For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

वैकल्पिक राजनीतिमा नयाँको भ्रम

byDainik Nepalgunj
August 2, 2024
in विचार
0 0
0
वैकल्पिक राजनीतिमा नयाँको भ्रम
Share on FacebookShare on Twitter

नेपालमा निर्वाचनको बेला आफुलाई नयाँ भन्दै राजनीतिक दल उदाउँछन् । यस्तै गत संघीय निर्वाचनको मुखैमा आफुलाई नयाँ र वैकल्पिक भन्दै रास्वपा भन्ने पार्टी उदायो । रवि लामिछानेले दर्ता गराए । न्यूज २४ मा बोलेरै चर्चा कमाएका टेलिभिजन एङ्ंकर रवि लामिछानेको कार्यक्रमबाट प्रभावित भएका श्रोताहरु र देशका ठूला दलका ठूला नेताहरुबाट दिक्दार भएका व्यक्तिहरुको मनोभावनालाई क्याच गर्न सफल हुँदै लामिछानेको रास्वपा संसदमा चौथो ठूलो दल पनि हुन पुग्यो । दल खोल्दाका बखत नेपाली राजनीति र नेपाली मतदातामा लगभग चुनावी रंङ चढि सकेको थियो । त्यो अवस्थामा जनतासँग कस्ता कस्ता मान्छेहरु यो पार्टीसँग जोडिएका छन् र यो पार्टीले देशका लागि, जनताको जनजीविकाको लागि, नेपालमा बढ्दो राजनीतिक सिण्डिकेटमा फुले फलेको भागबण्डा र भ्रष्टाचारको झाडी सफा गर्नका लागि के कस्तो काम गर्न सक्छ भन्ने बारे त्यति चिन्तन मनन गर्ने अवसर थिएन । जनताको तीन मुख्य दलहरुप्रतिको मोहभंङको भरपूर फाइदा रास्वपाले उठायो ।

रास्वपा आफैमा न कुनै नयाँ थियो न कुनै वैकल्पिक नै भन्ने कुरा उसको स्थापनाको एक बर्षभित्रै जनतासामु छर्लङ्ग भयो । यो पङ्तिकारले रास्वपा गठनको भोलिपल्ट नै भनेको थियो कि रास्वपा भनेको कुनै नयाँ नौलो दल नै होइन । यो त मात्रै माओवादीको अर्को भर्जन हो । अर्थात ‘बी’ माओवादी नै हो भनेर । तर यो कुरालाई कसैले कसरी विश्वास गर्ने ? पङ्तिकार कुनै ठूलो मान पदवी पाएको बिभिन्न दलहरुले पत्याएको हस्ती परेन । काँग्रेस माओवादी एमालेबाट वाक्क भएर स्वाद फेर्न गएका रास्वपाका शुभचिन्तकहरुले केहि गाली गरे बस त्यत्ति हो ।

भनिन्छ नि हुने बिरुवाको चिल्लो पात । अनि दौडिने घोडाको चाल नै बेग्लै हुन्छ । तर रास्वपामा स्थापनाका बखत नै कैफियत थिए । स्थानीय निर्वाचनको परिणामले स्वतन्त्रहरु प्रति जनमतको झुकाव देखाएको बेला नाम नै स्वतन्त्र राखेर पार्टी दर्ता गरेर पहिलो चरणमा नै जनतालाई झुक्याउने र स्वतन्त्र भनेको नै रास्वपा हो भन्ने भ्रम सृजना गर्ने चाहनाले रास्वपाको गठनका पछाडी कुनै न कुनै बदनियत छ भन्ने प्रष्ट भएको थियो । अर्को कुरा रास्वपा स्थापना कुनै पनि राजनीतिक दर्शनको आधारमा स्थापना नै भएको थिएन । राजनीतिको कार्यदिशा नै प्रष्ट नभएको कुनै विचार नभएको दलको स्थापना हुनु नेपाली राजनीतिमा नौलो कुरा मात्रै थिएन निकै शसंकित प्रश्न थियो । रास्वपा लामिछानेहरुले ‘दर्शन वाद कार्यदिशाले नेपालमा के नापेको छ र आजसम्म’ भनेर भन्दै हिँडे । वामपन्थ र समाजवादी दर्शन वादबाट थिचिएको जनताले उन्मुक्तिको बाटो खोजेको बेला उनको कुरामा विश्वास गर्नेहरु देखिनु कुनै नौलो भएन ।

