बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ । सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् । बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरूविरुद्ध कडा कारबाही गरिने बताउनुभयो । सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उहाँले बताउनुभयो । सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।
पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
- Dainik Nepalgunj

- Categories: World
Related Content
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
by
Dainik Nepalgunj
May 14, 2026
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
by
Dainik Nepalgunj
May 13, 2026
पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या
by
Dainik Nepalgunj
May 7, 2026
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
by
Dainik Nepalgunj
May 5, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
by
Dainik Nepalgunj
May 3, 2026