संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । “युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,” मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् । जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार (कडा सजाय) गर्ने गरेको छ ।
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त
- Dainik Nepalgunj

- Categories: World
Related Content
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
by
Dainik Nepalgunj
May 14, 2026
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
by
Dainik Nepalgunj
May 13, 2026
पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या
by
Dainik Nepalgunj
May 7, 2026
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
by
Dainik Nepalgunj
May 5, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
by
Dainik Nepalgunj
May 3, 2026