For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

हिउँदे वर्षात नहुनु चिन्ताको विषय

byDainik Nepalgunj
April 10, 2025
in विचार
0 0
0
हिउँदे वर्षात नहुनु चिन्ताको विषय
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालजस्तो जङ्गल प्राकृतिले भरिपुर्ण देश हिमचुलीले ढाकेको मुलुकमा हिउँदे वर्षा नहुनु गम्भीर चिन्ताको विषय भएको छ। प्रत्येक बर्ष सधै हिउँदमा हप्तौं पानी पर्ने गथ्र्यो तर यो मौसम तथा जलबायु परिवर्तनका कारण यो बर्ष हिउदे बर्सात हुनै सकेन । यो बेला पानी परेको भए जमिन भिज्थ्यो र पानीका श्रोतहरू सुक्दै गएका छ्न।विशेष गरी पुस र माघ महिनामा पर्ने हिउँदे वर्षा कृषि उत्पादनमा जीवनदायिनी भूमिका खेल्ने गर्दछ। यो समयलाई कृषकहरूले गहुँ, तोरी, मसुरो, जौ, केराउ जस्ता बालीहरूको लागि उपयुक्त मौसमको रूपमा मानिन्छ तर पछिल्ला केही वर्षहरूमा हिउँदे वर्षा घट्दै गएको वा पूर्ण रूपमा नपरेको देखिन्छ । यसले हाम्रो कृषि प्रणालीलाई मात्र होइन, समग्र वातावरण, जीवजन्तु, स्वास्थ्य, समाज र अर्थतन्त्रसम्म असर पार्न थालेको छ। एकातिर जलवायु परिवर्तनको प्रभाव प्रत्यक्षरूपमा अनुभूत भइरहेको छ भने अर्कातिर हाम्रो चेतनाको अभाव, वातावरणप्रति बेवास्ता, जंगलको विनाश र जल स्रोतहरू जस्तै सिमसार, कुवा, मुल ढुङ्गे धाराहरू को संरक्षण नहुनु पनि कारण बन्न पुगेका छ ।

हिउँदे वर्षा नहुनुको प्रत्यक्ष असर जमिनमा देखिएको छ। जमिन सुक्खा हुँदा बीउ उम्रीन सक्दैनन्, बोटहरू पहेँलिएका हुन्छन्, बाली सुक्न थाल्छन् । कृषकहरू दिनरात खटिएर गरेको मेहनत खेर जान्छ जसले उनीहरूको जीवनमा निराशा र आर्थिक संकट ल्याउँछ। नेपालका अधिकांश किसान आकासे वर्षा प्रणालीमा आधारित छन् जहाँ सिंचाइका सुविधानै छैनन् । जब हिउँदे वर्षा हुँदैन तब सिंचाइको कुनै विकल्प नहुँदा कृषि संकटको चपेटामा परेको छ फलस्वरूप उत्पादन घट्छ बजारमा खाद्यान्नको अभाव देखिन्छ महँगी बढ्छ । किसान कृषि पेशाबाट सन्तुष्ट नभएर रोजगारीको खोजीमा शहर पलायन हुने गरेका छन् । जसले ग्रामीण अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको छ। यस्ता परिघटनाले देशको समग्र विकासमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । केवल कृषिमा मात्रै होइन हिउँदे वर्षात नहुनु वातावरणमै असन्तुलन ल्याउने खालको खतरा हो। जब जमिन सुक्खा हुन्छ, तब धूलो, धुवाँ र हावाको प्रभाव झन् तीव्र हुन्छ । यसले वायुमण्डल प्रदूषित हुन्छ तापक्रम असामान्य रूपमा बढ्छ र चिसोपनको अभावले जनस्वास्थ्यमा नकारात्मक असर पार्छ । बुढापखा बालबालिका र स्वासप्रश्वासका बिरामीहरू बढी प्रभावित हुन्छन् ।

हिउँदे वर्षाले सामान्यतया आगलागी डढेलो नियन्त्रण गर्न मद्दत गर्छ तर वर्षा नभए जंगलमा आगलागी डढेलोको जोखिम बढ्दै गएको छ । वनस्पति सुक्न थाल्छन् जल
स्रोतहरू जस्तै खोलानाला इनार कुवा सुक्न पुग्छन् । जनावरहरूका लागि आहार र बासस्थान अभाव हुन थाल्छ । मानिसहरूले पिउने पानीको
जोहो गर्न कठिनाइ भोग्न थाल्छन् विशेष गरी ग्रामीण तथा पहाडी क्षेत्रमा यसको प्रभाव अझ बढी देखिन्छ । पानीकै लागि धेरै परसम्म हिँड्नुपर्ने बाध्यता आउँछ जसले गर्दा घरायसी काम गर्ने महिलाहरूको दैनिकीमा धेरै गारो बनाउछ ।

