For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शिक्षक रुँदा देश रुने अवस्था आए पो ….

byDainik Nepalgunj
April 18, 2025
in विचार
0 0
0
शिक्षक रुँदा देश रुने अवस्था आए पो ….
Share on FacebookShare on Twitter

बिगत चैत्र २० गते देखि बिभिन्न मागहरु राखेर देशैभरिका शिक्षकहरु काठमाण्डौंका सडकमा छन् । देशभरिका सरकारी विद्यालयहरु बन्द छन् । सरकारी विद्यालयमा पढ्ने पैंतिसलाख बालबालिका र तिनका अभिभावकहरु अलमलमा रहेका छन् । शैक्षिक सत्र २०८१ सकिएको छ तर सरकारी विद्यालयहरुको बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्म पनि हुन सकेको छैन । नयाँ शैक्षिक सत्र शुरु भैसक्नु पर्ने बेलामा विद्यालयहरुमा ताला लागेको छ । भर्ना अभियान बन्द छ । कतिपय ठाउँमा अभिभावक र विद्यालय व्यवस्थापन समितिहरु मिलेर घरदैलो पनि गरेका समाचारहरु त आएका छन् । ताला लागेको विद्यालय, प्रशासन र शिक्षक बिनाको विद्यालयका सामु कुनै खाले कसैले गरेका घरदैलोले प्रभाव पार्दैन । देशको शिक्षालयका बन्द हुँदा र शिक्षकहरु राज्यसँग आफ्ना कुरा राख्न आधामहिना भन्दा बढि देखि राज्यको कान मै गएर चिच्याउँदा पनि यो राज्य मौन छ । दैनिकजसो बिहान देखि बेलुकासम्म यो देशको राज्य सञ्चालनको मुख्य केन्द्रको नाकैमुनि शिक्षकहरुको बिलाप र देशको शिक्षाक्षेत्रको तमासा संसारले देखेको छ तर देश बनाउँने हाँक दिएका भनिएका पार्टी र राज्य सञ्चालकहरुले सुन्न र देख्न छोडेका छन् ।

देशको शिक्षाक्षेत्र ठप्प हुँदा समेत राज्य मौन बस्नु यो देशमा सरकार छ भन्न सकिन्न । शिक्षकहरु सडकमा बसिरहँदा देशको शिक्षामन्त्रीलाई अलिकति पनि लाज सरमा लागेको छैन । शिक्षामन्त्रीले न शिक्षकको बारेमा लबिङ गरिरहेको छ । न नैतिकताको आधारमा राजिनामा नै आएको छ ।

जसोतसो बाहना शिक्षक आन्दोलन गरेरै सहि बजेट अधिवेशन यहि बैसाख १२ गतेबाट बोलाइएको छ । तर अधिवेशन बोलाउँदै गर्दा सभामुखको मुख बिग्रेको छ । यो अधिबेशनमा त शिक्षकका कुरा हुन्नन् मात्रै बजेटका कुरा हुन्छन् भनेर शिक्षकहरुलाई थप आक्रोशित बनाउने काम सभामुखबाट हुनु भनेको यो देशमा शिक्षा र शिक्षकको बारेमा राज्य सञ्चालक, संसद समेत कतिसम्म अनुदार छ भन्ने छर्लङ्ग भएको छ ।

प्रमुख प्रतिपक्ष दल र यसका नेता शिक्षकहरुको यहि आन्दोलनको धमिलो पानीमा सत्ताको माछा मार्ने दाउमा लागेको छ । आफु सत्तामा हुँदा शिक्षा ऐन ल्याउने र शिक्षकका कुराहरु सुन्ने आँट नगरेका नेताले अहिले सडक नछोड्नुस है भन्दै उचालेर भाषण गर्ने बाहेक प्रमुख प्रतिपक्ष दलको हैसियतले सरकारसँग शिक्षक आन्दोलनको कारण, शिक्षकका मागहरुको बारेमा कुनै लबिङ गरेको देखिन्न ।

आन्दोलनमा देशका सबै १६५ वटै संसदीय निर्वाचन क्षेत्र र ३३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट शिक्षकहरु सहभागी छन् । ती शिक्षकहरु प्रदेश देखि संघीयसम्मका सासंदहरुलाई भोट हालेका मतदाता मात्रै होइनन् लगभग अधिकाशं तिनीहरुका पार्टीका भातृसंगठन र शिक्षक संघसंगठनका सक्रिय सदस्यता काटेका लेबी तिरेका सदस्य पनि हुन । तर आजसम्म कुनैपनि ती सांसदले शिक्षकहरुको मागको बारेमा न त्यो सडकमा गएर ऐक्यबद्धता जनाएको छ न आफ्नो क्षेत्राधिकारभित्र शिक्षकका मागको बारेमा सार्वजनिक छलफल चलाएको छ । न आफ्नो पार्टी र सरकारलाई दवाव सृजना गरेको छ । जिन्दगीभरि मेरो पार्टी मेरा नेता भनेर शिक्षकहरुले मरिमेटेको भोट भाग्न गाउँ गाउँ र जनताका ढोका ढोकामा चाहरेको परिणाम यहि हो त ?

