व्यापार व्यवसायको क्षेत्रमा अग्रणी नेपालगन्जकी महिला नेतृ ताराकुमारी खत्री रोकायाले आफ्नो दोस्रो कृति ‘शुक्लाम्बरा’ उपन्यास विमोचन गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति र पूर्णतारा फाउन्डेसनद्वारा बिहिवार आयोजित कार्यक्रममा उपन्यास विमोचित भएको हो ।
१८ औंँ गणतन्त्र दिवसका उपलक्ष्यमा भएको विमोचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कथाकार सनत रेग्मीले “शुक्लाम्बरा”को विमोचन गरे ।
विमोचित कृतिका विषयमा सुमित्रा न्यौपाने र इश्वरी रिजालले आफ्ना दृष्टिकोण राखेका थिए ।
कार्यक्रममा चार जना स्रष्टाहरू सम्मानित भएका छन् । सम्मानित हुनुहुनेहरूमा साहित्यकार लेक प्रसाद प्याकुरेल, भारतीय सांस्कृतिक सहयोग एवं मैत्री सङ्घका अध्यक्ष शारिक रब्बानी(भारत), रुबरू फाउन्डेसनका अध्यक्ष इर्शाद राही(भारत) र सारा आकाश फाउन्डेसनकी अध्यक्ष वीणा वादिनी चौबे छन् ।
प्रमुख अतिथि रेग्मीले बाँकेमा पछिल्ला दिनहरूमा महिला साहित्यकार थपिदै गएकोमा आफू निकै खुशी भएको बताए ।
त्यस्तै अर्का अतिथि, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेले भारतीय श्रष्टा साहित्यकारहरूका कुनै देश विशेषका नहुने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले बाँकेको साहित्यिक इतिहासमा एउटा इट्टा थपिएको बताए।
भेरी साहित्य समाज, केन्द्रीय समिति सल्लाहकार, पूर्व अध्यक्ष डा. हरि तिमिल्सिनाले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए । उनले चारैतिरबाट गणतन्त्र माथि आक्रमण भैरहेको बेला १८ औँ गणतन्त्र दिवसको दिन पारेर १८ वटा विद्धुतिय बत्ती बालेर उपन्यास विमोचन गर्नु निकै सह्रानिय भएको बताए ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डेले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताए । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए । उपन्यासकार रोकायले २०५२ सालदेखि आफूले भोगेका सबै इतिवृत्तान्त उपन्यासमा उतार्न सफल भएको बताइन् ।
भारतीय साहित्यकार शारिक रब्बानी , वीणा वादिनी चौबे , इशाद राई, नेपाली कार्यक्रममा साहित्यकार सुन्दर गुरुङ, डक्ट प्रसाद धिताल, पार्वती पुन, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन समाजका पूर्व महासचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।