यसरी हेर्दा हिउँदे वर्षातको अभावले सम्पूर्ण पारिस्थितिकी प्रणालीमा असन्तुलन ल्याउँछ। त्यो असन्तुलन सामाजिक क्षेत्रमा समेत प्रत्यक्ष रूपमा देखिन थाल्छ । किसानले आफ्नो आम्दानी गुमाउँछन्, घरको खर्च धान्न सक्दैन । गरिबी, बेरोजगारी, किसान पलायन र मानसिक तनावको वातावरण बन्न पुग्छ । जनजीवन संकटग्रस्त हुँदै जान्छ । किसानको बाली राम्रो भएन भने भोकमरी र कुपोषणको समस्या देखिन थाल्छ। विशेष गरी कृषि, पर्यटन, जल, वन, ऊर्जा जस्ता क्षेत्रमा आधारित अर्थतन्त्र कमजोर हुन थाल्छ । विदेशी पर्यटकहरू हरियो बन नदेखेर निराश हुन्छन्, किन भने बन ड्ढेलोले सुख्खा हुन सक्छ ।

जलवायु परिवर्तन यस समस्याको मुख्य जरो हो । औद्योगिकीकरण, वन विनाश, प्लास्टिकजन्य प्रदूषण, अनियमित निर्माण कार्य र वातावरणप्रतिको उपेक्षाले गर्दा प्राकृतिक चक्र अवरुद्ध हुनेछ । पृथ्वी तताइँदैछ मौसम चक्र गडबड भइरहेको छ ऋतुअनुसारको वर्षा पटक्कै नपर्ने स्थिति आउन थालेको छ। हिउँदे वर्षा हुनु पर्ने समयमा तातो हावा चल्ने सुक्खा हुने र वर्षा नभएको घटना दोहोरिन थालेको छ । यस्ता समस्या केवल प्राकृतिक नभई हाम्रो जीवनशैली, व्यवहार र बाताबरण सङ्ग प्रत्येक्ष गासिएको
विषय हो । वातावरणमैत्री व्यवहारको अभाव, संरक्षणको चेतनाको कमी र जिम्मेवार नागरिकको अभावले गर्दा यस्ता समस्याहरू भयावह बन्दै गएका छन् ।

अब समाधान के हो त ? केवल चिन्ता गरेर समाधान हुने अवस्था छैन। यस समस्याको समाधानका लागि स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाउन निकै आवश्यक छ। सबैभन्दा पहिले त हामीले जल स्रोतको संरक्षण गर्नुपर्छ। वर्षाको पानी संकलन गर्ने उपायहरू अपनाउनु आवश्यक छ । वर्षा हुँदा पानी जम्मा गरेर त्यसलाई कृषि सिंचाइका लागि प्रयोग गर्न सकिने संरचना बनाउनुपर्छ। त्यसैगरी, हरियाली बढाउन वृक्षारोपण गर्नुपर्छ । वन मास्ने होइन, जोगाउने नीति अवलम्बन गर्नुपर्छ । शिक्षा प्रणालीमा वातावरणसम्बन्धी चेतना समावेश गर्नु आवश्यक छ ताकि बालबालिकादेखि वृद्धसम्म वातावरणप्रति उत्तरदायी बनाउनु पर्छ । कृषि प्रणालीमा सुधार ल्याएर जलवायु अनुकूल कृषि प्रविधि अपनाउनुपर्छ । पानीको अभाव र विवेकपूर्ण प्रयोग गर्न बैज्ञानिक तरिकाले नागरिक स्तरबाट वातावरणमैत्री अभ्यासहरू जस्तै प्लास्टिक प्रयोग घटाउने ग्रीन हाउस ग्याँस उत्सर्जन कम गर्ने र नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने चेतना दिनु पर्छ ।

सरकारको पनि महत्वपूर्ण भूमिका रहन्छ । सरकारले दीर्घकालीन पाँच बर्षको योजनामा जलवायु नीति बनाउनुपर्छ, वैज्ञानिक अनुसन्धानमा लगानी गर्नुपर्छ र वातावरणमैत्री विकासका परियोजनाहरू अघि बढाउनुपर्छ । स्थानीय तहले पनि जनसहभागितामूलक वातावरणीय अभियानहरू सञ्चालन गर्नुपर्छ । नागरिक समाज, वातावरणीय संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले हातेमालो गरेर यो संकटको सामना गर्नुपर्छ। हिउँदे वर्षात नभएर सिर्जित समस्या केवल नेपालको मात्रै होइन सम्पूर्ण विश्वको चिन्ताको विषय हो । त्यसैले विश्व समुदायको सहकार्य र सहयोगले पनि जलवायु संकटको समाधान खोज्न सकिन्छ ।

हिउँदे वर्षा नहुनु सामान्य मौसमी उतारचढाव होइन यो जलवायु संकटको गम्भीर संकेत पनि हो । यसको असर प्रत्यक्षरूपमा हाम्रो जीवनशैली, स्वास्थ्य, समाज, अर्थतन्त्र र सम्पूर्ण वातावरणमा देखिँदैछ । यदि हामीले अहिले नै सचेत भएर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरेनौं भने भविष्य अझ भयावह हुने निश्चितै छ । हामीले वातावरणको रक्षा गर्नु भनेको आफ्नै भविष्यको रक्षा गर्नु हो। जल, जमिन, जंगल र जीवन चारवटै ज को संरक्षणका लागि हामी एक भएर जुट्नैपर्छ। हामीले अबदेखि हिउँदे वर्षा नहुनु भन्ने समस्यालाई गम्भीर रूपमा लिएर समाधानको बाटो तय गर्नु नै अहिलेको बास्तबिक आवश्यकता हो ।

Previous Post

वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

Next Post

बढ्यो सुनको मूल्य

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

बढ्यो सुनको मूल्य

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version