जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने सेवाहरूबारे सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
सार्वजनिक बिदाका दिनपनि नागरिकता सम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गरिने जनाएको हो ।
‘सरकारको निर्देशन अनुसार देशैभरी जिल्ला प्रशासन कार्यालय र जनसरोकारका कतिपय कार्यालयहरूलाई यसखालको सेवा प्रवाहको अनिवार्य छ’, बाँकेका प्रजिअ धर्मराज जोशीले दैनिक नेपालगन्जसँग भने, ‘बाँकेमा पनि त्यसखालको सेवा प्रवाह भए, नभएको अनुगमन निरीक्षण गरिनेछ ।’