For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

महिलाप्रधान पर्व तीज किन मनाउने ?

byDainik Nepalgunj
September 6, 2024
in विचार
0 0
0
महिलाप्रधान पर्व तीज किन मनाउने ?
Share on FacebookShare on Twitter

हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले दर खाएका, कसैले नाचेका त कोही माइत जान लागेका फोटो र भिडियोहरू छ्याप्छ्याप्ती राखेका छन् । पश्चिम पहाड र त्यसआसपासका गाउँघर र बजार क्षेत्रका चोकहरूमा तीज विशेष नाचगान चलिरहेका छन् । घरघरमा दर खुवाउन आफन्त चेलीहरू जम्मा गर्ने क्रम बढेको छ । चेलीहरूलाई कसकोमा कहिले जाने, खाने र नाच्ने भ्याइनभ्याइ छ ।

धार्मिक रुपमा पार्वतीले शिवलाई पतिका रुपमा पाउन निरहार व्रत गरेपछि पति पाएको कथामा आधारित पर्व हो तीज । यस अर्थमा तीज महिला प्रेमले मान्यता र सफलता पाएको दिन हो । त्यही आस्थामा अहिले पनि हिन्दू अविवाहित महिला राम्रो पति पाउन शिवको पूजा आरधना गर्छन् । विवाहित पतिको दीर्घायूको कामना गर्छन् । तीजको धार्मिक पक्ष यत्ति भएपनि सांस्कृतिक र सामाजिक पक्ष निकै फराकिलो छ । तीज स्वतन्त्रता, मनोरञ्जन र अधिकारको उपयोग गर्न पाउने ठूलो अवसर हो । मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्त भेट्ने र सुख दुःख साट्ने रमाइलो पर्व पनि हो । अरुबेला जन्मघरमा जान नपाउने परनिर्भर महिलालाई तीज महिलाको लागि माइतीसँग भेट गराउने अवसर हो । तीज वर्षभरि भन्न नसकेका कुरा गीत बनाएर गाउन सक्ने अधिकारमुखी पर्व हो । हिंसा, विभेद, चेतना, विद्रोह, अधिकार र सुख तथा दुखका पल एकसाथ उठाउन पाउने स्वतन्त्रताको पर्व पनि हो । यही स्वतन्त्रताका कारण गीतमार्फत तत्कालीन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर आइरहेका पनि छन् ।

तीज मुलतः महिला प्रधान पर्व हो । लोकलयमा आधारित तीज गीत, तिनका भाका र नाच हाम्रा संस्कृति हुन् । तीजको यति ठूलो सांस्कृतिक र सामाजिक पक्ष हुँदाहँुदै पनि तीज अहिले विकृत बन्दै गएको छ । काठमाडौंँ आसपासका केही कलाकारले तीजको मौलिकता बिर्सदा त्यसको असर समाजमा देखिन थालेको छ । सस्तो लोकप्रियता र मनोरञ्जनका लागि उनीहरूले झ्याउरे लयमा मायाप्रितिका गीत मात्रै पस्केका छन् । अधिकांश तीज गीतमा तीजको भाका र लय छैन । गीतले समय र परिवर्तनको स्वर बोलेका छैनन् । उनीहरूले तीज गीतलाई उत्ताउला रत्यौलीका शब्द र लयमा ढालिदिएका छन् । त्यसमा चेतनाको छनक छैन । बरु भद्धा र अस्वभाविक माया प्रेममा समर्पित भएका छन् । उत्ताउला र निकै हचुवा पाराका छन् । नृत्य र पहिरन उस्तै कामुक र अश्लील छन् ।

वास्तवमै महिलाप्रधान पर्व तीज अहिले चेपुवामा परेको छ । एकातिर तीजको मौलिकतामाथि आक्रमण भएको छ अर्कोतिर तीज विकृत बन्दै गयो भन्दै त्यसमै रमाउने समूह सक्रिय भएको छ । लाग्छ, ती तीज गीत होइनन् रत्यौली हुन् । रत्यौली पनि नराम्रो होइन हाम्रो संस्कृति नै हो । तर, कतिबेला रत्यौली गीत गाउने र नाच्ने, कतिबेला तीज कलाकारले छुट्याउनुपर्छ । व्यवसायिक कलाकारले व्यवसाय गर्ने भन्दैमा कला र संस्कृतिको सिमा नाघ्न् गलत हो । किनकी कला र संस्कृति देशको सम्पति हो । कलाकार गहना हुन् । देशको सम्पति जोगाउन राज्य र गहनाको शान राख्न कलाकारले ध्यान दिनैपर्छ । नत्र आउदो पुस्ताले तीज गीत भनेर केलाई चिन्ने ? तीज नाच भनेर केलाई हेर्ने प्रश्न उब्जीएको छ ।

