बुधबार राति आएको हावाहुरी सहितको वर्षाका कारण विद्युत पोलहरूमा क्षति पुगेको छ। बुधबार रातिदेखि अनियमित भएको नेपालगञ्जको विद्युत बिहिबार सम्म पनि सुचारु हुन सकेको छैन।
पोलमा क्षति पुग्दा विद्युत सेवा अवरुद्ध भएको हो ।
खराब मौसमका कारण 33kv को पोल /टावरहरुमा असर पर्न गएकोले नेपालगन्ज लगायतका विभिन्न स्थानहरुमा हाम्रा बिधुत सेवाहरु प्रभावित हुन गएको नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले जानकारी दिएको छ
सेवा प्रवाहमा असर पुग्न नदिन हर संभव प्रयास पनि जारी रहेको वितरण केन्द्रले जानकारी दिएको छ।