- प्रेस सेन्टर जुम्लाले सोमबार सिंजा कनकासुन्दरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन् ।
- नेपाल दूरसञ्चार प्राधिकरणले दुईटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिदिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिको लाइन्सेन्स खारेज गरिएको जनाएको छ ।
- भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल-भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन् ।
- बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले निर्देशन दिएको हो ।
- एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन् ।
- सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाकै अवधिमा सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण गरी सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको हो ।
- सरकारले दल विभाजन सजिलो हुने गरी अध्यादेश मार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधनको तयारी गरेको छ ।
यसका लागि गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेशको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकाे छ । - धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
देशमा आजः ८ बजे ८ खबर
