For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

बागेश्वरी मन्दिरको भाइरल फोटो !

byDainik Nepalgunj
October 21, 2024
in News, मुख्य समाचार
25 0
0
बागेश्वरी मन्दिरको भाइरल फोटो !
Share on FacebookShare on Twitter

तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ । गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला ।

बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? यो फोटो म लेखकले खिचेको हुँ ।

यो फोटो थुप्रै व्यक्ति, संस्था तथा व्यापारिक प्रतिष्ठानले अनुमति नलिइ प्रयोग गरेका छन् । नेपालको प्रतिलिपि अधिकार अनुसार श्रष्टाको अनुमति नलिइ फोटो प्रयोग गर्नु गैर कानूनी कार्य हो । मैले अब यो फोटोको प्रतिलिपि अधिकार दावि पनि गर्न थालेको छु ।
…
बागेश्वरी मन्दिरको फोटो खोजी हुँदा

‘बागेश्वरी मन्दिरको यो फोटो तपाईले खिचेको हो ?’, फोनमा कसैले सोध्यो । ‘कुन फोटो होला? किनकि मैले बागेश्वरी मन्दिरको त थुप्रै फोटो खिचेको छु ।’ मैले प्रत्युत्तरमा भने ।

फोटोग्राफी सिक्ने सुरुवाती दिनमा बागेश्वरी मन्दिर वरपरनै सबैभन्दा बढि डुलियो । बागेश्वरी वरपरका प्रायः सबै मन्दिर र ठाउँका फोटो खिचियो ।

‘त्यो फोटो जसमा बागेश्वरी मन्दिरको पछाडी सुनौलो बादल छ नि’, थप प्रष्टिकरण आएपनि म निश्चिन्त भए कि त्यो मैलेनै खिचेको फोटो हो ।

‘हो हो, त्यो मैले नै खिचेको फोटो हो ।’ पाल्पा यात्रामा रहेको मैले उत्साहित हुँदै जवाफ दिए, ‘किन र के का लागि होला ?’

मलाई फोन गर्ने व्यक्ति काठमाडौंमा रहेको एक विज्ञापन एजेन्सीका प्रतिनिधि रहेछन् । एनआईसी बैंकको क्यालेण्डरका लागि बागेश्वरी मन्दिरको फोटो चाहिएको रहेछ ।

‘तपाईले खिचेको बागेश्वरीको मन्दिरको फोटो उत्कृष्ट लाग्यो । त्यो फोटोलाई क्यालेण्डरमा छाप्नका लागि किन्न खोजेका हौं’, उनले भने ।

फोटो किन्ने ? पहिलो पटक कसैले मैले खिचेको फोटो किन्छु भनेको सुन्दा मन त एकछिन रोमान्चित भयो ।

‘तपाईसँग यसको रअ फाइल छ नि ?’ उनले सोधे । मैले छ भनेर जवाफ दिए । किनकि व्यवसायिक फोटोग्राफरले रअमा फोटो राखेको हुनुपर्छ ।

फोटोग्राफरले रअ फाइल दिन सकेमात्र फोटो उसकै हो भन्ने आधार हुँदो रहेछ । मैले खिचेको बागेश्वरीको त्यो फोटोको रअ फाइल सुरक्षित राखेको थिए । तर यसरी काम लाग्ला भनेर चाहि सोचेको थिएन ।

मलाई फोटोग्राफी सिकाउँदा गुरु ओम यादवले भन्नु भएको थियो, फोटोको र फाइल भनेको नपकाइएको कुखुराको मासु हो । यसलाई सेकुवा, भुटुवा, सुख्खा, झोलवाला जस्तो परिकार बनाउन पनि सकिन्छ । अनि जेपिइजि फाइल (जुन सामान्य रूपमा खिचिन्छ) भनेको पकाइ सकेको मासु हो जसलाई अन्य परिकारमा परिणत गर्न प्रायः सम्भव हुँदैन । अझ भनौ त्यसबाट धेरै परिकार बनाउन सम्भव हुँदैन ।

फोटो लिने पक्कापक्की भयो ।
‘फोटोको कति लिने ?’ यो प्रश्न झनै रोमान्चित थियो । फोटोग्राफी सुरु गरेदेखि पहिलो पटक कसैले मैले खिचेको फोटोका मोल सोध्दै थियो ।

के भनु के भनु भयो । धक मान्दै प्वाक्क मुखमा आयो ‘पाँच हजार ।’

