सुर्खेतमा किसानलाई परिचयपत्र वितरण

सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताए । उनले किसान वर्गीकरणसहितको परिचयपत्र वितरणको शुभारम्भ कार्यक्रमका सुरुवात गरेका थिए ।

शर्माले किसान  अम्बरबहादुर थापालाई  परिचयपत्र वितरण गरी औपचारिक रूपमा शुभारम्भ गर्दै वर्गीकरणसहितको किसान परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताए । लेकवेशीको वडा नम्बर १ न लेखफर्साबाट वर्गीकरणसहितको किसान परिचय वितरणको पहिलो चरणमा ३० जना किसानलाई परिचयपत्र वितरण गरिएको लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलले बताए ।

Exit mobile version