देशमा आजः ८ बजे ८ खबर

  1. मंगलबार भएको विकास लागि वित्तसम्बन्धी संवाद कार्यक्रममा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले अरु विकासोन्मुख र अल्पविकसित मुलुकमा जस्तै नेपालमा पनि राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनु पर्ने वाध्यता रहेको बताएका छन् ।
  2. काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन् ।
  3. लुम्बिनी प्रदेशसभामा मंगलबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई समृद्ध प्रदेशका रूपमा विकास गर्दै भ्रष्टाचारलाई शून्यमा झार्ने बताएका छन् ।
  4. सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।
  5. मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
  6. वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएका छन् ।
  7. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ संशोधन गर्न लागिएको हो ।
  8. मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् ।
Exit mobile version