For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सत्ताको अहंकारमा बेलगाम बोली

byDainik Nepalgunj
April 4, 2025
in विचार
0 0
0
सत्ताको अहंकारमा बेलगाम बोली
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राजनीतिक पार्टीहरूमा गालीगलौच, बेआधार आरोप,
आफ्नो कित्ताको भएन भने सिधै भित्तैमा पुर्याउने गरि गरिने ब्यवहार सामान्य जस्तै छ ।

विगत चारपाँच दशक यता चलेको र आजपर्यन्त गालीगलौच, आधारहीन आरोपको श्रंखलाले अझै परिपक्वता लिएको छ । बिशेष गरि वामपन्थी विचारधारा भएका राजनीतिक पार्टी कार्यकर्ताहरूमा विचार नमिल्नेहरूलाई सके सफाया गर्ने त्यसो गर्न नसके निषेध गरेर जाने राजनीतिक स्कूलिङ गराइने गरिएको पाइन्छ । चाहे त्यो भूमिगत कालमा होस् या २०४६ पििछको खुला परिवेशमा, नेपालमा निषेधको राजनीति र आफ्ना वैचारिक विरोधिहरूलाई क्षतिपति केहि नराखी आरोप लगाउने, भित्तैमा पुर्याउने, सके सफाया गर्ने, नसके धम्क्याउने, निषेध गर्ने प्रचलन ब्याप्त रहेको छ । बेलगाम बोलीले चुटेर भएपनि चारपाँच जनाको गुट बनाएर पार्टीको नाम दिने, आफ्ना भजन मण्डलीहरू बनाएर लेख्न, नाँच्न गाउन लगाउने, गीतबाट वचन र बोलीबाट, भाषण र ब्यवहारबाट नै निषेध गरेर जाने प्रचलन नेपाली राजनीतिमा बनमारा झार झैं जताततै मौलाएको पाइन्छ । पछिल्लो समय यस्तै स्कूलिङमा हुर्के बढेको पुस्ता सत्तासनि भैरहेको अवस्था छ । यहि पुस्ताले नेपाली समाजमा बेलगाम बोली, ठाँटछलको राजनीतिक चरित्रलाई खुबै मलजल गरिरहेको छ । पिण्डखाने भैसकेका केहि भूमिगत कालदेखिका समाजमा भ्रम छरेर यहाँसम्म पुगेका नेताहरूमा त झन यो चरित्र नहुने कुरै भएन । आज यहि पुस्ता सत्तामा छ र यसको बोली बेलगाम र झन भन्दा झन छुद्र बन्दै गैरहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको दोस्रो महासचिव र वामपन्थी आन्दोलनका संस्थापकहरू मध्ये एक नेता केशरजंग रायमाझीले राजा महेन्द्रको विक्रम संवत २०१७ सालको कदमलाई ‘प्रगतिशील कदम’ भनेका कारण तत्कालिन वामपन्थीहरूले रायमाझीलाई दरभङ्गामा बैठक गरेर ‘गद्दार’ को मात्रै संज्ञा दिएनन् आजसम्म पनि उनकै नामबाट कम्यूनिष्टहरूमा ‘रायमाझी प्रवृति’ को भाष्य नै बनाइएको छ । आफ्नो बिरोधलाई रायमाझी प्रवृति भन्नेहरूले पछिल्लो चरण ‘आलोक प्रवृति’ को भाष्य पनि बनाए । पार्टीभित्र गुट र गुटनायकहरूको निर्माण गर्ने र त्यसभित्र अर्को गुटलाई निषेध गर्ने, छुद्र ब्यवहार गर्ने, अहंकार देखाउने, किनारा लगाउने जस्ता कुराहरू सामान्य अनविार्य काम जस्तै बनाइए । यसको असर तिनिहरू सत्तामा जाँदा राज्य संयन्त्रभित्र, शिक्षक कर्मचारीभित्र, विद्यार्थी भित्र र समाजमा समेत पर्न थाल्यो । राजनीतिले समाज विकास यस्तै भाष्य र आर्दशबाट गर्न थालेपछि २०४७ सालतिर पानी बाराबार, विहेवारी बाराबार र पछिल्लो समय समाजिक राजनैतिक जातिय क्षेत्रिय कित्ताकाटको चरमोत्कर्षमा समाजलाई पुर्याइयो ।

नेपाली राजनीतिक सत्ताको अहंकार र बेलगाम बोलीका सर्वमान्य पात्र ओली र प्रचण्ड हुन् । माधव नेपालबाट सत्ता लिएपछि ओलीमा अहंकारको डुङ्गुर बढेको हो भने वैद्यबाबुरामहरूलाई किनारा लगाएर प्रचण्डको अहंकार चुलिएको हो । यसैले यिनिहरूमा न बोलीको कुनै ठेगान छ न विश्वसनियता नै छ । केहि सण्डमुण्ड र साइबर स्यालहरूको डफ्फा पालिएका छन् । ठेक्कापट्टा कमिशन मिलाइ दिएर मौसमी भजनेहरू पालिएका छन् । नियुक्ति कनेक्शन मिलाएर मञ्च चढाइएका केहि बुद्धिजिविहरू पालिएका छन् । यस्तै यस्तैका बलमा पार्टीभित्र महागुटको नेता र सत्ता मझेरीको निर्णायकत्व लिएर चौपाल जमाएकाहरूको अहंकार र निषेधको पाराकाष्ठा नै चलिरहेको छ ।

भनिन्छ लोकतन्त्रमा सबैको जीत हुन्छ । चुन्ने चुनिने एउटा विधि र प्रक्रिया हो तर जित्नेवाला जित्नेहार्ने सबैको पनि साझा हुन्छ । नजितुञ्जेल दलको होला तर जितेपछि उ राज्यको हुन्छ । तर नेपालमा त्यस्तो सम्भवै रहेन । यहाँ त नजितुञ्जेल पार्टीको हुन्छ जितेपछि नितान्त गुटको हुन्छ । राज्यशक्तिको परिभाषा नै त्यहि गुटको नाइकेको मुखबाट निस्किन्छ । सत्ताको अहंकारको मुस्लो पनि सत्तासीन रहेको पदको मर्यादा बिर्सेर बर्सिन्छ । अनि देशमा राजनीति, पार्टी, सत्तासँग चरम निराशा र असन्तुष्टि नबढेर के बढ्छ त ?