रवि लामिछानेले उनको पार्टीले यति राम्रो पर्दशन गर्छ भन्ने कल्पना गरेका थिएनन् । पार्टी निर्माणको कुनै पूर्व तयारी पनि थिएन । यस्तो पूर्वानुमान नभएकै कारण उनीहरुले स्थानीय निर्वाचन अगावै पार्टी गठन गरेर स्थानीय निर्वाचनमा भाग लिन गएनन् । स्थानीय निर्वाचनमा जनताको रुझानलाई हेरेर स्वतन्त्रहरु, संघीयता प्रतिको बितिष्णालाई हेरेर संघीय निर्वाचनको मुखमा पार्टी दर्ता । यसमा जनताका दुइटा सेन्टिमेन्टलाई आफ्नो पार्टी स्थापित गराउने मुख्य औजार बनाए । पहिलो स्वतन्त्र भन्ने शब्द पार्टी नाममा जोडेर अर्को प्रदेश निर्वाचनमा भाग नलिएर । यसबाट रास्वपाप्रति मतदाताहरुको चासो बढ्यो । रास्वपा भनेको स्वतन्त्रहरुको समुह हो र यसले संघीयता मान्दैन भन्ने भ्रमको जगमा पार्टी खडा गरेर त्यसमा जनताको मुख्यदलहरु प्रतिको वितिष्णाको मसला मोले पछि रास्वपा देशको चौथो ठूलो दल बन्न पुग्यो । यो रवि लामिछाने र उनको एन्टी नेपालिज्म थ्योरीको क्षणिक सफल प्रयोग बन्न पुग्यो ।

रास्वपालाई बी माओवादी भनेकोमा त्यो बेला मित्रहरुले गाली गरे । बैकल्पिक राजनीतिलाई अपमान गरेको भने । तर पङितकारको आँकलन सहि थियो भन्नेकुरा समयले प्रमाणित गरिदियो । यसका कारणहरु थिए । ती अब छताछुल्ल भैसकेका छन् ।
रास्वपाले आफु चौथो दल हुँदा पनि देशको अस्मिता लिलाम हुने एमसीसी जस्तो घातक अमेरिकी योजनामा मौनता मात्रै राखेन एमसीसी नेपालको हितमा रहेको वकालत गरिरह्यो । २०६३ साल मंङ्सिर ५ गते शान्ति सम्झौता हुँदा वालुवाटारको पत्रकार सम्मेलनबाट र त्यस यताका धेरै प्रसंङ्गहरुमा प्रचण्डले जसरी नेपाली सेनालाई बिघटन गनुपर्छ र दशहजारमा झार्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेका थिए त्यो भन्दा पनि एक कदम अगाडी बढेर रास्वपाका उपाध्यक्ष लगायतले नेपाली सेनाको विघटनको कुरा गरे गरिहेका छन् । नेपाली भएर सोच्नु, नेपालको हितमा बोल्नु, नेपाली सार्वभौमसत्ताको बारेमा बोल्नुलाई न्यारो नेशनलिज्म भन्ने र भारतीय डोमिनेन्टलाई वैधानिक रुपमा स्वीकार गर्न आपत्ति हुन नहुने रास्वपाका विज्ञहरुको मनोदशा र नेपाली भाषा सँस्कृति नेपाली सभ्यतालाई गाली गरेर नर्भेजियन र भ्याटिकन योजनालाई बोक्ने माओवादीको कार्यदिशामा तात्विक भिन्नता नै छैन । यी दुबै दल र यिनका मुख्य नेताहरुको आजसम्मको कामकारवाही र मोह नेपाल निरपेक्ष नै रहेको देखिएको छ । यसको अर्थ एमाले काँग्रेस यो मामिलामा निस्कलङकित छन् भन्न खोजेको भने पक्कै होइन ।

