञ्चायती शरणमा पुगे ।
दोश्रो चरण
१२) दरभंगा प्लेनमको विवाद, डा. केशरजंग रायमाझीको भूमिका र पार्टी विभाजनले बाँकेको कम्युनिष्ट आन्दोलनमा कुनै प्रभाव पारेन ।
बाँके कम्युनिष्ट पार्टीको दोस्रो चरणको सुरुवात पुनर्वास र बसाइसराईसंगै सुरु हुन्छ । त्यसको अगुवाइ सत्यदेव भट्टराई, दुर्गाप्रसाद शास्त्री, बाबुराम गौतम, र नन्दलाल रोकायहरुले गर्छन । पुनर्वास कम्युनिष्ट गतिविधिको केन्द्र बन्छ । २०२३ को तुल्सीलाल र पुष्पलालको विवादले भने पार्टीलाई असर पार्यो । टियलको कुन बाटो ? र पियलको मूल बाटोमा विवाद, सत्यदेव भट्टराईका स्वास्थ्य उपचार र टियलको सामीप्यता भयो भने अरुहरू पियल पक्षधर रहे । दोस्रो चरणको बाकेको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक जेल पर्ने नरेश विक्रम थापा हुँन । थापा सत्यदेव भटटराईको घरबाट २०२८ माघमा गिरफतार परेर ९ महिना बाँके कारगारमा रहे । ा
१३) लुम्बिनी अञ्चलमा सबैभन्दा ठूलो आन्दोलन २६ कात्तिक २०३० मा भएको थियो । हर्रेबर्रेको अर्घाखाँची घटना २८ फागुन २०३० को हो । त्यसका छिर्काले पुनर्वासलाई ततायो । भूमिगत कार्यकर्ताको सेल्टर बन्यो । त्यसको उर्जा थप्न सशस्त्र संर्घष तयारीमा हतियार जोहो गर्ने, गुरिल्ला ड्रेस तयार भए । कमान्डर रञ्जित गुरुगले प्रशिक्षण र गुल्मी सेबोटेज कार्यक्रम बनेर स्क्वाड मोभ पनि भयो । तर एक्सन सफल हुन सकेन, लमही एक्सन पनि सफल नभएको र ठूरिया जङ्गलमा केही योद्दा मारिएको बाबुराम गौतमको भनाई छ । पर्लयहाग सुव्वासंग २५ राउडको यसयमजी समेत थियो । पुष्पलाल समूहले अर्घाखाँचीदेखी कन्चनपुरसम्म भूमिगत आफनै सञ्चार संजाल (हुलाक)पनि सञ्चालन गरेको थियो ।
१४) केन्द्रिय न्यूकल्सको पर्चा
१५) गणेशनिधी र नेपालगन्ज । स्वर सामहिक संगालो नामक पत्रिका पहिलो कमयुनिष्ट अगुवाईको पत्रिका बन्यो भने महेन्द्रराज शर्मा यसका सम्पादक रहे ।
१६) चौथो महाधिवेशनको संगठन । हरिभक्त कंडेल नेकपा चौथो महाधिवेशन, मसाल, मशाल, एकता केन्द्र नेकपा माओवादीका केन्द्रिय नेता हुन ।
१७) विद्यार्थी संगठन र शिक्षक संगठन पार्टीका कार्यकर्ता उत्पादन गर्ने नसर्री बन्थे ।
१८) नेकपा मालेको प्रवेश, गठनः मुकेश चालिसे, गोबिन्द कोइराला, इन्द्रकमल थापा, चन्द्र बहादुर ठकुरी, देवेन्द्र घिमिरे, बद्री कोइराला दिवाकर शर्माहरु रहे । प्लिब नामक पत्रिका प्रकाशन भयो ।
१९) दशरथपुर किसान संघर्ष (१५ जेष्ट २०३६, दशरथपुर काण्ड) असर र बिद्रोहका अगुवाहरु पुनरवासमा आश्रय लिए । त्यसले बाँके कम्युनिष्टलाई उर्जा मिल्यो ।