झुठ फरेब, गर्न नसकिने कुराहरूको बर्षा, बेतुकी सपनाहरूको पोका वितरण, हरेक घुम्तीमा पुगेर पछिल्लो घुम्तीका जनताको आस्थामाथिको भद्दा मजाक, आफै बोक्सी आफै धामी जस्ता कुराहरू नेपाली लोकतन्त्रका पर्याय नै भएका छन् । आफ्नै मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता प्रति घृणा र बिषवमन गरेर अग्रगमनकारी बन्ने, हत्याहिंसा, जातिय कित्ताकाट, यौनका साहित्य लेखेर प्रगतिशीलबन्ने भाष्य निर्माण भएको छ । जनता मर्दा किन मरे ? कसका कारणले मरे ? त्यो कुरा सत्तालाई चासो हुँदैन । उल्टो ‘दुईचारवटा आँप झर्छन त्यसले कुनै फरक पर्दैन’ भनिन्छ । जनता सडकमा निस्किँदा किन निस्के ? सत्तासँग के चित्त बुझेन र के गर्नुपर्ने भयो भन्ने छैन । जनताको लर्कोलाई ‘माखे साँङ्लो र दशप्रन्ध हजारको जुलुस दिनकै निस्किन्छ’ भनेर जनताको अपमान गरिन्छ । आफ्नो सत्ता शक्तिशाली छ भन्ने देखाउन आफ्ना सण्डमुण्डहरू परिचालित गरेर, जिल्लामा बस पठाएर, ज्याला मासुभात सबैथोक ब्यवस्था गरेर मान्छे जम्मा पारेर कतै कन्र्सट त कतै सभाजुलुसहरू गरिन्छ । राज्यकोषबाट भीड जुटाएर उर्दी लगाएर विदेशीका वीर्यपान गराइन्छ । अनि सत्ताको सुलिमाथि चढेर भनिन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ । खासमा भएको भने ‘समृद्ध नेता, सुखी भाइभारदारहरू’ भएको छ ।

हो लोकतन्त्र उच्चतम् व्यवस्था हो । तर यत्तिकै यो उच्चतमु व्यवस्था हो भन्न सकिन्न । मर्सडिज या रोल्सरोयल कार संसारको हालसम्मको राम्रो गाडी होला भन्दैमा चालक नै नबनेको वा चलाउने सीप नै नभएकोलाई थमाइदिएपछि त्यो संसारको राम्रो गाडीको महत्व र उपादेयताको अर्थ रहला त ? लोकतन्त्र पनि उच्चतम व्यवस्था बन्नलाई लोकतन्त्रमा निर्वाचन विधि के कस्तो छ ? बहुसंख्यक जनताको मताधिकारबाट प्रतिनिधी छानिएको छ छैन । प्रतिनिधी बन्ने मान्छे कति देशभक्त छ ? कत्तिको नैतिकवान छ ? उसको पारिवारिक आर्थिक अवस्था के कस्तो छ ? उसमा शिक्षा, बुद्धि विवेकको अवस्था कस्तो छ ? त्यसको पनि अर्थ हुन्छ होला नि ! कि बोक्रो ठिक छ भन्दैमा सबथोक ठिक हुन्छ र ? भन्लान लोकतन्त्र हो, आवधिक निर्वाचनमा फेर्न सकिन्छ तर त्यो पाँच बर्ष नै देश र जनताको लागि भारी पर्यो भने गर्ने के ? अझ नेपाली लोकतन्त्रमा त झन लोग्ने एउटा जात अनि स्वास्नी अर्को जात, दुबैले दुई दुईतिरबाट कोटा खाने लोकतन्त्र छ । एउटैले पटकपटक जतिसुकै सम्पन्न भएपनि जातकै आधारमा कोटा खाने लोकतन्त्र छ । अनि भन्दैछ यो त ‘मेरो संवैधानिक कानूनी अधिकार हो ।’ यो पनि त उस्को सत्ता अहंकारको बेलगाम बोली हो । गुटका नाइकेहरू बन्दकोठाभित्र मिलिमिल भागलगाउने लोकतन्त्र उन्नत भएको बखान गर्ने भाग नमिले लोकतन्त्र खतरा पुगेको वाक्दै हिँड्नेलाई नेपाली लोकतन्त्र भन्दा हुन्न र ?

लोकतन्त्रमा जनमतको निर्णयकत्व हुनुपर्ने हो तर खोइ त जनमतलाई सम्मान गरेर हिँडेको ? सत्ताको बेलागाम चरित्रमाथि प्रश्न उठाउने जनतालाई निषेध गर्ने, अनाहकमा गोली हान्ने पद्धतिलाई नेपालमा मात्रै लोकतन्त्र भनिन्छ कि अन्यत्र पनि यस्तै हो ? अहंकारको अवसान छिटै हुन्छ । निषेधको बाटोले राज्यलाई भलो गर्दैन, सत्ताको अहंकारको बेलगाम
बोलीले देश चल्दैन । समय छँदै बुझे हुन्छ ।

Previous Post

वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

Next Post

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Next Post
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

    सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

    June 1, 2025
    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    June 1, 2025
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version