For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बढ्यो कुखुरा तस्करी

byDainik Nepalgunj
March 17, 2025
in News, मुख्य समाचार
0 0
0
बढ्यो कुखुरा तस्करी
Share on FacebookShare on Twitter

भारतसँग जोडिएका बाँकेका विभिन्न नाका हुँदै कुखुरा तस्करी बढेको छ । यसले यहाँका किसान र पोल्ट्री व्यवसाय नै धराशयी हुने भन्दै व्यवसायीहरूले निगरानी सुरु गरेका छन् । ‘यस्तै अवस्था रह्यो भने करोडौं लगानीका उद्योग बन्द हुने अवस्थामा पुग्छन्’, व्यवसायी आफै नाकामा पुगेर अवैध तस्करी गर्नेहरूलाई निगरानी गर्ने र प्रहरी बोलाएर जिम्मा लगाउने गरेको जानकारी दिंदै कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले भने । अध्यक्ष पोखरेलका अनुसार, अवैध तस्करी गर्नेहरूको पहिचान गरेर कारवाहीका लागि मञ्चले औपचारिक रूपमै किटानी जाहेरी पनि दिंदै आएको छ ।

भारतको उत्तर प्रदेशमा महाकुम्भ अवधीभर मांसाहारलाई पूर्णतः निषेध त्यहाँका कुखुरा व्यवसायीहरूले तयारी कुखुरा नेपाल पठाएका हुन् । कानुनतः जीवित कुखुरा नेपाल ल्याउन निषेध रहेकाले तस्करी मौलाएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । ‘बकायदा तस्करहरूले सीमा क्षेत्रमा लाइन मिलाएर क्यारिङ्ग प्रयोग गरिरहेको देखिन्छ’, निगरानीका क्रममा अवैध तस्करलाई नै पक्राउ गरे बुझाउँदा समेत कारवाहीमा उदासिनता देखिएको गुनासो गर्दै नेपाली व्यवसायी भन्छन्, ‘प्रहरीले चाहने हो भने एकै दिनमा तस्करी नियन्त्रण गर्न सकिन्छ ।’

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले सीमा क्षेत्रबाट कुखुराको अवैध तस्करी भैरहेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको बताएका छन् । ‘हामीले धमाधम पक्राउ गरिरहेका छौं’, प्रहरी उपरीक्षक कार्कीले कतिपय व्यवसायीहरू नै यसखालको तस्करीमा संलग्न पाइएको जानकारी दिंदै भने, ‘कसैलाई पनि हामीले तस्करीका लागि छुट दिने सवाल नै आउँदैन ।’

खुला सीमानाको फाइदा उठाउँदै बर्दियाको बलई गाउँ फुटाहा नाकादेखि पूर्वी बाँकेको नरैनापुरसम्मका विभिन्न दर्जन बढी अवैध नाकाबाट तयारी कुखुरा तस्करी भैरहेको छ । खासगरी नेपालमा एक किलो कुखुरा तयार हुँदा २ सय २० रूपैयाँ सम्म लागत पर्ने भारतमा भने त्यही कुखुरा ९० रूपैयाँ तयार हुने भएकाले मूल्यको असमानताका कारण तस्करी मौलाएको हो । ‘कतिपय उद्योगहरूले नै पारीबाट तयारी कुखुरा ल्याएर आफ्नो फर्ममा राखेर दोब्बर मूल्यमा बेच्ने गरेका छन्’, व्यवसायी भन्छन्, ‘प्रहरीले गम्भीर अनुसन्धान गर्ने हो भने कतिपय ह्याचारीदेखि कुखुरा फर्मसम्मले भारतबाट तयारी कुखुरा ल्याएर बेच्ने गरेको फेला पार्न सकिन्छ ।’ व्यवसायीका यी कुरालाई मञ्चका अध्यक्ष पोखरेल पनि नकार्दैनन् । ‘त्यो रोक्ने दायित्व प्रहरी, प्रशासनको हो’, कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष पोखरेल भन्छन्, ‘प्रहरी, प्रशासनसँग हातेमालो गरेर हामीहरू अवैध तस्करी नियन्त्रणका लागि अगाडि बढ्न तयार छौं ।’