२०) पुनर्वास क्षेत्रबाट मार्क्सवादीको पञ्चायत हस्तक्षेप क्रमशः नन्दलाल पुनर्वास क्षेत्र कम्युनिष्ट आधार क्षेत्र बनेको थियो । राधापुर,सितापुरमा देखि नै मार्क्सवादीको नेतृत्व रह्यो ।
२१) मशालको धौलागिरी नाटक प्रसङ्ग
२२) रनियापुर, घिया किसान संघर्ष
२३) शिक्षक संघर्ष
२४) चौथो महाधिवेसनको फुट र असर
२५) रामराजा प्रसाद सिहको नेतृत्वको बमकाण्डका प्रभाव र त्यसको प्रभाव (२०४२)
२६ )मालेको आन्तरिक विवादले पारेको असर
२७ ) राष्ट्र बैकमा कार्यरत दिवाकर शर्माले जागिर परित्याग गरि ०४३ को पञ्चायत चुनावमा जनपक्षीय उम्मेदवारका रुपमा नेकपा मालेको तर्फबाट प्रतिष्पर्धामा उत्रिए । उनको चुनाव चिन्ह गाग्रो थियो । १ हजार ५ पाच सय ४१ मत प्राप्त गरेका थिए ।
२८) मजदुर संघर्ष कपास र शाह डिस्टिलरी
२९) ०४६ र कम्युनिष्टहरु
३०) नेकपा माले र नेकपा माक्र्सवादी मिलेर एमालेको गठन
कोअर्डिनेसन केन्द्रको गतिविधिकालमै गोविन्द कोइराला बर्दियामा आइसकेका थिए । उनी मैनापोखर हाईस्कूलमा अध्यापन गर्दै पार्टीमा भूमिगत सक्रिय थिए । तर बाँकेबर्दियाको औपचारिक संगठात्मक विकास भने माले गठन पछि डा. मुकेस चालिसे भएको हो ।
३१) ०४८ को संसदीय चुनाव र कम्युनिष्टहरू
३२) स्थानीय पञ्चायतमा कम्युनिष्टहरू
३३) स्थानिय र केन्द्रिय उपस्थिति । को, को प्रधानपञ्च, अध्यक्ष भए ? कुनकुन गाविस, गाँउ पालिका, नगरपालिकाको नेतृत्व ।
३४) १० वर्षको जनयुद्ध र माओवादी । जनयुद्ध र नेपालगन्ज
३५) संयुक्त जनआन्दोलन परिचालन समिति नेपालमै पहिलो सात दल र माओवादीको संयुक्त जनआन्दोलन परिचालन समिति बन्यो । त्यसको मुख्यश्रेय काँग्रेसका कृष्णमान श्रेष्ठ, एमालेका मिलन सापकोटा, माओवादीका डम्बर विक तुफान र मार्क्सवादीका मानबहादुर ओली र बिर बहादुर ओलीलाई जान्छ । यसले क्षेत्रमात्रै आन्दोलित गरेन, नेपालगन्जका हरेक आन्दोलनको जनसहभागितामा मुख्य भूमिका खेल्यो । सहादतको कोटा पनि सेतु विक सहिद बनेर चुकाइन् । त्यो संयुक्त जनआन्दोलनको नेपालमै पहिलो अभ्यास र प्रयोग थियो ।
३६) बाँकेमा सक्रिय कम्युनिष्ट पार्टीहरु र तिनका अद्यावधिक मूल नेतृत्व
सुक्ष्म अध्ययनका थप विषयहरु
क) बसाइँसराई पुनर्वास
ख) विद्यार्थी आन्दोलन र क्याम्पस केन्द्र
ग) शिक्षक आन्दोलन
घ) पुस्तक पसलका भूमिका
(जनादेशडटकमबाट लिइएको यो सामाग्रीका विस्तृत विवेचना लेखकको प्रकाशोन्मुख पुस्तक ‘कम्प्लिट नेपालगन्ज’ मा)