यद्यपि, मोफसलका थुप्रै महिला भने व्यावसायिक कलाकारभन्दा भिन्न छन् । जसले तीज गीतमार्फत निरन्तर कुरीति कुसंस्कारको विरोध गर्दै चेतना प्रवाह गरेका छन् । सङ्घसस्थाहरूले आयोजना गरेका तीजका औपचारिक कार्यक्रममा स्थानीय कलाकार पुगेका छन् र चेतनाप्रवाह गर्ने र रमाउने तीज गीत पस्किरहेका छन् । तीज कति दिन मनाउने र कसरी मनाउने पछिल्ला वर्षहरूमा यसको बहस बढ्तै हुने गरेको छ । तीज तिथि र व्रत एक दिन हुने भएकाले कतिपयले तीज त्यसैदिन मात्रै मनाउनुपर्ने तर्क राख्छन् । कसैले पहिले पहिले एकै दिन मनाउने गरेको तर अहिले महिनौं मनाएर तीजलाई विकृत बनाएको दाबी गर्छन् । तीजको सांस्कृतिक पक्षबारे जानकार हुनेले तीज एक दिन मनाउने गरेको वा एक दिनमात्रै मनाउनु पर्छ भन्ने तर्क राख्नु गलत हो । तीजलाई मौलिक र सरल बनाउनुपर्छ भन्ने विचार चाहिँ सही हो ।

लोकगीतको बढ्ता चल्ती रहेको पश्चिम पहाडमा उहिले पनि साउने संक्रान्तीबाटै तीजको रौनक सुरु हुन्थ्यो । महिलाहरू कहिले कसको आँगन कहिले कसको आँगनमा तीज गीत आयोजना गर्थे । दाजुभाइहरूले मादल र खैंजडी बजाएर सघाउँथे । कोही दिदीबैनीसंँगै नाच्ने र गाउँथे पनि । आफ्ना सुखदुःख र भोगाइलाई गीत बनाउथे । विभेद, अभावसंँगै खुसी र उद्वेगलाई गीतमार्फत् पोख्थे । तीजमा छोरीचेली ननाचेको आँगन अशुभ हुन्छ भन्ने मान्यता थियो । त्यसैले पालैपालो सबैको घरमा तीज गाइन्थ्यो । नाच्न गाउन भेला भएकालाई कांँक्रा, अमिला, अचार, चिया, हलुवा, खीर खुवाउने चलन थियो । नागपञ्चमी, गुरु पूर्णिमा, कृष्णाअष्टमी, तीज, ऋषि पञ्चमीलगायतका दिन भने ठूला चोक, चौर र चौतारोमा तीज कार्यक्रम आयोजना हुन्थे । तीज नजिकिएपछि धेरै छोरीबुहारी माइत मावल जान्थे । माइत जाने बुहारीलाई पनि घरमा एक दिन दर अर्थात मीठो पकवान खुवाएर पठाइन्थ्यो । माइत आउन नपाउने चेलीबेटीलाई दरका सामग्री घरमै पनि पठाइन्थ्यो ।

समय फेरिदै जाँदा तीज मनाउने शैली फेरिएको छ । उहिले गाउँघरमा गाउने महिला अहिले शहर बजारमा आएका छन् । मान्छे जहाँ जान्छ त्यससँगै सस्कार र संस्कृति पनि बोकेर आउछ । शहर बजारमा नाच्न आँगन छैनन् । चौतारो छैनन् । यस्तोमा तीज मनाउन होटल र पार्टी प्यालेसमा जानुलाई विकृत र असभ्य मान्नु हुँदैन । कामकाजी महिलाले पाहुनापाछा बोलाएर घरमा दर पकाएर खुवाउने समय पाउदैनन् त होटलमा लगेर खुवाउछन् । यस्तो सुविधा उपयोगलाई छाडा भन्न मिल्दैन । विहे, पूजा, व्रतबन्ध, जन्मदिन होटल र पार्टी प्यालेसमा गर्न हुन्छ भने तीज मनाउन नहुने कुनै अर्थपूर्ण तर्क छ र ? कामकाजी महिला काम छोडेर माइतीघर जाने अवस्था छैन । पहिले जन्मका आधारमा भेटिनेहरू अहिले कर्मका आधारमा भेटिन्छौंँ । उनीहरूबीच तीज मनाउनु दर खानुलाई विकृतिको पराकाष्टाका रुपमा चर्चा गरिनुको अर्थ छैन । तीजका दरमा महिलाले के खाए र लगाए भन्ने विषय धेरै आलोचनाको विषय बनेको छ । स्वभाविक हो उत्तेजक लुगा लगाउनु र मादक पदार्थ खानु महिला पुरुष कसैले हुँदैन । विडम्वना कुन पुरुषले के खाजा खायो ? कति हजारको जुत्ता किन्यो, मोवाइल किन्यो, उनीहरूले चाडबाडमा के के खान्छन् ? के लाउछन् ? यसको चर्चा कहिल्यै हँुदैन । तर, महिला तीजमा कुन कुन ठाउँमा दर खान गए ? केके खाए ? कसरी खाए ? यसलाई निकै बहस गरिन्छ । मानाँैं उनीहरू अपराधी हुन् । त्यो संस्कृति बचाउनकालागि गरिएको बहस हो कि महिलालाई आलोचना गर्न मननीय छ ।

