For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्रदेशः दिगो विकास लक्ष्यका सूचकमा उपलब्धि हासिल

byDainik Nepalgunj
June 21, 2024
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले शनिबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासमक्ष पुर्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा यही असार १ गते आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेश स्थापनाको आठ वर्ष पुग्न लाग्दा प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा हासिल भएका मुख्य उपलब्धिलाई औँल्याइएको छ । लुम्बिनी प्रदेश स्थापनाको पहिलो आव २०७५÷७६ मा रु पाँच खर्ब ४० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन चालु आवको अन्त्यसम्म आइपुग्दा रु सात खर्ब ७८ अर्ब हुने अनुमान छ । यस अवधिमा प्रदेशमा प्रतिव्यक्ति आय अमेरिकी डलर ८०३ बाट बढेर ११२६ पुगेको बजेटमा विश्लेषण गरिएको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७५÷७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेको थियो । प्रस्तुत बजेटमा बहुआयामिक गरिबीको दर हाल १८ प्रतिशतमा झरेको, बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत पुगेको बताइएको छ । यस्तै बाल मृत्युदर पाँच वर्षमुनिका प्रतिहजार ४५ रहेकामा हाल ३३ तथा नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको प्रदेशमा उपलब्धि मानिएको छ । यस्तै प्रदेशमा शिक्षा क्षेत्रको उपलब्धिका रूपमा माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । यस अवधिमा प्रदेश ऐनबमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालनमा ल्याइएको बताइएको छ ।

लुम्बिनी प्रदेशमा चार लाख २६ हजार छ सय १४ हेक्टर क्षेत्रफलमा कृषि उत्पादन हुने गरेको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार प्रदेशमा कुल घरपरिवारमध्ये ६७ प्रतिशत मुख्य कृषक पुरुष ६४ दशमलव पाँच प्रतिशत रहेका छन् भने महिला ३५ दशमलव पाँच प्रतिशत छन् । हाल नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत रहेकामा लुम्बिनी प्रदेशमा ५६ दशमलव सात प्रतिशत क्षेत्रफल रहेको पाइएको छ । बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेश माछामासु र दूध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको छ । यस प्रदेशमा २०७५ सालमा सडकको लम्बाइ ११ हजार दुई सय ३३ किमी रहेकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा १५ हजार ७६ पुगेको छ । ३० मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसङ्ख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने एक सय नौमध्ये एक सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको छ । विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको छ । पछिल्ला छ आर्थिक वर्षहरूको बजेट विनियोजन हेर्दा पुँजीगततर्फ विनियोजन भएको बजेट औसतमा ६० प्रतिशतभन्दा बढी रहेको छ भने पुँजीगततर्फ विनियोजित रकम ७० प्रतिशतभन्दा बढी खर्च भएको छ । यसरी हेर्दा बजेट विनियोजन र खर्चमा प्रदेश सरकारले पुँजीगततर्फ प्राथमिकता दिइरहेको देखिन्छ ।

योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै गइरहेको छ भने महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकासलगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको छ । त्यसैगरी केही दिगो विकास लक्ष्यका सूचकहरूमा उपलब्धि हासिल भएका छन् । आव २०८१÷८२ मा सङ्घीयताको सुदृढीकरणसँगै योजनाबद्ध विकासलाई अझै सान्दर्भिक बनाउन अधुरा आयोजना कार्यान्वयनलाई प्राथमिकता दिने, प्रदेश र स्थानीय योजनाबीच सामञ्जस्यता कायम गर्न स्थानीय तहलाई सहजीकरण गर्ने, योजना तर्जुमा तथा कार्यान्वयनमा तहगत सरकारबीच समन्वय र सहकार्य गर्ने, अन्तरसरकार सूचना एवं सञ्जालको निर्माण गर्ने, प्रदेश आयोजना बैंक स्थापना गरी योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्ने, प्रदेश तथ्याङ्क बैंक स्थापना गरी अभिलेखीकरण गर्ने, अन्तरसरकार र अन्तरनिकाय समन्वय प्रभावकारी बनाइनेछ ।

प्रदेश सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा विगतका वर्षमा सरकारले ल्याएका बजेट, तिनका कार्यान्वयनबाट प्रदेशको दिगो विकास लक्ष्य सूचकहरूमा उपलब्धिपूर्ण रहेको प्रस्तुत बजेटमा विश्लेषण गरिएको छ । यसबाट प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा उपलब्धिपूर्ण रहेको, सङ्घीयता कार्यान्वयन र यसको स्थायित्वका आधार तयार भएको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशमा रहेर पत्रकारिताका माध्यमबाट विशेषगरी सामाजिक तथा लैंङ्गिक मुद्दामा पैरवी गर्दै आएकी पत्रकार अमृता अनमोल बजेट वक्तव्यमा समावेश गरिएका अधिकांश सूचकले प्रदेशको अवस्थालाई झल्काएको बताउनुहुन्छ । उहाँले यिनै सूचकका आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर कार्यान्वयनमा लैजाँदा प्रदेशमा सकारात्मक परिणाम आउने बताउनुहुन्छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका अर्थविज्ञ सुरेश गौतमले राष्ट्रिय तथ्याङ्कका आधारमा प्रदेशका अधिकांश सूचकाङ्क सकारात्मक नै देखिएको बताउनुहुन्छ । सरकारले आगामी आव २०८१÷८२ का लागि असार १ गते प्रदेशसभामा कुल रु ३८ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा चालुतर्फ रु ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ रु २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि रु तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् आठ दशमलव ०६ प्रतिशत विनियोजन गरिएको छ ।

Previous Post

आइतबारसम्म देशभर मनसुन फैलिने

Next Post

राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित

Next Post
राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित

राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

March 18, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

March 18, 2026
प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल

प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल

March 18, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य घट्यो

March 18, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version