For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

अवसर गुमाएको प्रचण्ड पात्र

byDainik Nepalgunj
July 12, 2024
in विचार
0 0
0
अवसर गुमाएको प्रचण्ड पात्र
Share on FacebookShare on Twitter

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेर यो व्यवस्थाको इतिहासमा आफ्नो नाम लेखाएका पुष्पकमल दहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । २०६२–६३ को आन्दोलन पछि उनी सत्ताको केन्द्रमा नै रहे । आफ्नै नेतृत्वमा आफ्नो पार्टी कमजोर अवस्था पुर्याएता पनि उनी पछिल्लो नौ बर्ष सत्ताको निर्णायक शक्तिको रुपमा रहे । उनलाई इतिहासले पटकपटक देश र देशबासीको लागि केहि असल गर्ने थुप्रै अवसर दियो । ती अवसरहरु उपयोग गरेको भए उनलाई इसाइ मसीनरीले प्रयोग गरेर वा जानीजानी प्रयोग भएर नेपालको मुलकुल धर्म सँस्कृति मास्न उनले उठाएको बन्दुकको दुरुपयोग गरेको हिसाब नेपाली जनताले बिर्सिन पनि सक्थे । उनले नेपाली राजनीतिमा प्रयोग गरेका नेपाल निरपेक्ष वाद र उपमानहरुलाई माफ गर्न सक्थे । उनी नर्वेजियन र जसुवा प्रोजेक्टको योजनामा जे जसरी फसे वा आफै हामफाले त्यसको पनि नेपाली जनताले परवाह गरेका थिएनन् शायद बिर्सिने पनि थिए होला ।

जनताको मुक्तिको नारा दिएर क्रान्तिको भ्रान्ति नेपाली जनतामा छरेर जे जसरी हिंसक आतातायी आन्दोलन हाँकेर यहाँ पुगेका थिए त्यसलाई ९५ प्रतिशत वामपन्थी समाजवादी जनता भएको देशले डरले वा करले स्वीकार गरेकै थियो । उनीप्रतिको आशाले हो या आवेश र उन्मातमा आएर हो एउटा वर्गको युवाहरु आफ्ना आफन्त कै घाँटी रेट्न तयार भएको घाउमा पनि खाटा बस्दै थियो । एक आदेशमा जस्तोसुकै अपराध गर्न होस् या मर्न र मार्न तयार हुने एउटा शक्ति तयार गरेका प्रचण्ड नेपाली राजनीतिमा झण्डै दुई दशक भन्दा बढि नेपाली राजनीतिको केन्दमा रहे । उनले अत्याधिक मत ल्याएर देशको ठूलो पार्टी हुँदा होस् या पार्टी र आफ्नो इज्जत जोगाउन कहिले काँग्रेस त कहिले एमालेसित टाँसिएर निम्छरो पार्टी बन्दा उनको च्याँखे चलिराखेको थियो । उनको यो कलालाई नेपाली राजनीतिमा कसैले लालू शैली भने त कसैले नितिश शैली पनि भने । आज ती सबैको फल बोकेर प्रचण्ड बाहिरिँदै छन् ।

पेरुको गोञ्जालो, चीनको माओबाट बिहारको लालू र नितिशको तुलनामा झरेका प्रचण्डको हैसियतको यो गिरावट उनको राजनीतिक जिवनमा गुमाएको अवसर हो । कुनैपनि नेता वा शासकको लागि जस्तोसुकै परिस्थितिमा पनि र संसदीय गणितमा यो हैसियतमा आउँदा पनि सत्ताको मझेरी यति ठूलो बार्गेनिनङ पावर रहनु चानचुने त होइन तर यसलाई सहि दिशामा उपयोग गर्नबाट उनी चुकेकै हुन । यति सानो संख्याबल हुँदा पनि उनले जसरी सत्ताको मैदानमा संवैधानिक पदहरु आफ्नो पोल्टामा पार्न सफल भए शायदै नेपालको बहुदलीय राजनीतिको इतिहासमा उनी सबैभन्दा भाग्यमानी नै हुन् । यो भाग्य उनका आफ्ना पुराना गल्ती सच्याउने अवसरहरु थिए । राष्ट्रका लागि केहि सम्झन योग्य काम गर्ने असाध्यै ठूलो र शायद अन्तिम अवसर पनि थियो ।