नेपाली राजनीतिमा आजसम्म जतिपनि पार्टीहरु उदाएका छन उनीहरु कोहिपनि वैकल्पिक छैनन् । सबै एक अर्काका खानापूर्ति गर्ने परिपूरक मात्रै रहेका देखिएका छन् । सबैको समाजवादप्रति मोह छ । सबैको विदेश सापेक्ष र नेपाल निरपेक्षतामा विश्वास छ । नेपाललाई अविकसित भन्ने, नेपाली मुलकुल धर्म सँस्कृति र सभ्यतालाई पाखण्ड भन्ने सोच व्यवहार छ । यहाँ नयाँ भनिने हुन या वैकल्पिक भनिने सबैका आर्दश आजसम्म नेपाल निर्माता बन्न सकेका छैनन् । नेपालसँग कुनै साइनो नभएको र नेपालको लागि कुनै योगदान नरहेको उहि माक्र्स, लेनिन, माओ, गान्धी लोहियाहरु नै उनीहरुका आर्दश व्यक्ति रहेका छन् । उहि पश्चिमा उदारवाद, भ्याटिकनवाद, जर्ज सोरोसवाद, अमेरिकी सम्म्राज्यवाद, यूरोपियन जुडोइनवाद, भारतीय साँधीढुङ्गो सारवाद, हेपाहा मिचाहावाद, इसाइमुसाइवाद प्रिय रहेको कुनैपनि पार्टी नेपालको लागि न नयाँ हो न वैकल्पिक हो भन्न कुनै हिच्किचाउनु पर्ने आवश्यकता नै छैन । निर्धक्क भन्न मिल्छ ।

नेपालमा नयाँ र मुलधारको त्यो पार्टी हुनसक्छ जसले नेपाललाई नेपाल सापेक्ष बनाउने सिद्धान्त र नीति राख्छ । जसले नेपालको मुलकुल धर्म सँस्कृति नेपाली भाषा सभ्यता सापेक्ष सनातन धर्म सापेक्ष राष्ट्रको प्रष्ट नीति अवलम्बन गर्छ । नेपालको भूगोल यहाँको पूर्खाको गौरवपूर्ण इतिहासमा गर्व गर्छ । नेपालको कार्यकारी जनताबाट प्रत्यक्ष निर्वाचितको नीति लिएको हुन्छ । नेपालको जियोभौगोलिक अवस्था विपरितको संघीयतालाई अस्वीकार गर्छ । नेपालको जियोभौगोलिक अवस्थालाई हेरेर नेपालको रक्षाको नीति अख्तियार गर्ने नीति लिएको हुन्छ । नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न संसारको अति प्राचिनतम देश मान्दछ । नेपालमा शिक्षा स्वाथ्य, कृषि नीति विदेश नीति मौलिक र नेपाल सापेक्ष चाहिने कुरामा विश्वास गर्छ । रैथाने सम्पत्ति र सम्पदालाई देशको स्वाभिमानसँग जोड्छ ।

आजसम्म नेपाली जनताको दूर्भाग्य नै भन्नूपर्छ कि हाल कायम रहेका कुनैपनि दलमा यी उपरलिखित कुराहरु देखिँदैनन् । नेपाल सापेक्षता देखिँदैन । विदेशीले आइएनजिओ लगाएर वा अन्य कुनै भ्रमपूर्ण आयोजना आदि लदाएर नेपालको अस्मिता लूटिरहँदा मौन बस्नेहरु र त्यसैलाई साथ दिनेहरु त कसरी यी नयाँ भए ? कसरी वैकल्पिक भए ? यो मुख्य प्रश्न हो । पुरानो प्याकेटमा नयाँ स्टिकर टाँसेर मिति गुजे्रको समान प्याक हुँदैमा केहिपनि चीज नयाँ हँुदैन । आवश्यकताको विकल्प पनि हुन सक्दैन । यहाँ त वामपन्थ वा समाजवादी वा उदारवादी जेसुकै नाम दिएता पनि नाम र झण्डा मात्रै फरक हुन तर यिनको नियत र नियतीमा कुनै भिन्नता छैन । स्थापित भनिएका पार्टीमा त नयाँ पुस्ता स्वीकार गर्न नसक्ने अवस्थामा पार्टी नै वैकल्पिक र नयाँको भ्रम नपाल्दा नै हुन्छ । निरन्तरको भारतीय प्रयोगमा अमेरिकन प्रयोगवाद मात्रै थपिएको मात्रै हो ।

Previous Post

बाँकेका बादशाहलाई वन मन्त्रालयको जिम्मेवारी

Next Post

हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

Next Post
हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version