- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ ।
- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
- सहरी विकास मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् ।
- आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताएका छन् ।
- सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो ।
- सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क गर्ने भएको छ । कोशीमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार हुनेछ ।
- धादिङको धार्के–सितापाइला सडक कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उनले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताएका हुन् ।





























