For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

सनातनको मौन क्रान्ति

byDainik Nepalgunj
March 28, 2025
in विचार
0 0
0
सनातनको मौन क्रान्ति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गत महिना भारतको प्रयागराजमा सनातनिहरूको महासंगम अर्थात महाकुम्भ मेला डेढ महिनासम्म चलेर सकियो । गैर सनातनिले बिभिन्न अवरोध गर्न खोज्दाखोज्दै र अमुक कुनै राजनीतिक पार्टीको मेला बनाउन बयानबाजी गर्दा पनि महाकुम्भ भव्यताका साथ ६५ करोड बढि आस्थाका डुबुल्कीहरूले सनातन कमजोर छैन भन्ने प्रष्ट सन्देश दिएर महाकुम्भमेला सकियो । यति ठूलो आयोजनामा केहि घटनाहरू भए वा गराइए यसको खासै अर्थ रहन्न तर जसरी यो मेलाले संसारभरिबाट हिन्दु सनातन, वैदिक सनातन धर्म, सँस्कृति, सनातन आस्था माथि योजनाबद्ध तरिकाले जाइ लागेकाहरूलाई सनातन हिन्दूको शक्ति र आस्थाको गोलबन्दी दरबिलो गरि देखाएको छ । सनातन कमजोर छैन, सनातनलाई कुनै फण्डितहरूले लेख्दैमा, बोल्दैमा र राजनीतिक कार्यकर्ता किनेर कथित नीति बनाउँदैमा मास्न र तास्न सकिँदैन भन्ने प्रष्ट सन्देश पनि महाकुम्भको सफलताले दिएको छ । यो मेला र यो जमघट संसारका सबैखाले क्रान्तिहरूमा सबैभन्दा ठूलो क्रान्ति हो । जुन मौन छ तर आफ्नो उपस्थिति भब्य र सभ्य तरिकाले आफ्नो आस्थामा प्रकट गरेर दिएको छ ।

महाकुम्भमा नेपालबाट पनि झण्डै ५० लाख मानिसहरू पुगे भन्ने एउटा अनुमान छ । यो संख्या बढि होला तर कम भने पक्कै छैन । त्यहाँ पुग्नेहरू सबै गैरवामपन्थी र गैरसमाजवादी मात्रै थिएनन् । वामपन्थी समाजवादीहरूको पनि अन्तरआत्मा जागेर सनातनको मौन क्रान्तिमा उठेको थियो । यो अझै तीव्र रूपमा जाग्दै छ जाग्ने छ ।

गाउँघरतिर त हरेक जसो घरबाट मानिसहरू गएको कुरा सुन्दा वर्तमान जनसंख्याको आधा जनसंख्या पो त्यहाँ पुग्यो कि भन्ने पनि लाग्छ । तथ्याङ्क नै खोजेर यति लाख र उति लाख भन्नु भन्दा पनि जेजति नेपालीहरू त्यहाँ पुगे त्यो आफैमा जुनसुकै मेला कार्यक्रममा आजसम्म सनातनी नेपाली गएको वा उपस्थित भएको उपस्थितिको उच्चतम् र अतुलनीय संख्या भने अवश्य हो । यो पनि नेपालीहरूमा जागेको सनातनको मौन क्रान्ति नै हो ।

नेपाल आदिकाल देखि नै सनातनको मूल भूमि रहँदै आएको कुरा सनातनका हरेक साक्ष्यहरूले प्रमाणित गरिसकेका छन् । नेपाल वास्तवमा नै तपोभूमि हो, ध्यान र योग भूमि हो, आध्यात्मको उत्पत्तिको भूमि हो । आजपनि वास्तविक सनातनीले नेपालको माटोमात्रलाई पनि पवित्र मानेर ढोग्न पाउने अभिलाशा राखेको हुन्छ । तर ‘नजिकको तिर्थ हेला’ भने झैं हामी नेपालीहरूले नै आफ्नो अस्तित्व बुझ्न नसकेको पनि तितो यर्थाथ हो ।

भौतिक दुनिँयामा धन दौलत पैसा र पावरलाई सर्वोपरि मानियो । पूँजिको दास बनाउने वादलाई मान्ने वामपन्थी समाजवादीहरूले नेपालको पवित्र माटोलाई सनातन बिरुद्धमा लगानी गरिरहेकाहरूको प्रायोजनमा अपवित्र बनाउने प्रयास गरे र आजपर्यन्त गरि नै रहेका छन् । सनातनका हरेक हाँगाबिँगाहरू यिनिहरूले काट्नसम्म काटे । हाम्रो सनातन सँस्कृति माथि जाइ लागेर नयाँ पुस्तालाई सनातन निरपेक्ष बनाउन दलगत, नीतिगत र राज्यकोषिय हिसाबले पनि फण्डिङ गरिरहे । यसो गर्दै गर्दा सनातन शक्ति केहि समय रक्षात्मक हुन पुग्यो । सनातनको शक्ति रक्षात्मक भएकोलाई उनीहरूले कमजोर भएको र सक्किन लागेको आँकलन गरे । तर सनातन मासिने कुरा वामपन्थी समाजवादीहरूको दिवा सपना मात्रै थियो । सनातनले आफ्नो शक्ति मौन क्रान्ति मार्फत दिइरहेको छ र यो अझ मजुबत हुँदै गएको छ ।

