सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
- Dainik Nepalgunj

- Categories: Sports, मुख्य समाचार
Related Content
अतिक्रमित जग्गा खाली गर : स्थानीय तह
by
Dainik Nepalgunj
April 30, 2026
सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण
by
Dainik Nepalgunj
April 30, 2026
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
by
Dainik Nepalgunj
April 29, 2026
गहुँ भण्डारण गर्न किसानलाई आग्रह
by
Dainik Nepalgunj
April 29, 2026
अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद
by
Dainik Nepalgunj
April 29, 2026