यो देशका शिक्षकहरु भनेका राजनीतिक पार्टी र यसका नेताका खल्तीका खेताला हुन यिनीहरुका कुरा किन्न सुन्नु पर्यो र भनेजस्तो त सरकार प्रतिपक्ष सबै पार्टी र नेताहरुको आजजसम्मको ब्यवहारले प्रष्टै पारिसकेको छ ।

नेपालमा नेता र निजामती बाहेक यो देशमा अरु कोहि राष्ट्रसेवक नै होइन भन्ने सोच देशका सबै सरकारहरुले गरेकै हुन । अहिले सत्ता बाहिर रहेका पार्टी र नेताले कुनै साखुल्यता देखाएर गोहिका आँसु नझारे पनि हुन्छ । यहाँ त हरेक सरकारका पालामा आउने बजेटहरु, शिक्षकलाई हेर्ने दृष्टिकोण, शिक्षकलाई गरिने व्यवहारले पटकपटक देखाइसकेको छ ।

यसको दोष आज कसलाई लगाउने ? शिक्षकले आज मन किन खिन्न पार्ने ? प्रश्न त्यै शिक्षकलाई पनि गर्नै पर्छ । किन कि यो देशका शिक्षकहरुले आफ्नो हैसियत बुझेनन् । आफ्नो महत्व बुझेनन् । आफ्नो पदीय दायित्व र मर्यादामा रहन सकेनन् । दलको नेता र त्यसको आर्शिबादमा आफ्नो भविष्य देख्ने शिक्षकले आफ्नो पेशागत नैतिकतामा बस्न सकेन किन नभन्ने ?

नेताको ढोका चाहरेर शिक्षक नेता बन्ने, आफ्ना स्वास्नी छोराछोरी भाइभतिजा देखि आफन्तलाई अस्थायी, करार, राहत, नीजिश्रोत जे जे भेटिन्छ सबैतिर भर्ने काम कसले गरेको हो ? आज राज्य व्यवस्था समितिका सभापति, सभामुख, राष्ट्रपति आदिले मात्रै आफ्ना सन्तानलाई नियुक्ति गरेर भत्ता पचाए किन भन्ने ? सकेको लागेपुगेको ठाउँमा शिक्षकका नेताले पो कहाँ बाँकी छोडेका छन् र ?

यो देशमा कुनै उद्योगको मजदुर संगठनको नेता हुँदा होस् या शिक्षकको नेता हुँदा काम गर्नु पर्दैन । किन कि उ पहिला पार्टीको हुन्छ । उसले काम नगरि तलबभत्ता पाउनुपर्छ । उसलाई कसैले केहि भन्न गर्न सक्दैन किन कि उसको शिरमा दलको आर्शिवाद हुन्छ । संविधानको आठौं अनुसूचिले शिक्षाको अधिकार स्थानीय तहलाई दिएर पार्टीको हित्ताकित्ताले त्यहाँ नेता बनेर जिल्लामा गएर तफरी मार्न रोकिएको क्रन्दन छ शिक्षक नेतालाई । जिल्लातिर सबै दलका शिक्षक जसरी अँगालो हालेर हिड्न सकिन्थ्यो वा केन्द्रीय सत्ताको तुज्जुब देखाउन पाइन्थ्यो त्यो स्थानीयमा अलि भएन अनि किन स्थानीयमा बस्ने ? होलान यस्ता पनि बिलाप ।

विद्यालय व्यवस्थापन समिती देखि अभिभावक संघसम्म, दशथरी शिक्षक भर्ना देखि राज्यले गर्ने नियुक्तिसम्म दलको दलदलमा फँसेको देशको ब्यवस्थाभित्र शिक्षकले मानसम्मान र अधिकार खोज्न जाने भनेको सडकमा नै हो । बन्द गर्ने भनेको विद्यालय नै हो । किन दलको सदस्यता त्याग्ने ? किन पार्टी कार्यालयहरुमा तालाबन्दी गर्ने ? किन दलका नेतालाई बहिष्कार गर्ने ? किन स्वतन्त्र शुद्ध पेशागत संघ बनाउने ? प्रश्न शिक्षकहरुलाई गर्नैपर्छ कि पर्दैन ?

देशको भविष्य बनाउने कारखाना भनेर चिनिने शैक्षिक क्षेत्रमा भित्र्याइएको बिकृति बेथिति ढोके चौके झोले कै कारण आज नेता बनाउने, निजामती बनाउने डाक्टर इञ्जिनियर पाइलट काडिगढ बनाउने कारखानामा खिया लागेको हो । गर्दा गर्दा यतिसम्म भएको छ कि अब अहिले शिक्षकहरुसँग यो देशको सरकार, निजामती, सुरक्षा निकाय कसैको पनि विश्वास हुन छोडेको छ । शिक्षकलाई दलले आफ्नो हरुवाचरुवा बनाउने, पार्टीका कमारा कमारी मान्ने प्रवृतिको अन्त्य न यो राज्यले गर्छ न सरकारले नै गर्छ । यसको अन्त्य स्वंय शिक्षकहरुले नै गर्ने हो त्यो ल्याकत राखेर मात्रै शिक्षकको मान बढ्छ, सम्मान बढ्छ यसरी पटकपटक अपमानित हुन पर्दैन ।