चीनमा पनि त्यहाँको धर्म सँस्कृति मास्न परिचालित गरिएकाहरूले माओकी कान्छी स्वानी मार्फत प्रवेश गरेर साँस्कृतिक क्रान्तिको नाउँमा जे जसरी त्यहाँको मूलकुल धर्म सँस्कृतिलाई मास्ने काम गरे त्यसले चीनको सभ्यतामा स्खलन ल्यायो । प्रायोजित गर्नेहरूले चिनमा झण्डै आफ्नो मनसाय पुरा गर्न खोज्दै गर्दा चीनले अरूको योजनामा फँसेको बुझेर आफ्नै धरातलतिर आफ्नै मुलकुल धर्मसँस्कृति र आफ्नै जरोकिलोतिर फक्र्यो । जसका कारण चीन आजको चीन बन्न सकेको छ । तर नेपालका वामपन्थी समाजवादीहरू भने आफ्नै अस्मिता मास्ने अभियानमा गर्व गरेर छाती पिटेर थाकिरहेका छैनन् ।

आजपनि संसदको रोष्टममा उभिएर सनातन पक्षहरूका टाउका काट्ने कुरा हुन्छ । रिपोर्टर क्लबहरूमा पुगेर सनातन सकिएका अलापहरू ह्ुन्छन् । सनातन जाग्दा वामपन्थी समाजवादीहरूले खुलेआम टाउका काट्ने धम्की दिन्छन् । सनातनको रक्षाका कुरा गर्नेहरूलाई प्रतिक्रियावादी, पुरातनवादी आदि इत्यादी भनेर अलाप गरिँदै छ । जनताका टाउको काट्नु, नाबालकहरूलाई अपहरण गरेर धम्क्याएर बमबारुद बोकाउनु, मन्दिर गुठी देखि व्यक्तिका सम्पत्ति कब्जा गर्नु, विचार नमिलेकालाई सफाया गर्नु, जातियता र क्षेत्रियताको कित्ताकाट गराएर जनता लडाउनु मराउनु एकआपसमा घृणाको वातावरण बनाउनु, आफ्नै देशको धार्मिक साँस्कृतिक, भाषिक र सभ्यतागत अस्मितालाई तिरष्कार गर्न सिकाउनु जस्ता कार्यलाई मात्रै प्रगतिशील अग्रगमन र क्रान्ति भन्ने गरेका छन् । धिक्कार छ त्यस्तो प्रगतिशिलतालाई । नेपालसँग कहिल्यै कुनै साइनोसम्म पनि नभएको र हुन आवश्यक पनि नभएका मरेका माक्र्स, हेगेल, लेनिन, माओ र स्टालिनका फोटाहरू आफ्ना कार्यालयमा, पार्टी नाम झण्डा डकुमेन्टहरूमा राखेर आफुलाई सच्चा देशभक्त, नेपाल रक्षक भन्ने पाखण्डीहरू नै नेपाली मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकताका महाबिरोधी तत्वको रूपमा आजसम्म देखिएका छन् ।

नेपाली माटोमा जन्मेर, यहिँको हावापानीबाट सिँचित भएर, यहि माटोमा जन्मे हुर्केको पल्लवित भएको धर्म सँस्कृति भाषा सभ्यताले दिएको रगत नशा नशामा बोकेर यसैमाथि जाइलाग्दा र यसैको सत्तोसराप गर्दा यी दलालहरूलाई निद्रा कसरी लाग्छ कुन्नी ?