बिना कुनै मोलमोलाई उताबाट स्वीकारोक्ति आयो ‘ओके, हुन्छ हामी तपाईलाई कर काटेर पाँच हजार दिन्छौं ।’

पहिलो पटक त्यो पनि आफुले खिचेको फोटोको आफुले मागेको मोल पाउँदाको खुसी के भनिसाध्य ।

‘थुक्क ! अलि धेरै मोल भन्नुपने, के थाहा दिइ पो हाल्थ्यो कि?’, मान्छे न हो मनमा लालसा नआएको भनेहोइन ।

जीवनमा पहिलो पटक आफुले खिचेको फोटो खिचेर पाँच हजारको चेक पाउँदा बडो अचम्म लागेको थियो ।

बागेश्वरी मन्दिरको भाइरल फोटो पछाडीको कथा
सन् २०१४ मा पहिलो पटक निकोनको डिएसएलआर क्यामेरा किने । फोटोग्राफीको हुटहुटी थियो । मेरा फोटोग्राफीका गुरु ओम यादवकै सल्लाहमा निकोन डि५३०० क्यामेरा किनेको थिए । क्यामेरा इन्ट्रि लेभलको तर फोटोको क्वालिटि बडो गज्जब । त्यही क्यामेरा चलाएर होला अहिलेसम्म पनि निकोनको भन्दा अरू क्यामेराले मेरो मन जित्न सकेका छैन ।

क्यामेरा किनेको एक वर्षमै मैले १ लाख भन्दा बढि फोटो खिचेको रैछु । सटर काउण्ट गर्दा पो थाहा भयो ।

नयाँ नयाँ क्यामेरा, अनि फोटोग्राफी गर्ने जोश । बागेश्वरी मन्दिर र आसपासको त हजारौं फोटो खिचे । त्यसबाहेक नेपालगन्जमा हुने मेला पर्व, कार्यक्रम, चाडवाडका साथै नेपालगन्ज फोटोवाकमार्फत हरेक शनिबार नेपालगन्जका गल्लीगल्ली पुगेर फोटो खिचे ।

यहि क्रममा सन् २०१५ मा एकदिन फोटोग्राफर भरतबन्धु थापा नेपालगन्ज आउनु भएको थियो । उहाँसँग गाभर भिलेज घुम्न गइयो । नेपालगन्ज फर्कदा मौसम त्यति खुलेको थिएन । आकाशमा हल्का बादल थियो । बागेश्वरी पनि जाउँ न त भनेर गयौं ।

भरत दाई फोटो खिच्नमा ब्यस्त हुनुहुन्थ्यो । मैले बागेश्वरी मन्दिर हेर्दै थिए । घाम डुब्ने तरखर गर्दै थियो । मन्दिरको पछाडी बादलको थुम्को देखियो । जसलाई डुब्दै गरेको सुर्यको किरणले सुनौलो आकार दिएको थियो । मान्छेहरू मन्दिर दर्शको लागि पश्चिम ढोकाबाट प्रवेश गर्दै थिए । मैले ४–५ सट फोटो खिचे । फोटो अलि अण्डर एक्सपोज आएको थियो ।

घर आएर फोटोलाई इडिट गरेपछि पो लाग्यो साँच्चिकै राम्रो फोटो आएछ ।

त्यो फोटो पछि भार्गव विकास बैंकले पनि आफ्नो वार्षिक क्यालेण्डरमा छापेको थियो ।

बागेश्वरी मन्दिरको फोटो नकिन्नेको कथा
फोटो चाहिएको छ, गुगल गर्यो । फोटो डाउनलोड गर्यो अनि प्रयोग गर्यो । होर्डिंग बोर्ड हुन वा क्यालेण्डर, किताब हुन या विज्ञापन, नेपालगन्ज मात्र होइन नेपालका धेरै भागमा मैले आफुले खिचेको फोटो प्रयोग भएको भेटेको छु ।

फोटोग्राफर पनि एक सर्जक हो । कसैले सिर्जना गरेको कुरा प्रयोग गर्दा सर्जकको अनुमति वा सर्जकसंग खरिद गर्नुपर्ने हो । तर त्यो नेपाली व्यवहारमा देखिदैन ।

बुद्ध एयरले मैले खिचेको बागेश्वरी मन्दिरको फोटो व्यवसाय प्रवद्र्धन प्रचारसामाग्रीमा प्रयोग गरेछ । प्रदिप राजवंशी भाईले तत्काल जानकारी गराइहाले । मैले बुद्ध एयरलाई म्यासेज गरेपछि त्यो पोष्टमा फोटो क्रेडिट दिएको थियो । त्यसपछि पनि थुप्रैले यो फोटो प्रयोग गरेका छन् । म तिनका पछि लाग्न भने छोडिसकेको थिए ।