शिक्षालाई हरेक पार्टीले आफ्नो राजनीति गर्ने थलो मात्रै बनायो । बम बोकाउने, विदेशी लाशको भारी बोकाउने, विदेशीको दासत्वको पाठ घोकाउने, नेताका कालासेता सबै कर्तुतहरु जनताका सामु छोपाउने सबैखाले धन्दामा शिक्षकहरु नै प्रयोग गरिए । देशको थितिलाई बेथितिमा लैजान जेजति लगानी पार्टी, आइएनजिओहरुले गरे त्यो सबै शिक्षाक्षेत्र र शिक्षकहरु मार्फत नै गरे । यो कुरा शिक्षकले समोसा, झोला र सानो भत्तामा अल्झेर बुझ्नै चाहेन । यसैको परिणाम हो आज शिक्षक मालिक (राज्य) ले सुन्दै नसुन्ने तल्लो दर्जाको खेताला भएको छ । हप्तौंसम्म सडकमा गएर आफ्नो क्रन्दन पोख्दा पनि बानेश्वर, सिंहदरबार बालुवाटारसम्म कुनै आवाज पुग्न सकिरहेको छैन ।

अब यसको मूल कारकतत्व के हो भन्ने कुरा शिक्षकले खोज्ने कि नखोज्ने ? कि अझैपनि झोला बोक्ने र दलीय संगठन खोलेर आर्शिबाद थापी रहने ? यदि यस्तै ठिक छ भन्ने हो भने कुनै रोइलो गर्ने या शैक्षिक फूर्तिफार्ति नगरे हुन्छ ।

जाँचै नलिइकन कलास चढाउ भन्ने नीति किन ल्याइयो ? आर्शिबादमा एनजिओ आइएनजिआका खेताला पठाएर सिकाइ बढाउने योजना किन ल्याइयो ? तपाइँहरुले मूल्याङ्कन गर्नु भएको छ ? पक्कै छैन । तपाईहरुले पढाएको विश्वास लाग्नै छोडिसक्यो । किन कि तपाइँलाई बेलाबेलामा तालिमको नाममा एनजिओका भत्ताको लोभ दिइएको छ । तपाईलाई तपाइँका हरेक गलती ढाकछोप गर्ने पार्टीगत छाता दिइएको छ । तपाइँलाई सरकारी तलब खाएर आफ्नो ब्यापार ब्यबसाय गर्ने र त्यतै तनमन लगाउने छूट दिइएको छ । किन ?

सरकारलाई थाह छ शिक्षक बन्नका लागि धेरै पढ्नै पर्दैन । इ ग्रेड ल्याएपनि शिक्षक बन्न पाइन्छ । आयोग हैन आर्शिबादमा करार अस्थाइ आदी इत्यादीमा नियुक्ति गर्ने हो अनि बिस्तारै कसैलाई भेलबाढीमा, कसैलाई स्वतमा, कसैलाई आन्तरिकमा, कसैलाई पचास प्रतिशतमा आदी इत्यादीमा स्थायी गर्ने हो । तपाइँको लडाइँ पनि त्यहिँसम्म त हो होइन र ? अनि कसरी हुन्छ सम्मान ?

मूल जरो बिग्रेपछि हाँगाबिँगा राम्रो कसरी हुन्छन् ? त्यसैले नीतिमा नै परिवर्तन गर्न जरुरी छ । शिक्षा ऐनको माग गर्दैगर्दा शिक्षक बन्नका लागि पढ्ने ग्रेड, योग्यताको निर्धारणको माग गर्नुस् । शिक्षा र शिक्षकलाई देशको सबैभन्दा सम्मानित र सर्वश्रेष्ठ दर्जाको पेशामा राख्ने माग गर्नुस् । दलको दलदलको सदस्य बन्ने होइन स्तन्त्र स्वाभिमान शिक्षक बनाउने नीतिको माग गर्नुस् । शिक्षकलाई शोधकर्ता, राष्ट्रिय समस्याको पहिचानकर्ता बनाउने माग गर्नुस् । शिक्षकलाई समाजको वास्तविक नेता र विद्यालयलाई समाजको ऐना बनाउने नीतिको माग गर्नुस् । शिक्षकलाई नैतिकता, इमान्दारीताको प्रयाय बनाउने काम गर्नुस् । शिक्षकलाई निजामतीले चलाउने ब्यवस्था खारेज गर्ने माग गर्नुस् । शिक्षकको आवाज देशको नीतिको, नैतिकताको र इमान्दारिताको आवाज बनाउने काम गर्नुस् । अनि मात्रै तपाइँ सडकमा आउने दिनको अन्त्य हुनेछ । तपाइँ रुँदा देश रुने अवस्था आउने छ ।

Previous Post

आजदेखि लुम्बिनी कप महिला फुटबल

Next Post

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

Next Post
देशमा आजः ८ बजे ८ खबर

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version