काठमाडौँ, ४ फागुन : हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । साथै तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
by
Dainik Nepalgunj
May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
by
Dainik Nepalgunj
May 15, 2026
दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
by
Dainik Nepalgunj
May 15, 2026
भारतमा पेट्रोल–डिजेल महँगियो
by
Dainik Nepalgunj
May 15, 2026
राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान छ : मुख्यमन्त्री आचार्य
by
Dainik Nepalgunj
May 15, 2026