For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विश्व बाघ दिवसः सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

byDainik Nepalgunj
July 29, 2024
in News, मुख्य समाचार
0 0
0
वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति
Share on FacebookShare on Twitter

नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा बयस्क बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो सङ्ख्या एक सय २८ रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

तत्कालीन समयमा नेपालमा एक सय २१ बाघ थिए । सन् २०२२ मा आइपुग्दा यो सङ्ख्या दुई सय ४२ पु¥याउने लक्ष्य लिइएकामा लक्ष्यअनुसारको सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ । यो देशकै लागि सफलता मानिए पनि यसपछिका चुनौतीहरु भने थपिएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले गत आर्थिक वर्षमा निकुञ्जमा आठवटा बाघ मरेका जानकारी दिनुभयो । बाघ मरेको कम थाहा हुने भन्दै उहाँले निकुञ्ज सुरक्षाको क्रममा बढी गस्ती गरिएकाले बाघ धेरै मरेका हुनसक्ने बताउनुभयो । बासस्थानका लागिसमेत बाघहरु एकआपसमा लडेर मृत्यु हुने गरेको तिवारीको भनाइ छ । “यो अवधिमा चारजनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । निकुञ्जभित्र र बाहिर यस्ता घटना हुने गरेका छन् । एक जनाको निकुञ्जभित्रको कोर क्षेत्रमा र अन्यको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो ।

सूचना अधिकारी तिवारीले केही वर्ष अघि गरिएको अध्ययनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक सय ७५ बाघका लागि बासस्थान पुग्ने देखाएको थियो । बासस्थान व्यवस्थापनमा सुधार गरेमा अरु थप बाघ रहन सक्ने देखिएको उहाँको भनाइ छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एकआपसमा जोडिएका छन् । बाघको आहार प्रजाति पर्याप्त नहुँदा शिकारका लागि बाघ बाहिर बस्तीमा प्रवेश गर्ने र घटना हुने गरेको छ । निकुञ्जभित्र र आसपासका क्षेत्रमा बाघ हिंस्रक बनेसँगै नियन्त्रणमा लिएर राख्ने गरिएको छ । निकुञ्जको मुख्यालय कसरा र भरतपुरको देवनगरमा पाँच वटा बाघ खोरमा राखिएको छ । कसरामा तीनवटा छन् भने देवनगरमा दुईवटा छन् ।

सौराहामा खोर मर्मत हुँदै गरेकाले अहिले बाघ नराखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । नियन्त्रणमा लिएर राखिएका बाघको हेरचाहका लागि समेत कठिनाइ हुने गरेको उहाँको भनाइ छ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको बताउनुभयो । बासस्थानको व्यवस्थापन गर्न नसक्दा मानव बस्तीमा बाघ प्रवेश गरेर द्वन्द्व बढाएको उहाँले उल्लेख गर्नुभयो । सरकारले बासस्थान व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गरेर निकुञ्जभित्र आहारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष ढुङ्गानाले बाघको आहारा प्रजाति मानव बस्तीमा आएर बालीनाली खाइदिने र उनीहरुको सिकारका लागि बाघ पनि मानव बस्तीमा आउने गरेको बताउनुभयो । मध्यवर्ती क्षेत्रमा निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत विनियोजन गरेर मेसजाली, कम्पाउन्ड वाल, मध्यवर्तीमा भौतिक पूर्वाधार र संरक्षण शिक्षाका कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा बजेट न्यून आएसँगै थप समस्या भएको उहाँले जानकारी दिनुभयो । सङ्कलन भएको राजस्वको २० प्रतिशतभन्दा तल मध्यवर्तीमा बजेट आएको भन्दै उहाँले यसले थप द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै आहारा प्रजाति बढाउनुपर्नेमा जोड दिनुभयो । निकुञ्जभित्र बासस्थानको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने भन्दै महानिर्देशक डा ढुङ्गानाले सङ्ख्या थपिएसँगै सेञ्चुरी निर्माण गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । विचरण गर्न सक्ने ठूलो खुल्ला खोर (सेञ्चुरी) निर्माण गर्ने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो ।

कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक ढुङ्गानाले बनाउनुभयो । यसबाट अन्य देशहरुमा मित्रता बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ । बाघलाई मानव बस्तीमा आउन नदिने गरी भित्रै व्यवस्थापन गर्ने विषयमा विभागको ध्यान गएको महानिर्देशक ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान, पानीपोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउने योजनामा छौँ ।”

Previous Post

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

Next Post

विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

March 25, 2026
होर्मुज बन्दः विश्व बजारमा दबाब

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

March 25, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा चौध हजार छ सयले बढ्यो

March 25, 2026
निबन्ध प्रतियोगितामा होलिल्याण्डकी छात्रा प्रथम

निबन्ध प्रतियोगितामा होलिल्याण्डकी छात्रा प्रथम

March 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version