केही समय हराए जस्तो भए पनि जयेन्दु बालसुधार गृहमा रहेका बालकहरूमा बारम्वार छाला रोगको समस्या देखिने गरेको छ ।
हाल पनि झण्डै आधार जसो बालकहरूमा छाला रोगको समस्या रहेको पाइएको अनुगमनमा पुगेका एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
अनुगमनको क्रममा सुधार गृहमा रहेका मध्ये आधा जसोमा छाला सम्बन्धी लुतोदादको समस्या रहेका पाइएको गौतमले बताए । खराव पानी, बालकहरू कोचाकोचको स्थिति बस्ने र सरसफाईको लगायतका कारण सुधार गृहमा छाला रोग संक्रमण भईरहने चिकित्कहरू बताउँछन् ।
भेरी अस्पतालबाट प्रत्येक महिलाको दोश्रो हप्ताको शुक्रवार चेक जाँचका लागि बालसुधार गृहमा जाने गरेता पनि औषधी नदिने गरेको बालकहरूको गुनासो छ ।