सनातनले कहिल्यै पनि आफु इतरलाई बाँच्न नपाउने विचार सिकाएन । अरूको सफाया गरेर आफ्नो धर्म फैलाउन जाइ लाग्न सिकाएन । कसैको सँस्कृति र पृथ्बीको प्रकृति मासेर उन्मत्त हुन सिकाएन । जन्मँदैबाट घाँटी रेट्न, म र मेरो मात्रै मान्नुपर्ने अरू सबै बेकम्मा भन्ने भावना समेत ल्याउन दिएन यस्तो सनातनको शत्रु आज सनातनकै कोखमा हुर्केको देख्दा सनातनमा वास्तविक आस्था राख्नेहरूले मौन बस्न पर्ने ? यिनीहरूसँग थुरुर भएर काँप्न पर्ने हो र ? आफ्नो पूर्खाको ज्ञानसीप, कुलधर्म मान्दा पश्चगमनकारी, प्रतिक्रियावादी भैइन्छ भने त्यहि नै सहि विदेशीको लास र दास बनेको अग्रगमनलाई धिक्कार छ ।

एक हातमा शास्त्र र अर्कोमा अस्त्र लिएर सनातनले आफ्नो रक्षा गर्दै आएको हो । यो समय भनेको अहिले शास्त्रको विचारको, सम्यमताको मौन क्रान्ति हो । झिँगाको सरापले डिँगा मर्दैन भने झैं विदेशी वाद र प्रतिमानका दास र लासहरूले मास्न खोजेर सनातन मासिँदैन । न त कसैले घाँटी काट्ने धम्की दिँदैमा खुम्चिन्छ । जतिजति सनातन बिरोधिहरूको अत्याचार बढ्दै जान्छ उती नै सनातनको मौन क्रान्ति बलियो हुँदै जान्छ यो कुरा वामपन्थी समाजवादी भन्नेहरूले प्रष्टसँग बुझे हुन्छ । सनातनको कोखमा पालिएका बिषालु सर्पहरूले पनि बुझे हुन्छ ।

शक्तिको नियम नै हो जस्तो र जति शक्तिशाली क्रिया हुन्छ त्यस्तै प्रतिक्रिया पनि हुन्छ । दमनले उग्रता जन्माउँछ । कसैलाई मास्न खोज्दा उ पनि हातमा दही जमाएर बस्दैन । प्रतिक्रियाको रूप फरक होला तर अवश्य हुन्छ । यो भौतिकवादी, नास्तिकवादी वामपन्थी समाजवादीहरूले पनि नबुझेका होइनन् बुझ्पचाएका मात्रै हुन् । इसाइ मुसाइ, होलीवाइन, जोर्ज सोरेस र यूरो अमेरिकन फण्डिङ्मा उफ्रेकाहरूको दासताको अलाप मात्रै हो ।

विगतका दिनहरूमा सनातनको मौन क्रान्ति नेपालमा पनि दर्बिलो बन्दै गएको छ । यसमा अझै निखार आउन जरुरी छ । टुटेको सनातनको कडीलाई राम्रोसँग जोड्नुछ । युवापुस्तामा जागरण त आएको छ तर अझै पुगेको छैन । अब मठमन्दिर र यिनका सम्पत्तिमा लगाइएको करको प्रतिवाद गर्नुपर्छ । पूर्खाको ज्ञानको धारा हरेकले आफ्ना सन्तानमा छर्न जरुरी छ । हाम्रा पाठ्क्रम पाठ्पुस्तकहरूमा नेपालको मुलकुल धर्म सँस्कृति यहाँको इतिहास र सभ्यता पढाउनु छ । आफ्नो भाषासँस्कृति प्रति गर्वगर्न सिकाउनु छ । अँग्रेजी प्रतिको मोह र प्राथमिक तह देखि नै आफ्नो भाषा सँस्कृति प्रतिको उपेक्षा गर्ने÷गराउने शिक्षाको प्रतिवाद गर्नु छ । आफुलाई हिन्दू र सनातनी भन्दै माक्र्स लेनिन स्टालिन माओका फोटो र कम्यूनिष्ट मेनुफेस्टोलाई सिरानीमा राखेर सुत्नेहरूलाई हाम्रा पवित्र हिमनदिहरूको जल र सभ्यता छरेर बिउँझाउनु छ । नेपालभरि नै हरेक दिन सनातनको कुम्भ लगाउनु छ । नेपालीको मानव देखि पशुपंक्षी, बोटबिरुवा आदिको नश्ल परिवर्तन वा विनाशमा भैरहेको नीतिको प्रतिवाद गर्नुछ । रोकिएको नेपाली ज्ञान परम्पराको पुस्ता हस्तान्तरणलाई हस्तान्तरण गर्ने÷गराउने बाटोमा लैजानुछ । यहि नै सनातनको मौन क्रान्ति हो ।

देशविदेश जहाँसुकै भएपनि हरेक नेपालीले सनातनको मूलभूमि नेपाललाई सिँगार्न, यहाँका सन्तति र नेपाली जातिको भूर्ण रक्षा गर्न सबैले आ आफ्नो ठाउँमा तन मन धन बचन र कर्मले लाग्न जरुरी छ । यहि मौन क्रान्तिबाट मात्रै नोपल र नेपालीको अस्मिताको रक्षा हुनेछ । नेपालको जय हुनेछ ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

Next Post

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version