‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेले नेपालगन्जमा आइतवार डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौती बिषयक अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा सहभागीहरुले डिजिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता औल्याए ।

सन्डे कल्बलाई निरन्तरता दिदै आएको डब्लुडब्लुजे बाँकेले यस साता डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौती बिषयक अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्दै पत्रकार महिलाहरुको आवश्यकताअनुसार डिजिटल प्लेटफर्ममा अग्रसर भएर लागि पर्ने विश्वास दिलाए

डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौती बिषयक अन्तक्र्रियामा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताए । महासंघ बाँकेका पूर्व अध्यक्षसमेत रहेका गैरेले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताए । त्यसबारे नयाँ पुस्तालाई दिशानिर्देश आवश्यक रहेको गैरेको भनाइ थियो ।

डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमा डब्लुडब्लुजेका पुर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफर्मको प्रयोग गर्दे आफूलाई दक्षबनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्याभित्र संभावनाखोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषयभएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, जिल्ला अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहलगायतको सहभागिता रहेको थियो ।

डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गर्दै डिजिटल मिडियामा महिला सहभगिता बढ्दै गएको बताए ।

यस पछाडि सन्डे क्लब अन्र्तगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने अध्यक्ष गिरीले जानकारी दिइन् । डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे सशक्त बनाइने योजना अध्यक्ष गिरीले सुनाइन् । कार्यक्रमको सञ्चालन सचिव निशु जोशीले र स्वागत मन्तव्य कोषाध्यक्ष सुमित्रा पण्डितले गरेकी थिइन् ।

Exit mobile version