पछि लागु पनि कतिको ? नेपाली समाजमा फोटो पनि कसैले किन्छ? भन्ने मानसिकताले गर्दा यस्तो भइरहेको जस्तो लाग्छ ।

अब भने लाग्नुपर्ने देखियो ।
तर हालै लर्डस भन्ने होटल चेनले इन्स्टाग्राममा फोटो प्रयोग गरेको छ । मैले जानकारी पनि गराए । तर आज यो लेख छाँपिदासम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

कस्तो छ नेपालको प्रतिलिपि अधिकार ?
नेपालमा साहित्यिक र कलात्मक सम्पत्तिसम्बन्धी व्यवस्थाको सुरूवात प्रतिलिपि अधिकार ऐन, २०२२ लागु भएपछि भएको हो । हालको अन्तराष्ट्रिय पद्धतिअनुरूप तयार पारिएको नयाँ प्रतिलिपि अधिकार ऐन, २०५९ ले साहित्यिक, कलात्मक र अनुसन्धानात्मक रचनाहरू, नाटक, चलचित्रलगायत श्रव्यदृश्य रचना, चित्र तथा मूर्ति, नक्सा, फोटोेजन्य रचना, कम्प्युटर प्रोग्रामसम्बन्धी कार्यहरूको संरक्षणको व्यवस्था गरकोे छ ।

ऐन अनुसार कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ । प्रतिलिपि अधिकार प्राप्त गर्न कुनै पनि रचना, ध्वनि अड्ढन प्रस्तुति वा प्रसारण दर्ता गराउनु अनिवार्य गरिएको छैन । स्वेच्छाले दर्ता गराउन चाहेमा दर्ता गर्न सकिन्छ । प्रतिलिपि अधिकार ऐनले कुनै पनि रचनाको धनीलाई आर्थिक र नैतिक अधिकार प्राप्त हुने व्यवस्था गरेको छ ।

प्रतिलिपि अधिकारअनुसारको आर्थिक अधिकारअन्तर्गत रचनाको पुरुत्पादन, अनुवाद, परिमार्जन, संशोधन, रूपान्तरण गर्ने, बिक्रि वितरण वा बहालमा दिने, आयात गर्ने, प्रदर्शन, प्रसारण वा सञ्चार गर्ने आदि कुराको अधिकार रचनाको धनिलाई हुनेछ ।

प्रतिलिपि अधिकार ऐनले अनुमति बिना अरूको रचना वा ध्वनि अंकको प्रतिलिपि उत्पादन गरी बिक्री विरण वा सार्वजनिक सञ्चार गरेमा, भाडामा दिएमा, अरूको रचनाको ख्यातिमा सर पुर्याउने किसिमले अनुकरण गरी विज्ञापन वा प्रचारप्रसार गरेमा प्रतिलिपि अधिकारको उल्लंघन गरेको मानिने व्यवसथा गरेको छ ।

नेपालमा प्रतिलिपि अधिकारको अवस्था ।
नेपाल प्रतिलिपि अधिकार रजिष्टार कार्यालयको हालै सार्वजनिक तथ्यांकले आर्थिक वर्ष २०७९–८०सम्म २ हजार ६ सय ६४ जनाले आफ्नो रचनाका प्रतिलिपि अधिकार दर्ता गराएका छन । त्यस अवधिसम्म दर्ता भएका रचना मध्ये ५० वटा फोटोजन्य रचना थिए । आब २०८०÷८१ मा थप ११६ वटा रचना दर्ता भएका छन् । तर यस अवधिमा फोटोजन्य सामाग्री भने दर्ता भएका छैनन् ।

नेपाल प्रतिलिपि अधिकार रष्ट्रिार कार्यालयका सूचना अधिकारी सुरेशचन्द्र अधिकारी चित्र विधा अन्तर्गत डिजिटल चित्र (आर्टिफिसियल इन्टेलिजेन्स बाट सिर्जित समेत) लाई प्रमाणपत्र उपलब्ध नगराइने गरिएको बताउनुहुन्छ । सूचना अधिकारी अधिकारीले प्रतिलिपि ऐनले सबै सिर्जनालाई दर्ता गर्न अनिवार्य समेत नगरेको जानकारी गराउनुभयो ।

यद्यपी सर्जकले आफ्ना रचना बिना अनुमति प्रयोग गरिएको पाएमा आवश्यक कारवाहीको लागि हकदाबी भने गर्न सकिने प्रावधान रहेको छ ।

