नेपालगन्ज स्थित पाँच तारे होटल सोल्टी बेष्टेन्ड प्रिमियरले आफ्नो स्थापनाको छैठौं बार्षिकोत्सव बुधबार आयोजना गरेको छ । पहिलो पटक आन्तरिक रूपमा कर्मचारी र व्यवस्थापन बीच आयोजना गरिएको बार्षिकोत्सवमा सोल्टी बेष्टेन्डका महाप्रबन्धक राज बिक्रम शाहले कर्मचारीहरूको वृत्ति र व्यक्तित्व विकासमा संस्थाले खेलेको भूमिका बारे चर्चा गरे ।
महाप्रबन्धक शाहका अनुसार, स्थापनाको ६ बर्षमा सोल्टीले ६० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्जमा आतिथ्य प्रदान गरेको छ । ‘होटलले बर्षेनी आफ्नो कारोबारलाई १५ प्रतिशत भन्दा माथि वृद्धि गरिरहेको छ’, कर्मचारीहरूलाई बोनस खुवाउन सफल हुँदा उत्साहित महाप्रबन्धक शाहले दैनिक नेपालगन्जसँग भने, ‘बर्षेनी ६ प्रतिशतसम्म गेष्ट आउने क्रम पनि बढिरहेको छ ।’ उनका अनुसार, आन्तरिक पर्यटक तथा भारतीयसँगै अमेरिका, जापान, चीन, युरोप, अष्टे«लिया, क्यानडाका पर्यटकहरूको संख्या उल्लेख्य छ ।
१ सय २० जनालाई नियमित रोजागरी प्रदान गरिरहेको सोल्टीले बुधबार छैठौं बार्षिकोत्सवलाई कर्मचारीहरूको आन्तरिक क्षमता उजागर गर्ने, सिर्जनशीलता प्रस्तुत गर्ने र नेतृत्व वि कासको आन्तरिक प्रशिक्षणका रूपमा प्रस्तुत गरेको छ । होटलका एचआर तथा एडमिन प्रमुख खम्ब जंग शाहले सहजीकरण गरेको बार्षिकोत्सवमा रमेश केसी, प्रशान्त कर्ण, भाष्कर विके, आकाश कुँवर, हृदयजंग शाही, आन्तरिक आकृति धामी लगायतका विभागीय प्रमुखहरूले आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए ।
आन्तरिक रूपमा मतदानबाटै बार्षिक उत्कृष्ट कर्मचारी छनोटदेखि मासिक उत्कृष्ट कर्मचारीहरू घोषणासम्म गरिएको बार्षिकोत्सवमा कर्मचारीहरू आफैले विभिन्न सिर्जनशील प्रतिभाहरू प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।
सन् २०१९ अप्रिल १६ का दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेपछि सेवा सुरु गरेको सोल्टीले नेपालगन्जको बाटो देशभर आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रवाह मार्फत योगदान गरिरहेको जनाएको छ ।
बार्षिकोत्सवमा महाप्रबन्धक राजविक्रम शाह, एचआर प्रमुख खम्बजंग शाह, प्रशान्त कर्ण लगायत विभागीय प्रमुखहरू सहित कर्मचारीहरू बीच ‘केक सेरेमोनी’ पनि गरिएको आइटी हेड आकाश कुँवरले जानकारी दिए । ‘गेष्टहरूका लागि भव्य न्यू इयर सेलिब्रेसन सहित ३१ गते गरियो’, महाप्रबन्धक शाहले बार्षिकोत्सवबारे भने, ‘वास्तवमा सधै काममा रमाउने कर्मचारीहरूको हकमा यो बार्षिकोत्सवसँगै हाम्रो न्यू इयर सेलिबे्रसन पनि हो ।’ कर्मचारीहरू नाच, गान मात्रै नभएर विभिन्न ज्ञानमूलक प्रश्नोत्तरमा समेत सहभागी भएका थिए । ‘यसले कर्मचारीहरूको मनोबल सँगै संस्थाप्रतिको अपनत्वको पनि बढाउँछ भन्ने हाम्रो विश्वास हो’, सय बढी कर्मचारी एकढिक्का भएर नाचगानमा रमाइरहेको देखाउँदै महाप्रबन्धक शाहले भने, ‘नियमित कामका बीच बनभोज, होली उत्सव, दशैं लगायतका पर्व उत्सवमा पनि यसरी नै कर्मचारीहरूलाई सहभागी गराएर मोटिभेसन गर्ने गरेका छौं ।’