तीज गीतको कुरा गरांै । समय र परिवेशअनुसार फरक भाका र लयमा रचिएका तीज गीतले त्यससमयको इतिहास बोलेका हुन्छन् । हजुरआमाका पाला भक्तियुग थियो । त्यतिबेला ‘कहामा जान्छौं रानीचरी बगाल बरीलै भगवान भेटन’ भनेर भगवानप्रतिको भत्तिगीतm गाइन्थ्यो । आमाका पालामा सासु बुहारीबीचको द्वन्द्व, पतिको थिचोमिचो र छोराछोरीबीचको विभेद विरुद्ध तीज गीत बनाइयो । ‘स्वामी मुख हेरुँ भने खुन खाएका बाघ झैं सासु मुख हेरुँ भने पोल्ने आगो झैं’ त्यही थिचोमिचोको गीत थियो । दिदीभाउजुले पनि तीज गीतबाट आफूमाथिका अन्याय र अत्याचारका कुरा तीज गीतमार्फत बाहिर ल्याए । छोरी भएकै कारण सानैमा विहे गरेर जानुपर्ने, बाबुको अंश नपाइने, पढ्न नपाइने कुरादेखि विहे गरेर गएको घरमा समेत आफूले माया नपाएका कुरा गीत बनाए र गाए । पञ्चायती शासन, छोराछोरीको विभेद, दाइजो, बहुविवाह, बालविवाह लगायतको विरोधमा गीत गाए । ‘अन्याय र अत्याचार हिंसा हँुदा बोलन, लागौं अब पञ्चायती शाशन मासन’ पञ्चायती शासनविरुद्ध दिदी भाउजुहरूले यिनी गीत गाएकै थिए । अरु बेला ठाडो शिर लगाएर हेर्न नसक्ने महिला तीज गीतमा अन्याय र अत्याचारको विरोध गर्दै गला फुलाएर गाउने र छाती फुलाएर छमछमी नाचेकै थिए । राष्ट्रसेवक नेताले बोल्न नसक्ने, समाज सुधारकले उठाउन नसक्ने विरोध र चेतनाका कुरा बस्तीबस्तीका महिलाले उठाएका थिए ।

कुनै समय थियो महिलाहरूलाई आफूमाथिको अन्याय, अत्याचार र विभेदविरुद्ध बोल्न वन्देज थियो । त्यसैले हाम्रा आमा, हजुरआमाहरू आफूमाथिको अन्याय, विभेद र थिचोमिचोलाई गीत बनाएर विरोध गर्थे । अहिले त्यस्तो छैन । आफूमाथि भेदभाव भएको कुरा तत्काल भन्न र प्रतिकार गर्न सकिन्छ । त्यसैले दुःखभन्दा रमाइला कुरा अहिले तीज गीत बनाइएका छन् । उपलब्धिहरू गाइएका छन् । यो स्वभाविक हो । कुनै पनि चाडपर्व निरपेक्ष हुँदैनन् समय सापेक्ष हुन्छन् । समयसँगै तिनलाई मनाउने तरिका फेरिन्छन् । यससंगै तीज फेरिएको हो । दशैंँ तिहार, फागु, माघी, लोसार सबै पर्व मनाउने तरिका फेरिएका छन् । चाडपर्व र संस्कारलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजान आवश्यक छ । यसले चाडपर्व र संस्कार समृद्ध र सशक्त बन्छन् । चाडपर्व र सस्कारको मौलिकता जोगाउन पर्वलाई मौलिक रुपले मनाऔंँ । यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष मर्न नदिऔंँ । यो बहसको विषय हुनसक्छ । चाडपर्वलाई बोझिलो नबनाऔंँ सरल र सहज बनाऔंँ । सबै अट्ने गरी र मनाउन सक्ने गरी मनाऔंँ । यस अर्थमा तीजको बहस गरौं । तर, महिलाले रङ्गीचङ्गी लुगा लगाए, खुसी मनाए, धेरै दिन दर खाए, होटल रेष्टुराँमा गए भन्ने जस्ता बेतुकका बहस नगरौंँ । महिलाप्रधान पर्वलाई सबैले गौरव गरेर मनाऔंँ ।

Previous Post

धुलो दुध कारखाना स्थापना पहल

Next Post

सिए दीक्षितको संयोजकत्वमा समन्वय समिति

Next Post
सिए दीक्षितको संयोजकत्वमा समन्वय समिति

सिए दीक्षितको संयोजकत्वमा समन्वय समिति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

March 20, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

March 20, 2026
विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version