आफ्नो रचना दर्ता गराउन नि कहाँ सजिलो छ र ?
नेपालको प्रतिलिपि अधिकार कानूनले रचना दर्ता गर्नु अनिवार्य छैन । यद्यपी आफ्नो रचना दर्ता गराउँदा यसले कानुनी रूपमा श्रष्टालाई बलियो बनाउँछ ।

यहि सोचेर मैले पनि बागेश्वरी मन्दिरको फोटो दर्ता गराउने प्रक्रिया थाले । नेपाल प्रतिलिपि अधिकार रजिष्टारको बेवसाइटमा गएर आफ्नो प्रोफाइल बनाइसकेपछि फोटो दर्ता प्रक्रिया सुरु भयो ।

दर्ता गर्नका लागि पहिलो दिन बेवसाइट खोल्दा चल्यो । सबै जानकारहरू राखे । दर्ता गर्नका लागि टिकट बापत १० र रचना दर्ता गरेवापत १०० रूपैयाँ तिर्नुपर्ने रहेछ । बेवसाइटमा त कनेक्ट आइपिएसबाट पनि तिर्ने व्यवस्था छ भनेको छ । तर कनेक्ट आइपिएसबाट मरिगए शुल्क तिर्न सकिएन ।

अनि सम्झे सुखदुखको भाइ तिलक गाहामगर । उनलाई जानकारी पठाएपछि राष्टिय बाणिज्य बैंक रुकुमकोटमा भएका उनका साथीले मेरो लागि उक्त रकम तिरेर भौचर पठाइ दिए । अहिले चिया पिएको पैसा पनि मोबाइल बैंकिङ्गबाट हुने बेलामा रचना दर्ताको शुल्क तिर्न प्रयोगकर्ता मैत्री भुक्तानी प्रणाली नभएकोमा भने दिक्क लाग्यो ।

भौचर त आयो । भौचर बेवसाइटमा रहेको अनलाइन निवेदनमा राखेपछि मात्र आवेदन पेश गर्न मिल्ने । अर्को दिन त बेवसाइट त खुल्यो तर रचना दर्ताका लागि आवेदन दिने पोर्टल मरे खुले पो ।

केहि दिनको प्रयास पनि बल्ल मैले निवेदन पेश गर्न पाए । स्वीकृत किन भएन भनेर सूचना अधिकारी अधिकारलाई ह्वाट्सएपमा सन्देश पठाएपछि, फोटोजन्य रचनालाई प्रमाणपत्र उपलब्ध नगराउने गरिएको जानकारी पाए ।

एउटा फोटोको प्रतिलिपि अधिकार दर्ता गराउँदाको यो भोगाइले अनलाइनबाट नेपाल सरकारी सेवा लिन अझैपनि कति कठिनाई छ भन्ने प्रष्ट हुन्छ ।

एउटा फोटोग्राफरले एउटा फोटो खिच्नका लागि धेरै लगानी गरेको हुन्छ । लाखौंका क्यामेरा, घण्टौको शीप, ज्ञान र मेहनत लगाएको हुन्छ । सित्तैमा पायो भन्दैमा जस्को पायो त्यसको फोटो डाउनलोड गरेर प्रयोग गर्नु अरूको परिश्रमको अवमुल्यन मात्र होइन, अपराध हो ।

नेपालमा फोटोग्राफी पेशा व्यवसायिक बन्दै गएको छ । व्यवसाय प्रवद्र्धनका लागि धेरैले फोटोसहितका सामाग्रीहरू छर्पाइ गर्ने गरेका छन् । सामाजिक संजालबाट पनि प्रचार प्रसार गरिने गरिएको छ । यदि त्यस्ता सामाग्रीमा प्रयोग गरिने फोटो किनेरै प्रयोग गर्न थालियो भने फोटोग्राफीको व्यवसायिकरणमा मद्दत पुग्नेछ ।
यसो गर्नमा नेपाल सरकारले बिना अनुमति कसैले खिचेको फोटोलाई प्रकाशन गर्न नपाइने व्यवस्था गर्नु जरुरी छ ।

Previous Post

बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान : महोत्सव पारदर्शी

Next Post

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

Next Post

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

स्मैक सहित एक नेपाली पक्राउ

March 21, 2026
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

March 21, 2026
बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

आज ईद

March 21, 2026
विद्युत कन्ट्रोल हाउसमा आगलागी

विद्युत कन्ट्रोल हाउसमा आगलागी

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version