For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज

byDainik Nepalgunj
July 13, 2024
in News, मुख्य समाचार
0 0
0
विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले विपद्जन्य घटना प्रतिकार्यका लागि निजी क्षेत्रका विभिन्न तहसंग साझेदारीको योजना कार्यान्वयनमा ल्याएको छ ।

त्यसका लागि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले नेपालगन्जमा रहेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको हो ।

‘सुपरको सञ्चालनपछि नेपालगन्जमा विपद्विरुद्धको प्रतिकार्यमा निकै धेरै र दूरगामी प्रभावका काम भइरहेका छन्,’ नगर प्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘अझै महत्वपूर्ण काम गर्न बाँकीनै छ ।’ उनले नेपालगन्ज विपद् व्यवस्थापनका दृष्टिले पश्चिम नेपालकै हब भएकाले सुपरलाई विस्तारसहित निरन्तरता दिन आवश्यकता बोध गरिएको पनि बताए ।

विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज उप–महानगरपालिकाले संकट समाधानको पूर्वतयारीमा जुटको नगर प्रमुख विष्टको भनाइ छ । ‘त्यसका लागि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघदेखि समुदायस्तरका प्रतिनिधिहरुसमेतलाई विपद् पूर्वतयारीका काममा खट्न प्रशिक्षित र प्रतिबद्ध बनाइएको’ नगर प्रमुख विष्टको भनाइ छ । विष्टले जिल्लाका पत्रकारदेखि व्यापारीसम्मलाई विपद्बारे ‘सेन्सेटाइज’ गरिएको बताए ।

नगर प्रमुख विष्टको भनाइमा नेपालगन्ज उद्योग वाणिज्य संघका विपद् व्यवस्थापन समिति संयोजक टिकामणि उपाध्याय सहमत छन् । ‘सुपरमार्फत नेपालगन्ज उप–महानगरपालिकाले विपद्विरुद्धको प्रतिकार्यमा गरेको सचेतना निकै सकारात्मक छ,’ निजी क्षेत्रलाई समेटेर हिडेका कारण पूर्वतयारीमा सचेतनाका पर्याप्त काम भएको जानकारी दिंदै उपाध्यायले दैनिक नेपालगन्जसँग भने, ‘स–साना लगानीमा प्रविधिको प्रयोगबाट आगलागी लगायतका तमाम विपद्जन्य घटनाबाट जोगिन सक्छौं भन्ने कुराको ज्ञान हासिल भएको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका विपद् व्यवस्थापन समिति संयोजक उपाध्यायले संघ आफैपनि विपद् व्यवस्थापनमा संवेदनशील बन्नुमा सुपरसँग निरन्तरको सहकार्यले भूमिका खेलेको बताउछन् । ‘जिल्ला देखि प्रदेशसम्मका विभिन्न महत्पवूर्ण कार्यक्रममा संघलाई सामेल गराउन थालिएको छ, यसले हामीलाई विपद्विरुद्धको पूर्वतयारीमा झक्झकाउने गरेको छ,’ उपाध्यायले विपद्पछि गरिने आर्थिक सहयोगमात्रै होइन, स्वस्फूर्त पूर्वतयारीमा पनि धेरै काम निजीक्षेत्रले गर्न सक्छ भन्ने बोध भएको औल्याउदै भने ।

सुपरकै पहलमा आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको छ । उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने विश्वास गर्दै नगर प्रमुख विष्टले नयाँ आर्थिक वर्षदेखि यसले गति लिने बताए ।

त्यसका लागि आवश्यक प्रक्रिया अगाडी बढिरहेको राष्ट्रि वीमा कम्पनीका नेपालगन्ज शाखा प्रमुख नविन शर्मा पौडेलले जानकारी दिए । विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको नेपालगन्जले विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घर समेट्ने योजना बनाएको छ ।

जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने योजना अघि बढाएको हो । ‘त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको छ,’ कम्पनीका शाखा प्रमुख पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘सर्भेक्षणबाट प्राप्त कागजपत्र, कित्ता नम्बर लगायतका आवश्यक प्रक्रियामा लाग्ने समयबाहेक अब कार्यान्वयनमा आउन धेरै समय लाग्दैन ।’ उनका अनुसार, स्थानीय सरकारलेनै प्रिमियम तिरिदिएर यति ठुलो संख्यामा घर आवास बीमा गर्न लागेको देशमै नेपालगन्ज उप–महानगरपालिका पहिलो हो ।

त्यसक्रममा उपमहानगरपालिकाले १५ लाख रुपियासम्मको बीमा गरिदिनेछ । त्यसका लागिमात्रै चालु आर्थिकवर्षमा १० लाख रुपिया वजेट विनियोजना गरेको नेपालगन्जले प्रक्रियागत ढिलाईले कार्यान्वयन गर्न सकेन । ‘अब साउनदेखिनै कार्यान्वयनमा आउँछ,’ शुक्रवार साँझ कार्यपालिका बोर्ड बैठकपछि नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

राष्ट्रिय बीमा कम्पनीका शाखा प्रबन्धक पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए । १५ लाख रुपियाको बीमा गर्दा पाँच सय ८४ रुपिया प्रिमियम तिर्नुपर्छ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरिसकिएको हो ।

सुपरले खासगरि नेपालगन्जका वडा नं ३ र ७ मा भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले त्यहाँको पुरानो वस्तीमा घनत्व बढी रहेको जानकारी दिँदै साँघुरा सडक र जीर्ण घरहरु भएकाले त्यहीँबाट सुपरले काम अगाडि बढाएका बताए ।

त्यसका लागि आवश्यक अध्ययन गरी जोखिमपूर्ण घरको पहिचान, खुला ठाउँ तथा दमकल पुग्ने सडकलगायतको जोखिम नक्सांकन गरिएको उप–महानगरपालिकाका पिवपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले जानकारी दिए । उनले नेपालगन्जका साँघुरा गल्लीमा पस्नका लागि मोटरसाइकल दमकल, परम्परागत ताल, कुवा (इनार) को संरक्षण, खुला ठाउँको खोजीलगायतका काम पनि गरिएको बताए ।

बाँकेमा भूकम्प, बाढी, आगलागी, चट्याङ, खडेरी, तातो हावाको लहर (लु) र अत्यधिक चिसोले हुने शीतलहर जस्ता विपद् बारम्बार आइरहन्छन् । ‘त्यसविरुद्धको प्रतिकार्यका लागि निजीक्षेत्रलाई पनि तम्तयार राखिने गरि चारसयबढी भोलेन्टियर तयार गरिएको छ,’ नगर प्रमुख विष्ट भन्छन्, ‘उनीहरुलाई सबै प्रकारका विपदविरुद्ध उद्दार तथा व्यवसाय निरन्तरतासम्मका लागि प्रशिक्षित गरिएको छ ।’

यसका लागि सुपरको जोखिम मापन अध्ययन, प्रविधि तथा ज्ञान हस्तान्तरण नेपालगन्जका लागि महत्वपूर्ण योगदान सावित भइरहेको नगर प्रमुख विष्टको भनाइ छ । ‘यसलाई अझै व्यापक रुपमा विस्तार आवश्यक छ,’ विष्टले पश्चिम नेपालमै हुने हरेक विपदमा नेपालगन्जले उद्दार तथा राहतमा नेतृत्वदायी भूमिका खेल्नुपरेको अवस्था औल्याउँदै भने, ‘अबका पूर्वतयारीमा पनि गम्भीर हुनु आवश्यक छ ।’

Previous Post

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

Next Post

‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

Next Post
‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version