कास्कीको किसानको छोरो छविलाल देखि नेपाली राजनीतिको प्रचण्ड बन्नेसम्मको उनको यात्राको चरमोत्कर्ष आज संसदमा पेश हुने अविस्वासको प्रस्तावको निक्र्यौल पछि अधोगति लाग्नेछ ।

संसदीय अंक गणितमा प्रचण्ड भन्दा तीन तीन गुणा शक्तिशाली रहेका नेपाली काँग्रेस र एमालेको सत्ता सहकार्यको सहमति पछि प्रचण्डको लागि तत्कालै अर्को कुनै अवसर बाँकी रहेन । उनले यो संसदको निर्वाचन पछि पाएका पदहरुमा राष्ट्रिय सभाको अध्यक्ष बाहेक सबै पदहरु पनि गुमाउने छन् ।
२०६२–०६३ पछिको नेपाली सत्ता राजनीतिमा सधैं सत्ताको केन्द्रमा रहेका प्रचण्डले पहिलो पटक यति रित्तो हुन लागेका छन् । सबैकुरा सामान्य रहेमा इतिहासमा सबैंभन्दा शक्तिशाली पात्रबाट कमजोर र शुन्यताको अवस्थामा प्रचण्ड आजबाट पुग्दैछन् ।

प्रचण्डले शक्तिमा बनिरहन जस्तोसुकै सम्झौता गर्ने, जता पनि बोल्ने बानीलाई उनका कार्यकर्ता र प्रशंसकहरुले उनमा भएको गतिशीलता भने । उनी स्वयंले नै पटकपटक आफु गतिशिल रहेको भने । शक्तिको लागि जस्तो पनि जतापनि लस्किनुलाई नेतामा भएको लचकताको गुण भनेर उनलाई यस्तै यस्तै काम गर्न हौसला मिलिरह्यो जुन आज उनका लागि प्रतिउत्पादक हुन पुगेको छ ।

कुनैबेला प्रचण्डसँग जनताको एक किसिमको आशा थियो । उनको हैकमले पक्कै पनि नेपालमा केहि आशालाग्दा हिम्मतिला निर्णयहरु हुने र त्यसको कार्यान्वयन हुँदा भ्रष्टहरुको मुटुले ठाउँ छोड्ने कुरामा केहि विश्वास थियो । तर उनले आफ्ना पाँच छ हजार लडाकालाई जब ३५ हजार पुर्याएर राज्य ढुकुटीबाट आफ्ना लागि अर्बौ रकम थुपार्ने कामतिर लागेको कुरा छताछुल्ल भयो जनताको उनीप्रतिको रहेको आशामा तुषारापात भयो । त्यसपछि उनका द्धन्दकालिन साथीहरु एक पछि अर्को काण्डहरुमा मुछिएको खुल्दै गयो र सत्ताको मझेरीमा पुगेपछि जसरी खोलानाला कब्जा र पूर्व झण्डा गाडेका जग्गाको दलालीमा उनको पार्टी पङ्तिका नेता कार्यकर्ताहरु लागे त्यहि बिन्दुबाट प्रचण्ड भनेको देश लूट्न, देशको कुलधर्म सँस्कृति नेपाली भाषा सभ्यता र नेपाली मौलिकताको तेजोबध गर्न तयार गरिएको पात्र रहेछ भन्ने जनमानसमा स्थापित हुँदै गयो ।

आज प्रचण्ड भन्ने पात्र एक्लिएको छ । तर उनको मनभित्र कस्तो खिचडी पाखिरहेको छ त्यो अहिल्यै बाहिर आएको छैन । उनले जसरी साढेतीन दशकसम्म पार्टीको नेतृत्व गरेका छन् र पछिल्लो दुई दशकसम्म सत्ताको चास्नीमा डुबेर जनताका जनजजीविकाका कुराहरु बिर्सेका छन् त्यसलाई कसरी बिर्सने छन् त्यो हेर्न केहि समय लाग्छ ।

