भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार विरुद्ध भ्रम फैलाउने प्रयास भैरहेको बताएका छन् । मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनका लागि सञ्चालनमा ल्याइएको सचिवालय उद्घाटन गर्दै मन्त्री अधिकारीले लोकतान्त्रिक गणतन्त्र मननपराउने तत्व सल्बलाइरहेको बताएका थिए ।
मन्त्री अधिकारीले गणतन्त्र विरोधीहरूले मौकाको फाइदा लिने कोशिश गरिरहेको बताएका थिए । ‘गणतन्त्र विरोधी मौकाको फाइदा लिने कोशिश पनि गरिरहेका छन्’, उनले भने, ‘तिनलाई खबरदारी गरेर लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नेपाल सरकारले अगाडि सारेका लक्ष्य र उद्देश्य पूरा गर्नुपर्छ ।
‘नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीले अघि सार्नु भएको र अहिले सबै पार्टीले स्वीकार गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई सकार पार्ने, विभिन्न छद्मभेदीलाई परास्त गर्दै हामी भावनात्मक रूपमा एकता कायम गरेर अगाडि बढौं र हामीले बनाएका लक्ष्य र उद्देश्य पुरा गरौं’, मन्त्री अधिकारीले भने ।
मन्त्री अधिकारीले नेकपा एमाले सरकारमा हुँदा केही काम हुन्छ भन्ने सन्देश देशव्यापी रूपमा गएको उल्लेख गर्दै त्यसबाट प्रताडित भएर भ्रमित बनाएर विभिन्न खाले भ्रम फिजाएर नेकपा एमालेलाई कतै कमजोर बनाउन सकिन्छ भनेर एउटा तत्व लागिरहेको बताएका थिए । मन्त्री अधिकारीले जनताका समस्या सम्बोधनका लागि सरकारले आवश्यक ऐन, नि यम, कानुन बनाइरहेको बताएका छन् । ‘जनताका समस्या सम्बोधनका लागि अझै पनि ऐन, नियम कानुन बनाउन बाँकी छ’, उनले भने, ‘जसले जनताका समस्या हाल होस् ।’ मन्त्री अधिकारीले भने, ‘अहिले सम्मानिय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा क्याबिनेट छ, जसले नयाँ कानुनहरू बनाउने, छिटोछरितो तरिकाले जाने, त्यसले कानुन संशोधन गर्ने केही नयाँ बनाएका छौं ।’
मन्त्री अधिकारीले बाँकेमा भूमिहिनलाई लालपुर्जा वितरणको काम पनि आगामी महिना सुरु गर्ने रहेको बताएका । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा नभएर भवन बनाउन पाइएन, बजेट फ्रिज हुन्छ भन्ने समस्या समेत यथाशक्य छिटो सम्बोधन गर्ने प्रयास भैरहेको छ । ‘इत्तेहाद संगठनको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आउँदा लालपुर्जा वितरण र विश्वविद्यालयको जग्गाको समस्या समाधान गरेर एउटा सन्देश दिने लक्ष्य लिएका छौं ।’