नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
by
Dainik Nepalgunj
May 24, 2026
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
by
Dainik Nepalgunj
May 24, 2026
उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश
by
Dainik Nepalgunj
May 24, 2026
ह्वाइट हाउस नजिक गोलीकाण्ड
by
Dainik Nepalgunj
May 24, 2026
लुम्बिनी प्रदेशसभा बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची
by
Dainik Nepalgunj
May 24, 2026