प्रचण्डले आफ्नो सत्ता राजनीतिको दुई दशकमा थुप्रै गल्तीहरु गरिसकेका छन् । ती गल्तीहरु सच्याउने अवसर उनले गुमाएका छन् । देशलाई ‘अमेरिकी उपनिवेशवाद र भारतीय सम्राज्यवाद’ को काखमा उनले राम्रोसँग बसालेका छन् । उनमा परिवार मोह चुलिएको छ । उनका नातेदारहरुमा पद, पावर र पैसाको उन्मत्तता छ । उनका नजिकका आसेपासेहरुमा कतै न कतै सत्ताको चास्नीका छिँटा बाछिटा परेका छन् । सुखसयल गाडी सवारी बिलासितिा र विदेशी सैरसपाटाको नशाले उन्मत्त भएको प्रचण्ड पात्र र उनका सारथीहरुले आफ्नो वर्तमान चरित्रलाई ढाकछोप गर्न हिजोका अभावका कथाकुथी र धङ्धङी पस्किन र जनतालाई हेप्न भने छोडेका छैनन् । उनका यस्तै साथीहरुको बैसाखीमा उनमा पनि धाक धम्की र घुक्र्याउने बानी यथावत छ । आज सत्ताबाट बाहिरिँदै गर्दा संसदको रोष्टमबाट पनि यस्तै धम्की दिएरै उनी बाहिरिने छन् ।

सत्ता बन्दुको नालबाट जन्मिन्छ भन्ने आर्दशका पात्र प्रचण्ड र उनका आदेश पालकहरु फेरि पनि यहि भाषा र शैलीमा गाउँ गाउँमा पुग्ने प्रयास गर्नसक्छन् ।
कुनै समय थियो प्रचण्डको धम्कीको अर्थ रहन्थ्यो । उनी गएर राजासँग मिलेर काँग्रेस एमालेलाई एक्ल्याउने योजना चल्दा पनि मानिसहरुले त्यसलाई अन्यथा लिँदैनथे । तर आज उनको धम्कीमा त्यो वजन पक्कै हुनेछैन ।

प्रचण्डको विगतको संघर्ष र जनताले गरेको अपेक्षालाई थाँती राखेर मूल्याङ्कन गर्ने हो भने उनी समकालिन राजनीतिका पक्कै पनि चतुर खेलाडीको रुपमा स्थापित पात्र हुन् । यो उनले यस व्यवस्थाभित्र कमाएको ठूलो पूँजी हो । उनमा रहेको हिजोको रापतापले हो या अरु कुनै कारणले उनले पटकपटक आफुलाई भित्तैमा पुर्याउने गरि लागेका केपी ओली र कहिँ कुनैबेला सबैभन्दा बढि शत्रुता रहेको काँग्रेसलाई खेलाएरै आफु केन्द्रमा रहिरहे । यो चतुरतालाई इतिहासले जे जसरी मूल्याङ्कन गर्ला वर्तमानले भने उनको सत्ता कौशलता मानेकोे छ ।

उनी एमालेको समर्थनमा प्रधानमन्त्री हुँदा र फेरि कित्ता परिवर्तन गरेर काँग्रेस सर्मथनमा प्रधानमन्त्री हुँदा उनीसँग अवसरहरु थिए । उनी यतिसारो चतुर खेलाडी हुँदा पनि उनलाई थाह नभएको भन्न मिल्दैन । कित्ता फेर्दै धोका दिँदै, पद नियुक्ति र भ्रष्टाचारमा भागबण्डा गर्दै त्यसैलाई औजार बनाउँदै गरेर उनको सत्ता सधैं टिकिरहन्छ भन्ने उनमा भ्रम मात्रै थियो पनि भन्न मिल्दैन । उनले केहि नयाँ र जनताको जनजीविकाको सवालमा होस् या भ्रष्टाचारमा प्रहार गर्ने कुरामा या सुशासनको आशा जगाउने कुरामा कहिल्यै गम्भीर भएको पाइएन । उनलाई कुरा गर्न, रिबन काट्न, आफ्नालाई नियुक्ति दिन र आफ्नालाई काखी च्यापेर विदेश घुम्नमा जुन उत्सुकता रह्यो त्यसले उनले पाएको अवसरको बाटो नै बन्द गरिदियो ।