बाँकेमा ५ सय बढी साना ठूला कुखुरा व्यवसायीहरू रहेको तथ्यांक मञ्च सँग छ । एक सय बढी व्यवसायी मञ्चमा संगठित भैरहेको जानकारी दिंदै अध्यक्ष पोखरेलले पाँच सय करोडसम्म लगानी गरेका उद्योग, व्यवसाय यस क्षेत्रमा सञ्चालनमा रहेको बताए । ‘त्यसरी तयारी कुखुरा सीमापारीबाट आयो भने पनि यहाँका ह्याचारी, फिड इन्डष्ट्रिज, मेडिकलदेखि सिंगो व्यवसायिक च्यानल धराशयी हुन्छ’, पोखरेलले नियन्त्रणका लागि राज्य गम्भीर हुनुपर्ने टिप्पणी गर्दै दैनिक नेपालगन्जसँग भने ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कार्कीले अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले व्यवसायीसँग हातेमालो गरिरहेको बताउँछन् । ‘सबैको सामूहिक प्रयास रह्यो भने तस्करी नियन्त्रण सम्भव छ’, प्रहरी उपरीक्षक कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘एउटाले समात्नु पर्यो भन्ने र अर्को पक्षले छाड्नु पर्छ भन्ने दबाब दिने विकृतिले पनि अपराध मौलाउने अवस्था आउन सक्छ ।’ उनले तस्करी विरुद्ध बाँके प्रहरी निरन्तर सक्रिय रहेको दाबी गरे ।

व्यवसायीहरूका अनुसार, सीमा नजिकैका व्यवसायीहरूले पारीबाट तयारी कुखुरा ल्याएर नेपाली बिल खरिद गर्ने गरेका छन् । ‘प्रहरीले बिल देखेपछि केरकार गर्न छाड्छ, सम्बद्ध व्यवसायी भन्छन्, ‘जसका नाममा बिल छ, उसको फर्मसम्म पुगेर त्यति उत्पादन छ कि छैन अनुसन्धान गर्नुपर्छ ।’ उत्पादन देखिन्छ भने ४२ दिनअघि त्यतिको मात्रामा उसले चल्ला कहाँबाट किन्यो ? त्यसलाई चाहिने दाना, औषधी खरिद गरेको बिल समेत चेकजाँच गरेर वैधानिकता पुष्टि गर्नुपर्ने व्यवसायीहरूको माग छ । ‘त्यसरी सीमा क्षेत्रमा रहेका सबै व्यवसायी कहाँ छापा मार्ने हो भने यो तस्करी नियन्त्रण सम्भव हुन्छ’, बाँकेका व्यवसायीहरू भन्छन्, ‘होइन भने सबै तयारी कुखुरा भारतबाट आएपछि बाँके बर्दियाका कुखुरा व्यवसायी देखि फिड इन्डष्ट्रिजहरू बन्द हुने अवस्थामा पुग्छन् ।’

भारतबाट भित्रिने कुखुरा स्वास्थ्यका लागि निकै जोखिम हुने सम्बद्ध व्यवसायीहरूको भनाइ छ । ‘अझ बर्डफ्लु संक्रमण भएपछि त्यहाँ नबिकेका कुखुरा सस्तोमा नेपाल पठाइने गरेको’ दाबी गर्दै बाँकेका व्यवसायी भन्छन्, ‘बुस औषधी खुवाएर तौल बढाइन्छ, मृत्युदर कम गर्न एन्टिबायोटिक डोज बढाएर खानै नहुने अस्वस्थकर कुखुरा तयार हुने भएकाले नेपाल पठाइने गरेको छ ।’ भारतमा त्यसखालको कुखुरा बेच्न प्रतिबन्ध लागेपछि आधै सस्तोमा नेपाल पठाइने त्यसखालका कुखुरा तस्करहरूले दोब्बर नाफामा नेपाली व्यवसायीहरू मार्फत उपभोक्ताका घरदैलोमा पुर्याउने गरेको सम्बद्ध व्यवसायीहरूको भनाइ छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा अबैध रूपमा भारतबाट ल्याइएका करिव ३ लाख ७६ हजार ८ सय १० मुल्य बराबरको ब्रोईलर कुखुरा र मासु नियन्त्रणमा लिई पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएको थियो ।
त्यस्तै, गत असोजमा अवैध रूपमा भारतबाट ल्याइएका ४ लाख ७० हजार मूल्य बराबरको ४ हजार ७ वटा ब्रोइलर कुखुराको चल्ला,
साउन महिनामा १ लाख ६० हजार मूल्याको १ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको बाँके प्रहरीको तथ्यांक छ ।

Previous Post

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

Next Post

बाँके : एक सय दुई जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बाँके : एक सय दुई जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version