हुन त राजनीतिमा असम्भव भन्ने केहि हुँदैन तर पटकपटक पाएको अवसर गुमाइसकेपछि अर्को अवसर आउँदा प्रचण्ड पात्र गलिसकेको हुनेछन् ।
प्रचण्ड आफ्नो वर्तमान शानशौकतको भकारी बचाउनतिर लागे । उनी कतै न कतै अरुको इशारामा चले । आफ्ना ती आदेशपालकहरु प्रति पनि इमान्दार हुन सकेनन् । उनले यो देशमा रहेको राजनीतिक, वैचारिक, आर्थिक, व्यवसायिक, शैक्षिक लगायतका सिण्डिकेटहरुलाई भत्काएर अगाडी बढ्ने आँट गरेनन् । त्यतापट्टि सोच्न पनि भ्याएनन् । यति सोच्थे भने यसपटक मिलेको अन्तिम अवसर उपयोग गर्नुपथ्र्यो । उनी देश र जनता प्रति इमान्दार थिएनन् त्यसैले आफै सिण्डिकेट बनाउनेका नाइके भए ।

उनकै नेतृत्वमा राजनीतिक सिण्डिकेटहरु चले । चलेको छ । देशका हरेक अंङ्मा सिण्डिकेटलाई फलाउने फुलाउने र आफु र आफ्नाको आन बान शान रक्षा गर्ने धन्दामा उनी व्यस्त रहे । उनलाई अहिले देश र जनताको भन्दा पनि आफ्नो र आफन्तको आर्थिक, राजनीतिक सुरक्षाको चिन्ता छ । उनी अहिले यतिसम्म गिरिसकेका छन् कि उनको स्वार्थमा देशपनि बन्धकी राख्न परेपनि उनी पछि हट्दैनन् । एमसीसी, एमसीए र इण्डोप्यासेफिक रणनीतिक साझेदारी जस्ता काम उनका त्यहि स्वार्थ रक्षाका प्रमाणहरु हुन ।

उनको सधैं सत्तासीन बनिरहने दिनको आज ब्रेक थ्रु भैरहेको छ । सत्ताबाट बाहिर रहँदा उनीसँग कतिजना साथ रहन्छन् त्यो पनि देखिँदै जानेछ । प्रचण्डको अवसानसँगै माओवादीको विघटन हुनेमा त शंका छैन तर उनले द्धन्दको नाउँमा रित्याएका घरहरु, द्धन्दका घाउ बोकेर पीडा खेपेकाहरुसँग यसपटक क्षमा माग्ने र केहि भोग्ने केहि छोड्ने गरेनन् भने उनलाई अहिले मिलेको जस्तो अवसर फेरि नमिल्न सक्छ । उनले सरकारी ढुकुटीबाट बाँडेको केहिदिनमा रित्तिने रकमले पीडितका लोभी अभिभावकहरुका घाउ त भरिएलानन् तर जीउ ज्यान गुमाएको, थालथलो गुमाएको पीडा प्रचण्डले अरु कुनैपनि मूल्यमा भर्न सक्दैनन् । गणतन्त्रको दुहाइ दिएर, राजावादी र अन्यत्र ध्यान मोडेर, संविधानको दुहाइ दिएर, केहि पार्टी र नेपाली जनतालाई धाकधम्की दिएर यो व्यवस्थाभित्र उनका सबै कुकर्महरु क्षम्य हुन्छन् भन्ने सपना प्रचण्ड पात्रले पालेका छन् भने त्यो उनको अर्को गलती हुनेछ । यो व्यवस्था उनको बपौती पनि होइन । यो व्यवस्थाभित्र तीतो मिठो पिरो अमिलो मन गराएर हुर्किँदै गरेका पात्रहरु र जनता पनि सधैं प्रचण्डका चण्डमुण्ड बनिरहँदैनन् । यसमा उनले हेक्का राख्नुपर्छ । उनलाई यो व्यवस्थाले आफ्नो कुकर्मको निपटारा गर्ने र यो समाजले स्वीकार गर्ने पात्र बन्ने ठूलो अवसर तीन तीन पटक दिएको हो । तर उनी चुके । प्रचण्डले ठूलो अवसर गुमाएर आज सत्ताबाट बाहिरिँदै छन् । प्रचण्डमा अझैपनि सद्बुद्धि आओस् । शुभकामना !

Previous Post

जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

Next Post

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

Next Post
पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version